• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
रोमान्टिक मुडका लागि पहिरन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

रोमान्टिक मुडका लागि पहिरन
फाल्गुन १, २०७५

जो–कसैको पहिरन व्यक्तित्वमा आकर्षण र प्रभावकारिता थप्न महत्वपूर्ण मानिन्छ । अझ विशेष अवसरका लागि पहिरन छनौट गर्न समय, श्रम र पुँजी खर्च गर्न जो–कोही उदार हुन्छन् । भ्यालेन्टाइन डेको रोमान्टिक वातावरणमा व्यक्तित्वलाई विशेष दर्शाउन भ्यालेन्टाइन ड्रेस कोडको समेत विकास हुन थालेको छ । यही प्रसंगमा नमुना कलेज अफ फेसन टेक्नोलजीमा पाँचौं सेमेस्टरमा अध्ययनरत १५औं ब्याचका विद्यार्थी डिजाइनर मुस्कान गुरागाई, नविना लिम्बु, सुष्मा पौडेल, समिना बज्राचार्य, सुमन्ता थोकर, सन्ध्या श्रेष्ठ, मिना मगर, सुनिता लामा तथा विपाशा बाहिकले कल्पना गरेका रोमान्टिक मुडका केही भ्यालेन्टाइन पहिरन :

मुस्कान गुरागाईको सिर्जना भ्यालेन्टाइन डेको साँझको समयका लागि लक्षित मर्मेड गाउन हो । प्रणय दिवसको मुख्य रंग रातोमा प्रस्तुत गरिएको यो पहिरनलाई शियर लेस फ्याब्रिकमा परिकल्पना गरिएको छ जसमा पर्लको आकर्षण छ । यो फुल लेन्थ पहिरनमा देब्रे खुट्टातिर भुईं देखि लोअर थाईसम्म स्लिट राखिएको छ । ट्युब शैलीको यो पहिरन ५ फिट ६ इन्चभन्दा अग्लो शरीरमा विशेष सुहाउँछ । 

नविना लिम्बुको पहिरन भने हार्ट शेप नेकलाइन भएको वन् पिस स्लीवलेस ड्रेस हो । शरीरको माथिल्लो भागमा प्रिन्टेड ब्ल्याक नेट प्रयोग गरिने यो पहिरनको तल्लो भागमा टाइट फिटेड रेड स्कर्टको जोडा प्रस्तुत गरिएको छ । यसमा कालो रंगको शिफनको टायर्ड ग्याडरको प्रभाव पनि छ । पहिरनको मुख्य रंग रातो भए पनि त्यससित सुहाउँदो कालो रंग सम्मिश्रण गरिएको छ । यो पहिरनका साथमा न्यानो अनुभूतिका लागि रातो रंगको फरको शल प्रयोग गर्न सकिन्छ । 

विपाशा बाहिकको पहिरन रोमान्टिक पार्टी मुडमा आधारित छ । लेदरको ज्याकेटसहित रातो रंगको इभिनिङ गाउन यो सिर्जनाको समग्र रुप हो । भेल्भेटको कपडाको यो गाउनमा वेस्ट लाइन देखि फ्लोर लेन्थसम्म साइड स्लिट राखिएको छ । यो पहिरनको जोडाका रूपमा नेकलाइन, स्लिभ तथा हेमलाइनमा फर भएका लेदर ज्याकेट प्रयोग गर्न सकिन्छ । रातो रंगको यो पहिरनसित सुहाउँदो ढंगबाट प्रस्तुत हुन कालो रंगको ब्याङ्गल, बुट, बेल्ट, इयररिङ आदि एक्सेसरिज प्रयोग गर्नुपर्छ । टाइड अप हेयर स्टाइल विथ बन, ब्राइट मेकअप, ब्ल्याक अइलाइनर, हाइलाइटर तथा मरुन लिप्सले यो पहिरन लगाउँदाको लुकलाई पूर्णता प्रदान गर्ने डिजाइनर विपाशाको सुझाव छ । 

समिना बज्राचार्यले प्रस्तुत गरेको डिजाइन भने प्लेसुट हो जसले पहिरन लगाउने व्यक्तिको स्टाइल, फेमिनिटी तथा सुन्दर छविलाई आकर्षक ढंगबाट प्रस्तुत गर्छ । रातो रंगको यो पहिरनमा सिक्वेन्स र केही स्टोन वर्कको समायोजन छ । पहिरनको माथिल्लो भाग भी नेकलाइनमा छ भने यसमा सिल्क फ्याब्रिक प्रयोग गर्न सकिन्छ । यो पहिरनको तल्लो भाग फ्लोर लेन्थमा प्लेन रोज भेल्भेट प्रयोग गर्नुपर्छ । यो पहिरनलाई पेन्सिल हीलमा प्रयोग गर्नु उपयुक्त हुन्छ । 

१६ देखि २६ वर्ष उमेर समूहका लागि उपयुक्त मानिएको सुमन्ता थोकरको रातो रंगको पहिरनमा बेली भाग सम्म फ्रन्ट ओपन छ । पहिरनको केन्द्रीय भागमा ट्वीस्टेड इफेक्ट दिइएको छ । यो पहिरनको भित्र शोर्ट्स लगाउनु उपयुक्त हुन्छ । पहिरनको हिप लाइन देखि पारदर्शी नेट फ्याब्रिक प्रयोग भएको छ जुन लम्बाईमा फ्लोर लेन्थको छ । साँझको जमघटका लागि उपयुक्त मानिएको यो पहिरनको फ्याब्रिक चहकिलो खालको हुनुपर्छ । 

सन्ध्या श्रेष्ठको सिर्जना रातो तथा पंक लुकबाट प्रेरित छ । पहिरनको माथिल्लो भागका लागि रेड एप्पल सिल्क फ्याब्रिक उचित मानिएको छ । यो पहिरनमा भ्यालेन्टाइन डेको मुडलाई व्हाइट कलर प्रिन्टमा हार्ट शेप प्याटर्नलाईसमायोजन गरिएको छ । अफ शोल्डर ड्रेसका रूपमा प्रस्तुत यो सिर्जनाको तल्लो भाग पंक फ्युजन स्टाइलको छ । पहिरनमा आकर्षक ढंगबाट रोज पेटलको शैलीमा एक्स्ट्रा फ्याब्रिक प्रयोग गरिएको छ । 

भ्यालेन्टाइन डेको युनिक पार्टी वेयरको खोजीलाई सुष्मा पौडेलको गुलाफको कोपिलाबाट प्रेरित पहिरनले मूर्त रुप दिन्छ । रातो रंगको हिल जुत्ता, हरियो टप्स, पिंक रोज बड शेपको स्कर्टको जोडाले फेमिनेन लुक तथा प्रकृतिप्रतिको लगावलाई प्रस्तुत गर्छ । पहिरनको वेस्ट लाइनमा प्रयोग भएको मुटु आकारको रातो बक्कलसहितको कालो स्ट्राइप रिबन यो पहिरनको विशेष आकर्षण हो । यसको नेकलाइन बोट शेप भएकाले घाँटीमा थप ज्वलेरी लगाइरहनु पर्दैन । 

भ्यालेन्टाइन डेका लागि कल्पना गरिएको सुनिता लामाको सिर्जना भने फ्लोर लेन्थ हो । यो पहिरन ५ फिट ५ इन्चभन्दा अग्ला १६ देखि २६ वर्षका युवतीहरूमा केन्द्रित छ । सुहाउँदो कालो रंगको कम्बीनेसन सहित रातो रंगमा परिकल्पना गरिएको यो पहिरनको दायाँतर्फ लामो स्लिट राखिएको छ । यो स्लिट हिप लाइन भन्दा दुई इन्च मुनिबाट प्रारम्भ हुँदै फ्लोर लेन्थसम्म हुन्छ । पहिरनको नेकलाइन एसिमेट्रिकल छ । यसको दायाँतर्फ स्लिभ रहित छ भने बायाँतर्फ लामो फिटेड स्लिभ छ । वेष्ट लाइनलाई हाइलाइट गर्न एम्बेलिस्ड बेल्ट प्रयोग भएको छ । यो पहिरनको माथिल्लो भाग फिटेड छ भने तल्लो भाग ए लाइन शैलीमा छ । 

मीना मगरको कल्पना भने थ्री पिस ड्ेरस सेट हो । यो पहिरन मूलत: १६ देखि २६ वर्ष उमेर समूहका युवतीहरूमा लक्षित छ । पहिरनको माथिल्लो भाग रातो रंगको ब्रालेट, हार्ट शेप नेकलाइन सहित स्लिभलेस शैलीमा छ । तल्लो भाग भने हाई वेष्ट एसिमेट्रिकल स्कर्ट हो । यो स्कर्टको लम्बाई मिड काफसम्म छ । यो पहिरनको तेस्रो पीस नेट फ्याब्रिकको लामो खालको आउटर हो । आउटरको आकार ए लाइन स्टाइलको छ । यो थ्री पिस सेट गोरो वर्णको पियर शेप फिगर भएकाहरूलाई उपयुक्त हुनसक्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik