• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
तिहारको मूल्य–मान्यतालाई हामीले कत्तिको पछ्याइरहेका छौं ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

तिहारको मूल्य–मान्यतालाई हामीले कत्तिको पछ्याइरहेका छौं ?
कार्तिक १३, २०७३

 

रंग, सुगन्धित फूल र झिलिमिली बत्तीको उज्यालोले जताततै छोपिसकेको छ । प्रत्येक घरमा तिहारको रमझम र रौनकले सबैमा उत्साह थपेको छ । हाम्रा चाडपर्व पनि समयको गतिसँगै परिवर्तन र परिमार्जन हुँदैछन् ।

आजका मानिसहरू समय अभावका कारण छोटो समयमा यथेष्ट रमाइलो गर्ने उपायहरू खोजिरहेका हुन्छन् । त्यसैले पनि होला, पर्व मनाउने शैलीमा फरकपन देखिन थालेको छ । जसले जसरी मनाए पनि आखिर चाडपर्व हाम्रा संस्कृति हुन् । जसले हामीमा उत्साह र उमंग थप्ने मात्र नभै हाम्रो संस्कारलाई निरन्तरता दिने काम गरिरहेका छन् । 

तिहार मनाउने परम्परागत शैलीमा क्रमश: परिवर्तन आउन थालेको छ भने देउसी–भैलोमा पश्चिमा तथा भारतीय संगीतले समेत स्थान पाउन थालेको छ । अँध्यारो कुनामा पालामा दियो बाल्दा जस्तो चमक आउँथ्यो त्यो चमक हराएर कृत्रिम लाइट्स तथा फूलले घर सजिन थालेका छन् । यसरी क्रमश: परिवर्तन आउने क्रममा तिहारको वास्तविक मूल्य–मान्यतालाई हामीले कत्तिको वास्ता गरेका छौं ? तिहारको परम्परागत संस्कारलाई हामीले कति र कसरी पछ्याइरहेका छौं ? विभिन्न क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरूले आफ्नो राय यसरी प्रस्तुत गरे ।

 

रामप्रताप थापा, दाइ (संस्थापक सदस्य, गैरआवासीय नेपाली संघ तथा जर्मनका लागि नेपाली महावाणिज्य दूत)

अर्जाना थापा, बहिनी (डाइटिसियन तथा डाइबेटिज स्पेसलिस्ट )

विदेश बसाइको लामो समयसम्म पनि आफ्नो संस्कार र संस्कृतिलाई राम्रैसँग निरन्तरता दिइरहेका रामप्रताप थापा विशेषत: तिहार मनाउने कुराले खुबै हौसिन्छन् । उनलाई आफ्नो परम्परा उत्तिकै प्यारो छ ।

 

गोरखाका भीमसेन थापाका सहोदर सन्तान रामप्रताप आफूलाई यस विषयमा केही पुरातन पनि मान्छन् । रामप्रताप भन्छन्– जर्मनमा धूमधामले तिहार मनाइन्छ । त्यस दिन हामी स–साना निसहाय नानीहरूलाई बोलाएर टीका लगाइदिएर विदेशीहरूलाई समेत आफ्नो संस्कृति देखाउँछौं ।

उता त यसको महत्व र पर्व मनाउने तरिका अझ व्यापक छ । थापाकी बहिनी अर्जाना थापा समय सँगै हरेक चिज बदलिँदै जान्छ, हामीले बदल्दैनौं भने पनि सामाजिक विकाससँगै यो स्वयं परिवर्तन हुँदै जान्छ भन्ने तर्क प्रस्तुत गर्दै भन्छिन्– भौगोलिक रूपमा हामी जहाँ रहे पनि हाम्रो संस्कृति हाम्रा लागि प्रिय छ र हामी यसलाई निरन्तरता दिन्छौं । 

 

आफ्ना सन्तानले यी सबै कुरा सिकून् भन्ने चाहना हुन्छ । रामप्रतापले २१ वर्षपछि बहिनीको हातको टीका लगाए केही वर्षअघि । अत्यन्त व्यस्त यी दुवै दाजुबहिनी भौगोलिक रूपमा कोसौं टाढा रहे पनि एक–अर्काप्रतिको माया–प्रेम–सद्भाव र समपर्ण समयसँगै अझ गाढा हुँदै जाने बताउँछन् । अर्जानालाई छ–सात वर्षको उमेरमा परिवारका सदस्यमध्ये कसैले केही भनिदिएपछि चित्त दुखाएर रुँदै बसेको ठाउँमा दाइ आएर अंकमाल गरी तिमी चिन्ता नगर, सबै न्याय–अन्याय भगवानले देख्छन् र छुट्याउँछन् भनेका शब्दहरू आज पनि कानमा गुञ्जिरहन्छन् । अर्जानाले भनिन्– त्यस दिनदेखि मलाई उहाँले मलाई कतिसम्म गर्नुहुँदो रहेछ भन्ने महसुस हुन थाल्यो । 

यी दाजुबहिनी दैनिक रूपमा फोन, भाइबर तथा म्यासेन्जरमा कुराकानी गर्छन् । बहिनीलाई दाइले हेलो भनेको एक वचन सुन्न पाउँदा पनि अपार आनन्द आउँछ भने रामप्रताप पनि मुख्य कुरामा आफूहरूबीच सरसल्लाह हुने बताउँछन् । थापा भन्छन्– भाइटीकाका दिन कैयौंले दाजु मान्दै टीका लगाउन बोलाउँछन् तर मलाई मनैदेखि गैहालौं जस्तो लाग्दैन ।

 

त्यस्तो बेला बहिनीहरूको खुब सम्झना आउँछ । अमेरिकामा बसोबास गर्ने अर्जानाले पनि आफ्ना दाजुहरूबाहेक आजसम्म कसैलाई त्यसरी टीका लगाइदिएकी छैनन् । रामप्रताप विशेषत: नेपाली चाडपर्वका अवसरमा जर्मनस्थित हिन्दू मन्दिर जान्छन् । विदेशीहरूलाई नेपाली संस्कृति चिनाउन विभिन्न कार्यक्रम आयोजना गर्छन् अनि पारिवारिक रमाइलोमा सरिक हुन्छन् । 

 

सुरजकुमार थापा, भाइ (वाद्यवादक, गायक–संगीतकार )

अञ्जली हमाल, दिदी (ड्रेस डिजाइनर )

संगीतका विभिन्न विधामा करिब २ दशक बिताइसकेका सुरजकुमार थापा हिन्दू परम्परामा तिहारको विशेष महत्व भएको बताउँछन् । तिहारका अवसरमा भ्रातृत्व प्रगाढ हुनुका साथै कहिल्यै आपसमा नबोलेकाहरू पनि वैरभाव–द्वेष हटाइसँगै देउसी–भैलो खेल्न जाने र शुभाशिष लिने–दिने परम्पराले सुरजलाई लोभ्याएको छ तर उनी हिजोआजको तिहारका कतिपय कुरामा विकृति बढेको बताउँदै भन्छन्– आजकाल चाडबाडको टीका नै छाडेर विदेश घुम्न जाने, फोन गरेर देउसी–भैलोमा डिमान्ड राख्ने तथा पश्चिमा गीत–संगीत घन्काउने, फेसबुकमा देखाउनका लागि बिभिन्न खाले शो–

अफ गर्ने चलन बढ्दो छ । तिहारको वास्तविक मूल्य–मान्यता जोगाउनु हाम्रो कर्तव्य हो हाम्रो संस्कृति हाम्रा लागि बलियो पुँजी हो । 

 

सुरजकी दिदी अञ्जली हमाल यमपञ्चक सुरु हुनेबित्तिकै अन्डा र पान सगुन लिएर भाइलाई तेल लगाइदिन माइती पुग्छिन् । यमपञ्चकका पाँचै दिने गरिने यो विधि धेरैले छाडिसकेका छन् । आजका व्यस्त मानिससँग समय अभाव र हतारका कारण हाम्रा यस्ता थुप्रै संस्कार छुट्दै गएको धारणा व्यक्त गर्दै अञ्जलीले भनिन्– हाम्रा मुमा–हजुरबुवाहरूले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदा घण्टौं लगाउँथे, आजकल त हरेक कुरा सर्टकटमा हुन्छ । कतिबेला सकौं भन्ने हतार हुन्छ । अहिले त मखमली फूलको ठाउँमा कतिले गोदाबरी मात्र नभै बजारका झिलझिले माला लगाइदिएको पाइन्छ । शुभको प्रतीक दियो बाल्नुपर्नेमा चाइनिज विद्युतीय बत्तीहरू बाल्न थालिएको छ । घरका झ्याल–ढोकामा प्लास्टिकका माला झुन्डिन्छन् । टीका लगाउँदा मान्छे सोफामाथि, भगवान्लाई भुइँमा खुट्टामुनि राखिन्छ । घरमा पाक्न छाडेर डिपार्टमेन्टल स्टोरका सेलले घर भरिन्छन् । हरेक कुरामा सहजता र तीव्रता खोज्ने जमाना छ । 

सुरजका अनुसार पर्वका अवसरमा काम, व्यवसायबाट त्यसै फुर्सद दिइएको होइन् । हाम्रा यिनै संस्कार र संस्कृतिलाई जोगाइराख्ने कार्यमा जुट्नलाई समय निक्लियोस् भनेर यसो गरिएको हो । यो समयलाई भरपुर उपयोग गर्न सक्ने हो भने हाम्रो संस्कार अझ सिंगारिँदै जान्छन् । विशेषत: भाइटीकालाई मज्जाले सेलिब्रेट गर्छिन् । सेल, भाइमसलालगायत आफ्नै हातले तयार पारेका विविध परिकार भाइलाई ख्वाउन पाउँदा उनलाई मनैदेखि आनन्द आउँछ भने सुरज दिदीलाई गच्छेअनुसारका उपहार प्रदान गर्छन् । सन् २००१ मा सिंगापुरमा हुँदाको तिहार असाध्यै खल्लो भएको बताउने सुरजले हाम्रो संस्कृति जर्गेनाका लागि सामाजिक सञ्जालको सही प्रयोग उपयुक्त हुने तर्क प्रस्तुत गरे ।

 

रज क्षेत्री, भाइ (आइटी इन्जिनियर )

पूनम क्षेत्री गौतम, दिदी (निर्मात्री तथा डिजाइनर )

चलचित्र निर्माणमा सक्रिय पूनम क्षेत्री गौतमका अनुसार समयअनुसार हरेक कुरामा परिवर्तन आउनु राम्रो कुरा हो । हाम्रा संस्कार–परम्पराको जत्ति पनि निरन्तरता भैरहेको बताउँदै पूनमले भनिन्– कसरी संस्कृति बिर्सिएको भन्न मिल्छ ? यसमा समयसँगै परिवर्तन र परिमार्जन आएको हो । व्यस्त समयका व्यस्त हामीले आफ्ना चाडबाडलाई अझ छरितो र मनोरञ्जनपूर्ण बनाउँदै छौं । विश्वव्यापीकरण र अधुनिकीकरणको यो जमानामा हामी जहिले उही ढर्रामै रहिरहने हो भने परिवर्तन कहिले आउँछ ? तसर्थ म यसलाई सकारात्मक परिवर्तन भन्छु र यो आवश्यक पनि छ । 

उनका आइटी इन्जिनियर भाइ धीरज क्षेत्रीलाई सबैभन्दा मन पर्ने चाड नै तिहार हो । कारण यी दिदीभाइबीच अत्यन्त गहिरो माया र विश्वास छ । घरका हरेक निर्णय दिदीको सल्लाहमा लिने धीरज दिदीको हातले बनाएका परिकारमा सबै कुरा बिर्सने बताउँछन् । आमाले मामाहरूलाई टीका लगाइदिँदा धेरै समय खर्चिएर, फूलले पुजेर, भाइ छेक्दा आँगन भरी पानी पोखेर रुमाल र ढाकाटोपी अनिवार्य रूपमा दिएको देखेका धीरज भने आजकालको व्यस्त समयमा सोहीअनुरूप नै चाडपर्व मनाउनुपर्ने बताउँदै भन्छन्– पर्व मनाउन छोड्नु हुँदैन तर समयअनुकूल र सहजताका साथ मनाउनुपर्छ । कुची (दिदीलाई माया गरेर बोलाउने नाम) को हातको टीका र मायाले सम्पूर्ण संस्कार पछ्याएको महसुस हुन्छ । 

 

पर्व मनाउनुपर्छ तर सद्भावले मनैदेखि मनाउनुपर्छ भन्ने पूनम उहिले पर्वहरू दुई दिनमै सकिने तर आजकाल लामो समयसम्म मनोरञ्जन गर्न पाउनुलाई पनि सकारात्मक रूपमा लिन्छिन् । भाइसँगको सम्बन्धलाई बिनासर्त र बिनास्वार्थको मायाका रूपमा परिभाषित गर्दै उनले भनिन्– हाम्रा हरेक पर्वले वैरभाव त्यागी, आपसमा भातृत्व, स्नेह र सद्भाव बढाउँछन् जुन हाम्रो हिन्दू संस्कारको बलियो पक्ष हो ।

 

सुदर्शन बस्नेत, भाइ (अध्यक्ष्य, सुस्वास्थ्य अस्पताल, मीनभवन )

गीता बस्नेत कार्की (गृहिणी ) परम्पराभित्र भएका अप्ठ्यारा क्रियाकलापलाई समयसँगै परिमार्जन गर्नु ठीक हो तर संस्कार नै बदलिनु हुँदैन भन्ने सुदर्शन बस्नेत हामी नेपाली संस्कार–संस्कृतिका धनी भएको राय व्यक्त गर्छन् । आफ्नो घरमा हालसम्म पनि परम्परागत तरिकाले चाडबाडका सबै विधि पछ्याइरहेको बताउँदै उनले भने– हाम्रो घरमा मखमली, गोदावरी, पालामा दियो, सेल पकाउने आदि भाइटीकाका सम्पूर्ण विधि यथावतै छन् । १ कक्षादेखि १० कक्षासम्म सुदर्शनकै सहपाठी उनकी दिदी गीता अहिले पनि तेलमा दुबो चोबेर भाइ छेक्ने तथा खानपान र उपहार पनि परम्परागत नै रहिआएको बताउँछिन् । सुदर्शनको विचारमा समयसँगै परिवर्तन हुनु ठीक हो तर परम्परा नै बिग्रने र बिर्सने गरी आधुनिकीकरण हुनु हुँदैन । हामीले जोगाउन सक्ने भनेको हाम्रा संस्कार–संस्कृति नै हो । वर्षमा एक पटक दिदीबहिनीसँग नजिक हुन पाइने दिन भनेको तिहार नै हो, सुदर्शनले भने– तसर्थ म जहाँ भए पनि यो दिन घर आइपुग्छु । पोहोर साल विदेशमा भएको मान्छे टीकाकै लागि भनेर अघिल्लो दिन नेपाल उत्रिएँ । आजकाल चाडपर्व छाडेर विदेश घुम्न जाने संस्कार पनि बढ्दो छ तर घुम्ने बहानामा चाडपर्वको महत्वलाई कम नआँकौं । 

 

गीताका अनुसार आजको व्यस्त समयमा आफ्नाहरूसँग भेट्न पनि मुस्किलले समय मिल्ने अवस्था सिर्जना हुने हुँदा यस्ता पर्वका अवसर पारिवारिक भेटघाट र सम्बन्ध अझ बलियो बनाउने सेतु सिद्ध हुन्छन् । गीता भन्छिन्– अहिले त देउसी खेल्नसमेत पार्टीप्यालेस बुक गर्ने चलन चलेको छ रे । जहाँ व्यवसायीहरूलाई पैसा हाल्न लगाइन्छ भन्ने सुनेकी छु । संस्कारका नाममा यस्ता क्रियाकलाप हुनु राम्रो होइन । उहिलेको देउसी–भैलो भाका नै फरक हुन्थे, खेल्ने तरिका नै अलग हुन्थ्यो । 

संस्कृति जोगाउन कल्चरल एजुकेसनको आवश्यकता रहेको तथा हाम्रो नेपालमा कल्चरल टुरिज्मको विकास गर्नुपर्ने सुदर्शनको तर्क छ, जसले हाम्रा संस्कार–संस्कृति जोगाउन मात्र नभै प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ । 

 

रोनिश मानन्धर, भाइ (इलेक्ट्रोनिक्स इन्जिनियर )

रोजिना मानन्धर मुनाकर्मी ( डाक्टर, केएमसी अस्पताल )

आजकालका चाडपर्व आधुनिकतातर्फ ढल्किंदै गएको बताउने रोनिश मानन्धर तिहार मनाउने शैली र यसका विधिहरू पनि कम पछ्याइन थालेको तर्क प्रस्तुत गर्दै भन्छन्– पहिले हातैले बनाइने मण्डप अहिले कागजमाथि रंग हाली कागज झिकेर आकारमा ढालिन्छ जुन छरितो र सहज तरिका हो । भाइटीकालाई पनि बर्थडे जसरी एउटा केक काटेर मनाउने दिन पनि आइसक्यो । नेवारीमा भनाइ छ, झि संस्कृति झिं म्हसिका (अर्थात् हाम्रो संस्कृति हाम्रो पहिचान) आफ्नो संस्कृति छोडे नयाँ पुस्ताले यसलाई बिर्संदै जान्छ, तसर्थ अत्याधुनीकरण हुनु राम्रो होइन ।

 

डाक्टर रोजिनाका अनुसार व्यस्त तालिकामा चल्नुपर्ने भएकाले कतिपय विधि अहिलेका मानिसको बाध्यता हो । हामी पनि हजुरआमा भइन्जेल र ममी ठीक हँुदा संस्कारलाई विविधपूर्वक निर्वाह गथ्र्यौं तर अहिले कतिपय कुरामा कटौती हुन थालेको छ– रोजिना भन्छिन्– देउसी–भैलो रमाइलोका लागि खेलिने हो तिनमा नयाँ इन्स्टुमेन्ट प्रयोग गरी अझ रमाइलो गर्नु राम्रै कुरा हो । उहिले आफ्ना घरमा मामाहरू ममीसँग टीका थाप्न आउने र उहाँहरूलाई भाइसँगै लहरै राखेर आमाछोरी मिलेर टीका लगाइदिँदाको क्षण रोजिनाको मानसपटलमा ताजै छ । नेवार समुदायले निरन्तरता दिँदै आइरहेको म्ह:पूजा (आफ्नै शरीरको पूजा) स्वयं निरोगी भइयोस् भनेर पूजा गरिने र क्रस गरी बालेको आगो ननिभ्दै खानाले भरिएको थाललाई सोही आगोमाथि राखी उक्त खाना खाइन्छ । यो हाम्रो संस्कृतिको अत्यन्त सुन्दर पक्ष भएको रोनिशले बताए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik