• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
नेपाली नारीहरूको महान् चाड तीज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

नेपाली नारीहरूको महान् चाड तीज
भाद्र १७, २०७३

 

तीजमा प्रयोग हुने गहना तथा पहिरनको पनि आफ्नै महत्व छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो ।

 

एकै दिन भए पनि राम्रो लाउन, मीठो खान, स्वतन्त्र हुन अनि धक फुकाएर नाचगान गर्न पाइने भएकाले यो पर्व नेपाली महिलाहरूको महान् तथा आत्मीय पर्व बन्न गुगेको छ जसको पर्खाइमा धेरैजसो महिला व्यग्र हुन्छन् । 

 

तीज भाकाको महत्व

‘तीजको रहर आयो बरी लै’ मन्जु थापाले गाएको यो गीत अहिलेसम्मको सदावहार तीज गीत हो । यो गीतमा नरमाउने मानिस भेट्न मुस्किल हुन्छ । यो तीज भाकाले नेपाली नारीहरूको सामाजिक, सांस्कृतिकलगायत धार्मिक मर्मलाई प्रतिनिधित्व गरेको छ । यसका अतिरिक्त गायिका कोमल ओली, देविका घर्ती मगर, सिन्धु मल्ल, विष्णु माझी, आदि थुप्रै गायिका तीज भाकाको संरक्षण गर्न निरन्तर प्रयासरत छन् ।

 

यो वर्ष पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका विभिन्न तीज भाका पृथक ढंगले बजारमा आएका छन् । तीज गीत गाउने शैली तथा संख्यामा पनि निकै परिवर्तन आएको छ । पुर्वेली तथा पश्चिमेली तीज भाकाले विभिन्न सामाजिक, सांस्कृतिक तथा परम्परालाई एकअर्कासँग परिचित गराएका छन् । पहिले–पहिले यस्ता तीज गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासू–बुहारीको कचकच, दु:ख, ईष्र्या आदि समावेश हुन्थे भने अहिले तीज गीतका विषय पनि परिवर्तित भएका छन् ।

 

नाचगान गर्दा ध्यान दिउँ

तीजमा महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर नृत्य गर्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगितासमेत आयोजित गर्छन् । यसरी नाचगान गर्दा उपस्थित सबैलाई मनोरञ्जन प्राप्त हुन्छ । यस्तो नृत्यका क्रममा आफ्नो सेन्डिल, पहिरन, गरगहना एवं शृंगारका साथै खानपानमा समेत विशेष सावधानी अपनाउनुपर्छ ।

 

तीजमा मेहेन्दी

तीजका लागि अरेबिक मेहन्दी उत्तम हुन्छ । यो मेहन्दीको डिजाइन–प्याटर्न फरक तथा सफा हुन्छ । ग्लिटर टाटु, ब्ल्याक वा ब्राउन मेहन्दी लगाएको केही समयपछि नै मेट्न सकिन्छ । यसैगरी तीजमा आफ्नो इच्छाअनुसार रिसर्व, कोहिनुर मारवाडी, राजस्थानी तथा अरेबिक मेहन्दी पनि लगाउन सकिन्छ ।

 

तीजमा टेम्पोररी मेहन्दी लगाउनु नै फलदायक हुन्छ । आफूलाई मन लागेका बेला मेट्न सकिने भएकाले यो मेहन्दी तीजको दुई दिनपछि मेट्न पनि सकिन्छ । मेहन्दी लगाउन जानुअघि कुन मेहन्दी लगाउने छनौट गरिसक्नुपर्छ । 

(बानेश्वरस्थित आयन ब्युटिपार्लरकी ब्युटिसियन सोनु श्रेष्ठसँगको कुराकानीमा आधारित)

 

तीजको मेकअप

तीजमा महिलाहरू सोह्र शृंगारमा सजिन्छन् । मेकअपमा पनि रातो रंगको संयोजन नै सुहाउँदिलो हुन्छ । यतिबेला मेकअप भने वाटरप्रुफ वा प्यानिस्टिकयुक्त नै गर्नुपर्छ । यस्तो कस्मेटिकको प्रयोगले मेकअपलाई लामो समय टिकाउँछ ।

 

त्यसका लागि फिक्सिङ पाउडर वा टिएल पाउडर लगाउनुपर्छ । पाउडर लगाउन ब्रस प्रयोग गर्नुपर्छ । मेकअपलाई लामो समय टिकाउन पानी स्प्रे वा फिक्सिङ स्प्रे गर्न सकिन्छ । टिस्युले पूरै अनुहार टप गर्ने अनि ब्रसको सहायताले पाउडर लगाउने । 

अनुहार सुहाउने सेपमा आइब्रो मिलाउने । आइप्राइमर लगाएर आइमेकअप गरेपछि नाकलाई आकर्षक देखाउन नाकको बीच भाग लाइट कलरले हाइलाइट गर्ने र साइड–साइडमा डार्क कलरले हाइलाइट गर्ने । गालालाई आकर्षक देखाउन पहिले कानको साइडबाट डार्क कलरको ब्रोन्जरले हल्का मार्क गर्ने र ब्रसले मिक्सिङ गर्ने ।

 

त्यसमाथि पिच कलरको ब्लसर लगाउने । अन्त्यमा ओठलाई आकार दिएर लिपिस्टिक लगाउने । यतिबेला म्याट लिपिस्टिक तथा निधारमा ठूलो टीका सुहाउँछ । केशमा लच्छा धागो वा फेन्सी हेयर एसेसरिजले पनि सुन्दरता निखार्छ । पहिरनअनुरूपको हेयर स्टाइलमा सजिएपछि तीजको मेकअप पूरा हुन्छ । 

 

मेकअपको सुरक्षा 

तीजमा महिलाहरू स्वतन्त्र भएर नाच्ने, गाउने अनि रमाइलो गर्ने काममा व्यस्त हुन्छन् । यतिबेला सिंगार बग्ने तथा पुछिने डर हुन्छ । नाच्दा होस वा गाउँदा पसिनाले नबग्ने मेकअपमा केन्द्रित हुनुपर्छ । यसका लागि वाटरप्रुफ मेकअप प्रयोग गर्न सकिन्छ । अहिले बजारमा भनेअनुसारका प्रसाधनको कुनै कमी छैन ।

 

वर्षामा म्याट लिपिस्टिक उपयुक्त हुन्छ । आइलाइनर वा गाजल पनि वाटर प्रुफ नै प्रयोग गर्नुपर्छ । एक दिनका लागि ह्याभी मेकअप गरिने भएकाले फाउन्डेसन, कमप्याक्टलगायत सबै शृंगार प्रशाधन वाटरप्रुफ नै प्रयोग गर्नुपर्छ । समय–समयमा मेकअपको ख्याल गर्न आफ्नो व्यागमा ऐनाका साथ महत्वपूर्ण शृंगार प्रशाधन राख्न बिर्सनु हुँदैन । 

तीजको पूजा कसरी गर्ने ?

पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पालन गर्दै खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।

हरितालिका तीजको व्रत पवित्र मन–वचनका साथ बस्दा अविवाहितले चिताएको वर पाउने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ, तर शारीरिक रूपमा कमजोरहरूले निराहार व्रत बस्नै पर्छ भन्ने छैन ।  

 

हरितालिका व्रतका दिन बिहान आत्मिक रूपमा शुद्ध भै स्नान गरी भगवान महादेवको पूजा–आराधान गर्नुपर्छ । विधिवत् हिसाबले बिहानको पूजा सकिएपछि पानी र फलफूल खान सकिन्छ । दिउँसोको नाचगान गर्न शारीरिक शक्तिको आवश्कता पर्छ, त्यसैले समय–समयमा पानी पिउने र फलफूल खाने काम चटक्क छोड्नु उपयुक्त होइन । 

(पं. नारायण गौतमसँगको कुराकानीमा आधारित)

 

मन्दिर जाँदा 

तीजमा गहना चोरी भएका अनेकन घटना सुनिन्छन् । तीजमा महिलाहरू भएभरका गहना लगाई मन्दिर जाने तथा नाचगानमा सरिक हुने हुँदा चोरीका घटना धेरै हुन्छन् । यसकारण मन्दिर जाँदा विशेष सजग हुनुपर्छ । मन्दिर तथा भीडभाडमा बहुमुल्य गहना नलगाएकै जाती हुन्छ ।

 

चोरीबाट जोगिन पनि बहुमूल्य धातुका गहना लगाउनु उपयुक्त मानिँदैन । लगाउने नै भए सामान्य गहना लगाउन सकिन्छ । आजभोलि बजारमा विविध किसिमका नक्कली सुनका गहना उपलब्ध छन् । यस्ता गहना चोरी भैहाले पनि त्यति आर्थिक क्षति हुँदैन । 

 

तीज पहिरन

तीजमा महिलाहरू नयाँ र रातो रंगका पहिरन लगाएर निराहार व्रत बस्छन् अनि त्यही पहिरनमा मन्दिर जानुका साथै नाचगान आदि पनि गर्छन् । ट्रेन्डलाई नियाल्ने भने विगतका वर्षझंै यो वर्ष तीज पहिरनका रूपमा आउटर लेहंगा फेसनमा छ । यसैगरी जोइन्टवाला साडीको फेसनले पनि यो वर्षको तीज गर्माएको छ ।

 

आउटरवाला लेहंगा रातो, हरियो, पहेंलो तथा सुन्तला रंगको सम्मिश्रणमा तयार गरिन्छ । यस्ता आउटरयुक्त लेहंगा र जोइन्ट साडी यो वर्ष बढी बिक्री भएका छन् । साडी लगाउने झन्झटबाट जोगिन चाहनेहरूका लागि जोइन्ट साडी निकै उपयोगी हुन्छ । यसको स्टाइल पनि पृथक् हुन्छ । मुजा र साडीको सप्को बनाउनु नपर्ने भएकाले जोइन्ट साडी आकर्षक र आरामदायक मानिन्छ ।

(डिजाइनर काजलसंगको कुराकानीमा आधारित ।)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik