• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
महत्व तीजको
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कमला श्रेष्ठ प्रधान

महत्व तीजको
भाद्र १५, २०७६

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वले नेपाली नारीहरूको आफ्नो धर्म र संस्कृतिप्रतिको अटुट आस्था, धार्मिक विश्वास एवं व्रतपरायणप्रतिको समर्पण भावलाई परिभाषित गर्दै आएको छ । दर खाने, तीज र ऋषिपञ्चमी गरी तीन दिन मनाइने यो विशिष्ट पर्वले अनेकौं किसिमका सामाजिक, मूल्य–मान्यताका साथै धार्मिक, सांस्कृतिक एवं मनोरञ्जक पक्षहरूलाई समेटेको छ । 

पौराणिक कथाअनुसार देवर्षि नारदको आग्रहमा पार्वतीको विवाह विष्णुसित गरिदिने निर्णय भएपछि पार्वती खिन्न हुन्छिन् । उनको इच्छा आफ्ना पति महादेव हुन् भन्ने थियो । पार्वतीको चिन्ताग्रस्त र मलिन अनुहार देखेर उनका संगिनीहरूले उनीसँग त्यसको कारण सोध्छन् । उनीहरूले पार्वती चिन्ताग्रस्त हुनुको कारण पनि बुझ्छन्। त्यसपछि पार्वतीका संगिनीहरूले उनलाई लुकीछिपी पर्वतराज हिमालको दरबारबाट पार्वतीलाई हिन्द महासागरको कन्याकुमारी भन्ने स्थानमा लगेर लुकाउँन्छन् ।

उक्त स्थानमा पार्वती बालुवाको शिवलिङ्ग स्थापना गरेर निराहार रही देवाधिदेव महादेवलाई पति पाउने उद्देश्यले अत्यन्त कष्टकर तपस्यामा लीन हुन्छिन् । त्यसपछि महादेव आफ्नो रूपमा प्रकट हुन्छन् र तथास्तु भन्छन् अनि उनीहरूबीच विवाह हुन्छ । यही व्रत र तपस्याका कारण पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन भगवान् शिवको दर्शन पाउँछिन् ।संगिनीहरूले लुकाउन लगिएकी पार्वतीबाट भएको व्रत हुनाले तीजलाई आलिभिः हरितःको अर्थमा हरितालिका भनिएको पाइन्छ । 

विवाहित नारीहरूले आफ्ना पति, परिवार एवं आफ्नो सौभाग्यको रक्षाका साथै आफूले चिताएको सम्पूर्ण इच्छा पूरा हुन् भन्ने मनोकामनासहित यो व्रत लिन्छन् । आ–आफ्नो अन्तर्मनको अत्यन्त पवित्र किसिमको प्रेमभावना साकार पार्न र विवाहित महिलाहरूले दाम्पत्य–जीवनलाई आदर्श र रचनात्मक बनाउने उद्देश्यले भाद्र शुक्ल तृतीयाको दिन हरितालिका (तीज) को व्रत लिने परम्परागत संस्कार हाम्रो समाजमा विकसित हुँदै गएको हो । यसरी हरितालिका (तीज) ले हाम्रो सभ्यता–संस्कृतिमा नारीहरूको विशिष्ट पर्वका रूपमा छुट्टै महत्व राख्दै आएको छ । 

तीजपछि लगत्तैको पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ । यो दिन वर्ष दिनभरिमा आफूबाट जानेर वा नजानेर कुनै पनि किसिमको पापकर्म हुन गएको छ भने त्यसबाट मुक्ति पाउने उद्देश्यले शिव मन्दिरहरूमा गएर कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ नाम गरेका सप्त ऋषिको विधिपूर्वक पूजाआजा गर्ने प्रचलन छ । यही पूजालाई ऋषिमञ्चमी भनिन्छ ।

सप्त ऋषिहरूको पूजा–आराधना गर्नुअघि आफ्नो शरीरलाई पवित्र तुल्याउनुपर्ने प्रचलन छ । यस क्रममा पूजा गर्नुअघि वर्षको एक दिनको दरले अपामार्गको दतिवनले ३ सय ६५ पटक नै दाँत सफा गरिन्छ भने ३ सय ६५ पटक नै स्नान गरिन्छ । त्यसपछि सप्त ऋषिको पूजा हुन्छ । 

यसरी नेपाली समाजमा दरखाने, हरितालिका (तीज) र ऋषिपञ्चमी पर्व स्वयंमा नारीहरूको अद्वितीय, महान् र विशिष्ट किसिमको धार्मिक एवं सांस्कृतिक परम्परा बोकेको एउटा अभिन्न सामाजिक संस्कारका रूपमा जीवन्त रहिआएको पाइन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik