• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
फराकिलो फर्निचर संसार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

फराकिलो फर्निचर संसार
आश्विन १३, २०७६

 

चाहे बाहिरी होस् वा भित्री घर सजावटमा फर्निचरको बेग्लै र महत्वपूर्ण भूमिका हुन्छ । फर्निचर घरको शोभा मात्र नभएर आवश्यकता भैसकेको अहिलेको समयमा फरक डिजाइन र शैलीका फर्निचर बजारमा उपलब्ध छन् । घरको आकर्षण बढाउनुका साथै सामाजिक हैसियतसमेत देखाउने यस्ता फर्निचरले घरलाई सपनाको घरमा परिणत गर्ने इम्पेरियल फर्निचरकी प्रनिता राणा बताउँछिन् । ग्रिन ब्याम्बो क्रिएसनका प्रबन्ध निर्देशक प्रणव प्रधान भने अहिले मानिसहरू वनविनाशलाई ध्यानमा राख्दै छिटो हुर्किने र इको फ्रेन्डली बाँसका फर्निचरप्रति आकर्षित भएको बताउँछन् । 

काठका फर्निचर 

काठका फर्निचरलाई बलिया, भरपर्दा र टिकाउ फर्निचरका रूपमा लिइन्छ । क्लासिक भिक्टोयिरन शैलीका जंगली सिसौका काठबाट निर्मित फर्निचर बिक्री गर्ने इम्पेरियल फर्निचरकी प्रनिता राणा भन्छिन्–काठलाई शुभसमेत मानिन्छ । त्यसका अतिरिक्त काठका फर्निचर टिकाउ हुनुका साथै आकर्षक एवं प्रयोगमा सहज हुन्छन् ।

जंगली सिसौका काठद्वारा निर्मित फर्निचर केही महँगा भए पनि गुणस्तरका हिसाबले अतुलनीय हुने राणा बताउँछिन् । बेस्ट इन्टेरियर नयाँ बानेश्वरका नेपाली कलात्मक बुट्टेदार फर्निचरले सबैको मन जित्दै आएको छ । त्यहाँका फर्निचरमा नेपाली कालीगढका कलात्मक सीप पाइन्छन् । बेस्ट इन्टेरियरका सञ्चालक हिरा महर्जनका अनुसार काठका फर्निचर टिकाउ हुने र कालान्तरमा डिजाइन पुराना भए पनि पुन:बिक्री गर्दा मूल्य नघट्ने कारणले अहिलेसम्म ग्राहकहरूले फर्निचरमा काठलाई नै प्राथमिकतामा राख्ने गरेका छन् । 

नेपालमा काठका फर्निचर बिक्री गर्ने कम्पनीहरूमा फर्निचर ल्यान्ड, करुणा फर्निचर, इडेक्स फर्निचर, एसबी, इस्तिकबाल फर्निचर, मनकामना फर्निचर, मुस्कान इन्टेरियर, बिरा फर्निचर, शान फर्निचर, आकृति आदि प्रसिद्ध छन् । 

काठका फर्निचरको स्याहार 

मलमलको कपडालाई लिक्विड डिटरजेन्टको घोलमा चोपेर हल्का निचोर्ने । उक्त कपडाले विस्तारै अर्थात् नघोटी फर्निचर पुछ्ने । यसरी सफाइ गर्दा चिसो रहन गए सुख्खा कपडाले पुछिहाल्नुपर्छ । काठका फर्निचर प्रत्यक्ष घामको किरण पर्ने स्थानमा राख्नु हुँदैन, किनभने त्यसबाट फर्निचरको रंग उड्न सक्छ । विभिन्न फर्निचरमाथि फ्लावर भास, ल्याम्प स्ट्याण्ड, पेन होल्डर आदि सजावटका सामग्री राख्दा प्याड वा नरम म्याट राख्नुपर्छ अन्यथा फर्निचर कोरिने, टुक्रिने र कलर जाने डर हुन्छ । काठका फर्निचर झ्यालको सीधा मुनि राख्नु हुँदैन । 

बेत–बाँसका फर्निचर 

ग्रिन ब्याम्बो क्रिएसनका प्रबन्ध निर्देशक प्रणव प्रधानका अनुसार अहिले नेपालीहरू बाँस तथा बेतका फर्निचरप्रति आकर्षित हुनुको कारण यी फर्निचर बलियो हुनु र प्राकृतिक देखिनुका साथै सस्तो हुनु पनि हो । बाँसका फर्निचर विशुद्ध नेपाली उत्पादन हुन् । बाँसका फर्निचर जुनसुकै स्थानमा पनि प्रयोग गर्न सकिन्छ । अहिले बाँँसको सोफासेट, स्टुल, डायनिङ टेबल तथा कुर्सी बढी रुचाइएका छन् । दुईवर्षे वारेन्टीसहित बिक्री भैरहेका यस्ता फर्निचर जाडोमा न्याना तथा गर्मीमा शीतल प्रकृतिका हुन्छन् । ७ सयदेखि ५० हजार रुपैयाँसम्म पर्ने यी फर्निचर सुलभ त छन नै साथै टिकाउ पनि छन् । 

बाँसका फर्निचर बिक्री–वितरण गर्ने आबारी धोबीधाराका निर्देशक तथा डिजाइनर नृपाल अधिकारीका अनुसार बाँसका फर्निचर हल्का हुन्छन् र तिनमा प्राकृतिक लचकता हुन्छ । यिनमा बस्दा थकाइ लाग्दैन भने शीतलता समेत प्राप्त हुन्छ । आबारीमा न्यूनतम ५ सय रुपैयाँदेखिका फर्निचर उपलब्ध छन् । घुन–कीरा नलाग्ने उपचार विधि अपनाइएकाले यस्ता फर्निचर ४० देखि ५० वर्ष टिक्छन् । अहिले होटल, रेस्टुराँ तथा निजी घरहरूमा समेत बाँसका फर्निचरको प्रयोग बढ्दो छ । सोफामा ५ वर्षे तथा अन्यमा ६ महिनादेखि ४ वर्षे वारेन्टी दिइने आबारीका फर्निचर बीचमा मर्मत–सम्भार नगरे पनि हुने खालका भएको दाबी गरिएको छ ।

हिमालयन ब्याम्बोका मार्केटिङ अफिसर कृष्ण अर्यालका अनुसार बाँसद्वारा निर्मित नेपाली कलात्मक शैली र डिजाइनका फर्निचर अमेरिका समेत निर्यात भएको थियो । कृष्ण भन्छन्– यस्ता फर्निचर विदेशीले बढी मन पराउँछन्, किनभने यसलाई ईको फ्रेन्डली प्रोडक्टका रूपमा लिइन्छ । राम्रो तथा टिकाउ हुँदाहुँदै पनि बाँँस मृत्यु संस्कारमा प्रयोग हुने भएका कारणले नेपालीहरू यसको प्रयोगमा अलि हिचकिचाउँछन् । 

रटआइरन फर्निचर

वानटाइम इन्भेस्टमेन्ट र लङलाइफ प्रयोगका रूपमा लिइने फलामका फर्निचरले अहिले मार्केट जमाइरहेका छन् । ठुला हाउजिङ, अपार्टमेन्ट तथा होटल मात्र होइन गार्डेन रेस्टुराँदेखि व्यक्तिगत घरसम्म यस्ता फर्निचरले स्थान पाइरहेका छन् । 

कुपण्डोलस्थित आकर्षणका सञ्चालक सगुन ढुंगानाका अनुसार रटआइरनका फर्निचरमा ग्राहकको रुचि बढिरहेको छ । काठ तथा आइरनको कम्बिनेसनका फर्निचरको फेसनसमेत उत्कर्षमा छ । सोफा, बेड, डायनिङ सेटलगायत बाल्कोनी–स्टेयर तथा डेकोरेटिभ रेलिङको माग बढ्दो छ । सगुन भन्छन्– फिनिसिङ र रंगको गुणस्तरअनुरूप यसको मूल्य निर्धारण हुन्छ । टिकाउपनको कुरै गर्नु पर्दैन यो वान–टाइम इन्भेस्टमेन्ट हो । आज किनेको सामान १० वर्षपछि मेन्टनेन्स गरेर बिक्री गर्दा पनि परल मूल्य प्राप्त गर्न सकिन्छ । सामानमा आउने समस्याको प्रकृति हेरी नि:शुल्कदेखि न्यूनतम मूल्यमा मेन्टेनेन्सको सुविधा प्रदान गरिने सगुन बताउँछन् । 

पाटनस्थित मेटलउडकी म्यानेजर शुभेच्छा जोशी भन्छिन्– फ्रेमिङ मेटल र टपिङस वुड मिश्रित फ्युजन मिनिमल स्टिक फर्निचर बढी चल्तीमा छन् । रेस्टुराँ, डिप्लोम्याट्स रेसिडेन्स, अफिस, फ्यामिली गार्डेन रेस्टुराँ आदिमा यस्ता फर्निचर बढी प्रयोग भैरहेका छन् । मेटलउडमा फलाम तथा काठ मिश्रित आकर्षक डिजाइन एवं शैलीका फर्निचर उपलब्ध छन् । 

पोदरेज स्टिल एण्ड आइरनका सञ्चालक प्रमोद गौतमले स्टिल–आइरन फर्निचरको गुण भनेकै कहिल्यै ननासिनु भएको बताए । गौतम भन्छन्– जस्तोसुकै विपदमा पनि यो नासिएर जाँदैन । यसलाई अजम्बरी सरह नै मान्दा हुन्छ, न कीराले खान्छ, न भँंचिएर–पसांगिएर जान्छ, यही कारणले मानिसहरू रट आइरन फर्निचरप्रति आकर्षित छन् । 

रट आइरन फर्निचरको प्रयोग 

सञ्जिता रिजाल

आइरन फर्निचरलाई हामीकहाँ विशेषत: आउटडोर फर्निचरका रूपमा लिइन्छ । विदेशतिर बेडरुमदेखि किचन, डायनिङ तथा लिभिङमा यस्ता फर्निचर चित्ताकर्षक ढंगले प्रयोग गरिएको पाइन्छ । अब बिस्तारै नेपालीहरू पनि रटआइरन फर्निचरप्रति आकर्षित भैरहेका छन् । अहिले त यो फर्निचर घरबाहिरको बगैंचामा मात्र होइन, किचन–डायनिङ हुँदै बेडरुमसम्मै पुगिसकेको छ । घरका साना–ठूला कर्नर स्पेसमा रटआइरन फर्निचर प्रयोग हुन थालेका छन् । आइरन–वुड फ्युजन बेडहरू अत्यन्तै क्लासी देखिन्छन् । रटआइरनका सोफासेट तथा डायनिङ मात्र होइन देवानदेखि स्टडी टेबलसम्म प्रयोगमा आइसकेका छन् । 

बाँसको फर्निचरको सुरक्षा कसरी गर्ने ?

    बाँसको फर्निचरलाई सकेसम्म पानीबाट जोगाउनुपर्छ ।

    हरेक महिना फर्निचरमा तेल लगाउँदा यसमा चमक आउनुका साथै बलियो हुँदै जान्छ ।

    साबुन पानीमा स्पन्ज वा टाबल डुबाएर हल्का सुक्खा पारी सफा गरिरहनुपर्छ । त्यसअघि ब्याम्बो फर्निचरको धूलो झार्न ब्रस वा भ्याकुम गर्न बिर्सनु हुँदैन् ।

    लिक्विड सप वा साबुन पानीले सफा गरिसकेपछि सुक्खा कपडाले राम्रोसँग पुछ्नुपर्छ । 

    चिल्लो वा तातो पदार्थ पोखिएको छ भने तुरुन्तै सफा गरिहाल्नुपर्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik