साप्ताहिक संवाददाता
श्रावण १३, २०७४
ललितपुरको धापाखेलस्थित नागदहमा आज नाग पञ्चमीका अवसरमा विशेष मेला लाग्छ । नागदेवताको प्रतिमाको पूजा एवं घुमघामको उद्देश्यले आज नागदह पुग्न सकिन्छ । त्यसपछि थकाइ र भोक लागेको खण्डमा नागदह पारि अवस्थित विश्राम बाटिकामा विश्राम गर्दै खाना तथा खाजाको मज्जा लिन सकिनेछ ।