साप्ताहिक संवाददाता
रमाइलो प्रेम
यस्तो प्रेमलाई सबैभन्दा खतरनाक प्रेम मानिन्छ । रमाइलो प्रेमले तत्कालभन्दा पनि दीर्घकालमा समस्या निम्त्याउँछ । विवाहेत्तर सम्बन्धलाई रमाइलो प्रेमको उपमा दिइन्छ ।
दीर्घकालीन प्रेम
सुख–दु:ख तथा सहज–असहज परिस्थितिमा एक–अर्कालाई साथ दिने मायालाई आजीवन माया भनिन्छ । यस प्रकारको प्रेम विवाहपछि जीवनपद्धतिसँग जोडिन्छ ।
चन्चले प्रेम
यसलाई देखासिखी प्रेम पनि भनिन्छ । भर्खरै टिन एजमा प्रवेश गरेका जोडी अर्काको देखासिखीमा यस्तो प्रेममा पर्छन् । संसार रंगीन छ भनेर सोच्नेहरू यस्तो प्रेममा हुन्छन् ।
प्रेमिल प्रेम
भावनात्मक रूपमा जोडिएकाहरूबीच यस्तो प्रेम हुन्छ । घरपरिवार, साथीभाइ दाजु–दिदी, दिदी–भाइबीच पनि यस्तो प्रेम हुन्छ । यो प्रेम नि:स्वार्थ हुन्छ ।
पागल प्रेम
यो कसैप्रति आकर्षित भएपछि हुने प्रेम हो । यसमा सही–गलत, राम्रो–नराम्रो, वरपर केही विचार गरिँदैन ।
एकतर्फी प्रेम
यो कुनै व्यक्तिप्रति आकर्षित भएर उक्त व्यक्तिको धारणा नै नबुझी हुने प्रेम हो ।
स्वार्थी प्रेम
यो कुनै पनि स्वार्थका लागि नाटकका रूपमा गरिने प्रेम हो । यस्तो प्रेम आफूले चाहेको फाइदा लिइसकेपछि आफैं टुट्छ ।