• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कोरोना संत्रासले बिस्केट जात्रा सुनसान
चैत्र २८, २०७६

बिहिवारको दिन हरेक वर्ष पाँचतले र भैरवनाथ मन्दिर अगाडिको टौमढीमा हजारौँ मानिसको घुइँचो हुन्थ्यो । 

भैरवनाथका पुजारी भैल नाइके परम्परागत तान्त्रिक पूजाआजामा व्यस्त हुन्थे । गुठी संस्थान जात्रालाई समयमा शुरु गर्ने चटारो हुन्थ्यो । प्रहरी प्रशासनलाई जात्रा शान्तिपूर्णरुपमा सम्पन्न गर्ने तीन जिल्लाका सयौँ प्रहरी थुपार्दै जात्रा भड्किलो भन्ने चिन्ता र तयारीमा हुन्थे । 

बिहानैदेखि भैरवनाथको दर्शन गर्ने सर्वसाधारणको भीड हुन्थ्यो । घरघरमा बिस्केटको भोज हुन्थ्यो । पाहुनाले हरेकका घरमा रौनकता छाउथ्यो । स्वदेशी र विदेशी जात्रा हेर्न आउनेको उत्तिकै घुइँचो हुन्थ्यो । 

काठैकाठले निर्माण गरी तीनतले प्यागोडा शैलीको सिंगारिएको रथमा तलेजुको खड्ग ल्याएपछि गुठी संस्थानको पूजा सम्पन्न गर्दै हरेकका घरघरबाट पूजा ल्याएर आकाश भैरवलाई रथमा विराजमान गराई हजारौं  मानिसको भीडले ‘होस्से–हैसे’ भन्दै रथ तान्ने पाँचतले र भैरव मन्दिर अगाडिको टौमढी कोरोनाको कहरले सुनसान छ ।  रौनकता हराएको सुनसान शहर झैंँ भएको छ । न त यहाँ कसैको घरमा पाहुना छन् न त भोज नै । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन गरिरहेकै अवस्थामा टौमढीमा भैरव र भद्रकालीको रथ निर्माण बीचमै छाडेपछि बनिसकेका रथका दुई पाङ्ग्रा र निर्माण हुँदै गरेका रथका केही भाग यत्रतत्र छरिएका छन् । 

देशमा जस्तोसुकै सङ्कट आउँदा नरोकिएको हजारौँ वर्ष पुरानो ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा यस वर्ष विश्वमहामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण इतिहासमै पहिलोपटक रोकिएपछि सिङ्गो जात्राको रौनकता औपचारिक पूजामा मात्रै सीमित बन्न पुगेको छ । 

नयाँ वर्षको आगमनसँगै आठरात नौदिनसम्म भव्यरुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको विश्वप्रसिद्ध बिस्केट जात्राको पहिलो दिन विश्वनाथ भैरव अर्थात् आकाश भैरवका पुजारी तथा नाइकेबाट तान्त्रिक एवं औपचारिक पूजा गरेर मात्रै जात्रा शुरु गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य बताउछन् । 

भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण जात्राको शुरु भएको दिन र वैशाख ५ गते अन्तिम दिन भैरवको रथ तानातान गर्ने, चैत्र मसान्तको साँझ भेलुखेलस्थित ल्यासिंखेलमा ५५ हात लामो दुई वटा विश्वध्वजा र अष्टमात्रिका अङ्कित आठ वटा डोरीसहितको लिङ्गो उठाउने, वैशाख १ गते साँझ लिङ्गो ढाल्ने हजाराँैको भीडमा हुने मुख्य आकर्षक जात्रा हुन् । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पटकपटक बसेको सरोकारवालाको बैठकले यस वर्षको जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णय गरेको थियो । बिस्काः जात्रामा हुने अन्य जात्रा टोलटोलमा हुने ब्रम्हायणी, महेश्वरी, इन्द्रायणी, महाकाली, बाराही, छुमा गणेश, याछें गणेश, (लालाछे) गणेश, इन्द्रायणी भजन, जेठा गणेशलगायतका देवतालाई गुठीयारले द्योँछे (देवता घर) मै राखेर पूजा गरेर मनाउन शुरु गरिएको छ । 

अनेकौँ कथा, किंवदन्ती, किस्सा, धार्मिक, सांस्कृतिक पक्ष जोडिएको बिस्का जात्राको मूलमन्त्र देशवासीलाई महामारी, विपद्बाट जोगाउने र देशवासीको रक्षा गर्ने, सहकाल, शत्रुनाश हुने विश्वास रहेकाले महामारी रोक्नकै लागि जात्रा रोकिँदा कुनै अनिष्ट नहुने इतिहासविद् एवं संस्कृतविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् । 

जात्राको मुख्य देवता विश्वनाथ भैरव भएको र सारा मानवजाति, सारा विश्वकै हित चाहने देवताको जात्रा रोकिँदा अनिष्ट हुँदैन भन्दै उहाँले भैल नाइके, तलेजुको ब्राह्मण, जोशी, कर्माचार्यले गर्ने मुख्य पूजा नरोकिने भएकाले अनिष्ट हुन्छ भन्ने भ्रम पाल्न नहुने बताउछन् ।

नेपाल संवत् ५०० को तमसुकपत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रुपमा बिसिक शब्द उल्लेख भएको, भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको, भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द रहेको, तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिने यो जात्रा अनकौँ कालखण्डमा विसिक, बिस्क, बिस्का हँुदै बिस्केट हुन पुगेको प्रा डा श्रेष्ठले बताए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik