• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
प्रेमको रंग 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. नम्रता पाण्डे

प्रेमको रंग 
चैत्र ४, २०७५

हिन्दू धर्मअनुसार राजा हिरण्यकश्यपु घमन्डी राजा थिए । उनी आफूलाई देवता सम्झन्थे, सबैले आफ्नो पूजा गरून् भन्ने चाहन्थे । उनकै पुत्र प्रल्हाद भगवान् विष्णुका भक्त थिए । आफ्ना पिताजीको घमन्ड उनलाई पटक्कै मन पर्दैनथ्यो । यो कुरा थाहा पाएर राजा हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकासँग मिलेर राजकुमार प्रल्हादलाई आगोमा जलाएर मार्ने विचार गरे । होलिकालाई आगोले केही गर्न सक्दैन, उनी सुरक्षित छिन् भन्ने मान्यता थियो तर प्रल्हादलाई जलाउन रचिएको अग्निमा होलिकाको मृत्यु भयो ।

होलिका अर्थात् दानव प्रवृत्तिको दहन (नष्ट) भएकाले होलिका दहनका रूपमा यो पर्वको विकास भएको मान्यता छ । वसन्त ऋतुसँगै आउने होलीले सामाजिक एवं सांस्कृतिक महत्त्व पनि बोकेको छ । आखिर होलिकासँगै किंवदन्ती जोडिएर होली सुरु भएको हो भने होलिका होइन प्रेमपूर्ण महिला बनेर यो वसन्त उत्सव मनाउनुपर्छ भन्ने सन्देश होलीले दिन खोजेको हुनुपर्छ ।

प्रकृति प्रद्दत सबै वस्तुमा रंगको महत्व भएजस्तै मानिसलाईं पनि रंगकै आधारमा व्यवहार नगरिने चाहिँ होइन । गजबको कुरा के भने मानिसको शरीरको रंग फरक–फरक भए पनि मुटु, हृदय एवं रगत उस्तै रंगको छ । यो रंग के पुरुष, के महिला सबैमा उही प्रेमको रंग बनेर आउनुपर्छ । यद्यपि अझै पनि मानिस धन, प्रेम, पद, सम्मान, क्रोध, मोह, लोभ आदिको रंगमा आफूलाई परिचित गराउन खोज्दा कहिले सुखी त कहिले दुःखी हुन्छ । महिला हुन् वा पुरुष, आफ्नै साथीभाइ एवं इष्टमित्रसँग खुलेर कमजोरी स्वीकार गर्न र माफी माग्न सक्दैनन् । होलीले यसलाई सहज बनाइदिएको छ । होलीको रंग साटासाट गरेर एक–अर्काको कुण्ठा समाप्त गर्ने, प्रेम र सद्भाव वृद्घि गर्ने एउटा अवसर दिएको छ होलीले । व्यस्त मात्र होइन अस्तव्यस्त जीवन बिताइरहेका मानिसहरूका लागि खुसीको रंगमा एकदिन भए पनि मस्त हुने अवसर हो— होली । वर्षभरिका तनाव रंगमार्फत फ्याँक्ने अवसर पनि हो— होली । प्रेम साटासाट गर्ने अनि शुभकामना व्यक्त गर्ने पर्व हो–होली ।

मानिसको दैनिकी र जिउने तरिका हेर्दा लाग्छ भयपूर्ण र प्रेमपूर्ण दुई तरिकाले मात्र जीवन जिउन सकिन्छ । पुरानो संस्कार, काम, क्रोध, लोभ, मोह, ईर्ष्या एवं द्वेषमा जिउने मानिसहरू भयपूर्ण जीवन नै बाँचिरहेका हुन्छन् । त्यसका अतिरिक्त प्रेमपूर्ण जीवन जिउनेहरू वर्तमानको जीवन जिउँछन् । संसार सुधार्न होइन पहिले आफू सुध्रिएर त्यसको रूपान्तरण संसारमा देखाउन चाहन्छन् । मानिसको अहंकारले आफ्नो दोष अरूले थाहा पाओस् अर्थात् आफैंले थाहा पाएर पनि सुध्रिने प्रयास गरूँ भनेर सीधै प्रयासमा त ऊ जानै सक्दैन तर फागुपूर्णिमा (होली) जस्ता पर्वले मनभित्रको अहंकारलाई साथीभाइबीच रंग खेलेर भए पनि रेचन गर्न (भित्रको मैला, कुण्ठा फ्याँक्न) मद्दत गर्छ । होलीको दिन मानिस सबै कुरा बिर्सेर प्रेमको रंगमा समर्पित हुन सक्छ । ३ सय ६५ दिन संसारको भागदौड र कुण्ठा, शरीरभित्र र बाहिर संगालिएको फोहोर रंग खेलेर रंगकै रूपमा पवित्र बनाउन यो पर्वले अर्को रंग थपिदिन्छ ।

ओशो भन्नुहुन्छ– प्रकृतिमा प्रत्येक दिन होली हुन्छ । हरेक वृक्ष खुसीले नाचिरहेको हुन्छ । पुरानो पात झर्छ, नयाँ पलाउँछ । पुरानो फूल झर्छ नयाँ फक्रन्छ । नदी आफ्नो स्वरमा बहिरहन्छ । पहाड, हिमाल आफ्नो रंगमा दङ्ग छन् । आकाश, तारा, चन्ıमा, सूर्य आफ्नै मस्तीमा, आफ्नो समयमा चलेकै छन् । प्रत्येक क्षण उत्सवमय छन्, प्रत्येक दिन होली छ प्रकृतिमा । प्रकृतिका कुनै वस्तुले एक–अर्कासँग प्रतिस्पर्धा गर्नु पर्दैन । सूर्य र चन्ıमा बीच प्रतिस्पर्धा भयो भने हाम्रो स्थिति के होला ? प्रकृति आफ्नो नियममा चलिदिएन भने हाम्रो अवस्था के होला तर मानिस सम्झन्छ यी सबै व्यवस्था, यी भौतिक प्रगति हाम्रो प्रयासले भएको छ । प्राकृतिक स्वभावसँग रम्ने फुर्सद कहाँ छ मानिसलाई ? यही एकदिनको होलीले मानिसलाई हरेक समस्याबाट एकछिन भए पनि पर राख्न मद्दत गर्छ ।

होलीकै नाममा अराजकता फैलाउने र नचाहिँदो दुःख दिने संस्कार यदाकदा आज पनि विद्यमान छ । त्यस्तो उच्छृंखल व्यवहार होलीको सन्देश हुन सक्दैन । प्रेमपूर्ण, उत्सवमय रूपमा, हाँसीखेली, शुभकामना आदान–प्रदान गरेर मनाइने पर्व हो— होली । मानिसको जीवनमा अधिक सुख र अधिक दुःख आउँछ भन्ने मान्यता बनाएर बसेका हामीलाई सुख–दुःख, राम्रो–नराम्रो हामीले बनाएको मान्यता हो ।

वसन्त ऋतु, न जाडो, न गर्मी, रुख–बिरुवामा पालुवा पलाउने समय । वसन्त ऋतुजस्तै न सुख, न दुःखको स्थिति अर्थात् जीवन नै वसन्त बनोस्, जीवनलाई सिकायतका रूपमा नलिइयोस् भन्ने सन्देश पनि यो वसन्त उत्सवको सन्देश हुनसक्छ । जसरी खानामा डेजर्ट (मिठाई) ले पूर्णता दिन्छ त्यसैगरी मानिसका हरेक सफलतामा प्रेमपूर्ण सम्बन्ध भएमात्र जीवनमा पूर्णता मिल्छ । बहाना होलीकै किन नहोस्, यसले प्रेमपूर्ण हुने र प्रेमको रंगमा डुब्ने कला सबैलाई सिकाउँछ ।

प्रकृतिमा जति पनि चीजको उत्पत्ति भएको छ हरेकको आ–आफ्नै विशेषता छ । हामीले प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रंग, फूल, रुख–बिरुवाको रंग, हिमाल, पहाड तथा कीरा–फट्यांग्राको रंग ख्याल गरेका छौँ भने त्यहाँ हरिया, राता, नीला, बैजनी, पहेँला हरेक रंग फेला पार्न सकिन्छ । रंग र अध्यात्मको सम्बन्ध त्यसरी नै जोडिएको छ । जसले हरेक रंगमार्फत प्रकृति र प्रेमको अझिव्यक्ति दिन्छन् ।

हाम्रो शरीरमा जसरी सात चत्र छन् र ती चक्रको प्रभाव सातै रंगसँग छ त्यसरी नै होलीमा खेलिने रंगले उस्तै वैज्ञानिक एवं आध्यात्मिक महत्व राख्छन् । कसैलाई जबर्जस्ती नगरी, स्वेच्छाले र हर्ष भावले एक–अर्कामा उत्सव मनाइने वसन्तोत्सव हो— होली । कुनै पनि प्रकारको उच्छृंखलता देखाउने र जबरजस्ती मनाइने पर्व होइन होली । आनन्द प्राप्त गर्न ठूलै व्यापार, व्यवसाय गरी धन वा पद हासिल गर्नु पर्दैन । आफूसँग जे छ त्यसमा रमाउन सके, जे प्राप्त हुन्छ त्यसलाई स्वीकार गर्न सके आनन्द मिल्छ ।

सुख र दुःख हामीले गर्ने बाहिरी कर्म र त्यसबाट प्राप्त फलको अनुभूति हो भने आनन्द स्वीकार भाव हो । स्वीकार भावमा रहने कला नजान्दासम्म सुख र दुःखका कथाबाट मुक्त भइँदैन, न त आफूभित्र शान्ति नै घटित हुन्छ । सुख र दुःख जीवनका बाहिरी रंग हुन् र यी रंग आउने–जाने भैरहन्छन् भने आनन्द भित्री रंग हो यो सधैँ मानिसभित्र विराजमान छ । यसको अनुभूति गर्ने र यसकै रंगमा डुब्ने कला जाने दुःखका रंगहरूले स्थान लिन पाउँदैनन् । 

आजै खेलौँ प्रेम रंगको होली, छैन कुनै भरोसा यो जीवनको भोलि ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik