साप्ताहिक संवाददाता
शिष्टता भण्डारी, नेप–ग्याजम ग्रुप
आफ्नो उमेरभन्दा वयस्क अभिनेतासँग डेटिङ जाने अफर आउँदा कोसँग जानुहुन्छ ?
नाइँ, म त कसैसँग पनि जान्नँ ।
बाटोमा हिँड्ने क्रममा अपरिचित व्यक्तिले अँगालो मारे के गर्नुहुन्छ ?
खै के गर्ने–गर्ने ? म त कन्फ्युज नै हुन्छु होला ।
रिस उठेका बेला कसैलाई मुखै छाडेर गाली गरेको सम्झना छ ?
गाली गरेकी छु, तर मुखै छोडेर चाहिँ होइन । मनमनैचाहिँ मज्जाले गाली गरेकी छु ।
हँसाउँदा–हँसाउँदै आफैं हाँसेर हँसाउन नसकेको कुनै क्षण ?
त्यस्तो धेरै छ । हामी दर्शकलाई हँसाउनकै लागि स्ट्यान्डअप कमेडी गरिरहेका हुन्छौं, तर कहिलेकाहीं जति हँसाउन खोजे पनि उनीहरू हाँस्दैनन् । त्यस्तो अवस्थामा हामी मनमनमा एकदमै हाँसिरहेका हुन्छौं । त्यो हाँसोलाई नियन्त्रण गर्न सक्ने अवस्था हुँदैन ।
केटीहरूलाई किन हट भनिएको होला ?
केटी मान्छेलाई पुरुषले नै हट भन्ने हो । पुरुषहरूलाई बढी जाडो भएर पनि हट भनेका होलान् ।
तपाईंको मोबाइलमा अचानक अश्लील गालीसहितको म्यासेज आयो भने के गर्नुहुन्छ ?
कस्तो अश्लील गाली हो, त्यो हेर्छु अनि त्यसलाई पढेर र बुझेर आइज भनेर रिप्लाई गर्छु ।
तपाईंको प्रेमी अन्य युवतीसँग डेटमा भेटिएपछिको वातावरण कस्तो होला ?
म त्यो केटीलाई कस्तो काम नलाग्ने केटासँग डेट गरेको भनेर भड्काउँछु । यस्तो केटासँग डेट गर्नु हुँदैन भनेर सम्झाउँछु ।
आफूले मन पराएको पुरुषले भाइटीकाको अफर गरे ?
अर्को रक्षा बन्धनमा मलाई पनि डेट निकालिदिनु है भनेर जवाफ दिन्छु ।
दसैंमा टीका लगाउँदा दक्षिणाको खाम खाली रै’छ भने ?
कसले दिएको खाम हो, उसलाई नोटिस गर्छु । अनि पछि भेट भएका बेला खाली खाम दिनेलाई खाली खाम दिने भनेर बिल्ला हान्छु ।
तपाईंले विवाह गरेको पुरुष तेस्रोलिंगी निस्कियो भने के गर्नुहुन्छ ?
म उसलाई समर्थन गर्छु । समर्थन यस अर्थमा कि ऊ मसँग बस्न चाहन्छ कि चाहँदैन ? पहिले त्यो बुझ्छु । बस्न चाहेको होइन भने उसलाई स्वतन्त्र छोडिदिन्छु ।