दिभुषण पाठक, मिडियाकर्मी
भीडभाड भएको ठाउँमा कुनै युवतीले तपाईंको पाइन्टको फस्नर खुल्लै छ भनिन भने ?
हाँस्दै भन्थें, ‘ओ, आई एम सरी’
पुरुषले किन अन्डरवियर लगाउँछन् ?
प्यान्टलाई राहत होस् भनेर नि ।
गुलाब जामुनमा गुलाबचाहिँ कहाँ हुन्छ ?
गुलाबचाहिँ खानेको मनमा, काँडाचाहिँ खान नपाउनेको मनमा ।
ट्वाइलेटमा हुँदा चुकुल नलागेर गीत गाउनुपरेको छ ?
गीत गाउनै पर्दैन, मेरो त नेचुरल्ली साउन्ड नै चर्को हुन्छ ।
धेरै जनासँग विवाह गर्ने छुट पाउने हो भने तपाईं कतिवटीसँग विवाह गर्न सक्नुहुन्छ ?
धेरैवटीसँग पाइने भएपछि गन्नै किन पर्यो र ?
गुरु द्रोणाचार्यले आजको समयमा एकलव्यसँग बूढी औंला मागे भने उनले के देलान ?
यी..भनेर देखाउनेसम्म होला, दिने त जमाना गए ।
सनी लियोनीले विवाह गर्छु भनेर जिद्दी गरिन् भने ?
जिद्दी त मै गर्थें नि, नभेटेर मात्र पो त ।
युवतीको गालालाई किन स्याउसँग तुलना गरिएको ?
स्याउको भाउ बढेकाले ।
एक दिनका लागि प्रधानमन्त्री बन्न पाउनुभयो भने पहिलो काम के गर्नुहुन्छ ?
गाईजात्रामा यस्तो सिरियस प्रश्न कहाँबाट छिर्यो ? यदि प्रधानमन्त्री बन्न पाइयो भने सबैभन्दा पहिले बस्ढीलाई म्वाइँ खान्थे, त्यसपछि शपथ ।
श्रीमतीले पर्स चेक गर्दा कुनै सुन्दर युवतीको तस्बिर भेटिन् भने ?
पैसाजति तिमीले उडाएपछि पर्समा के राखूँ त भन्थें ।