• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
जीवनमा खुुसी भर्ने कला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. नम्रता पाण्डे

जीवनमा खुुसी भर्ने कला
आश्विन १७, २०७६

नेपाली पात्रो र तिथिअनुसार यो वर्षको दसैं असोज महिनामा परेको छ भने अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र विश्व हात धुने दिवस पनि असोज महिनामै पर्ने रहेछन् । हिन्दू धर्मावलम्बीहरूको प्रथम ठूलो पर्व मानिने दसैं, यसको रौनक एवं महत्वसँगै महिलाहरूको भूमिका, सक्रिय सहभागिता र अझ विशेषगरी नवरथाभरि आराधना गरिने नवदुर्गा अर्थात् नारीशक्तिको महत्वलाई हेर्‍यौं भने अस्तित्वगत रूपमा महिलाको स्थान छर्लङ्ग हुन्छ । 

पर्व सुरु हुनासाथ प्रत्येकको मनमा एउटा तरङ्ग उत्पन्न हुन्छ, उत्साह थपिन्छ र शारीरिक, मानसिक एवं भावनात्मक रूपमै एक किसिमको हर्षोल्लास सिर्जना हुन्छ । यसको अर्थ पर्वले हाम्रो जीवनमा खुसी थप्ने काम गर्छन् । यद्यपि सबैको हकमा, सधै खुसी नै ल्याएको छ कि नजानिँदो तरिकाले बन्धन, थप आर्थिक भार र शारीरिक एवं मनोवैज्ञानिक असर गरेको छ भन्ने कुरा हामी कसरी पर्व मनाउँछौ भन्ने कुराका आधारमा तय हुन्छ । 

अझ खुलेर भन्नुपर्दा सहरमा बस्नेहरूका लागि दसैं उत्सव बनेको होला तर ग्रामीण भेगमा बस्नेहरूका लागि दशा पनि हुन सक्छ । ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भन्ने स्थिति कयौं परिवारमा अझै पनि कायमै छ र यसले महिलाहरूलाई नजानिँदो तरिकाले तनाव दिएको हुन्छ । एकातिर पर्व र उत्सवको माहोल हुन्छ भने अर्कातिर भित्तेपात्रोमा अंकित भएझैं हाम्रा ग्रामीण जनतालाई हात धुन सिकाउनुपर्ने अवस्था यथावत् छ । हात धुने र सरसफाइ अनि सामान्य स्वास्थ्यका बारेमा आवश्यक जानकारीबाट समेत हाम्रा आमजनता वञ्चित छन् । 

हामीले वैदेशिक दातृनिकाय एवं गैरसरकारी संस्थालाई जति नै नकारात्मक रूपमा लिए पनि तिनै आयोजनाले ग्रामीण क्षेत्रमा गएर हात धुने, चर्पी बनाउने, स्कुल बनाइदिने, बालविवाह, छुवाछूत तथा छाउपडीको अन्त्य एवं महिला सशक्तीकरणका कार्यक्रमलाई अघि बढाउँदै आएको तथ्यांक उदाहरणीय रूपमा हाम्रो सामु छ । सहरको तथ्यांक र विकासको उदाहरणले मात्र ग्रामीण क्षेत्रका जनता र विशेषगरी लैंगिक विभेदका कारण पछाडि परेका महिलाहरूलाई न्याय हुने छैन । 

नेपाली समाजमा दसैं विशेषगरी खाने अनि ख्वाउने पर्वका रूपमा चिनिन्छ । त्यसमा पनि मासुको प्रयोग बढी हुन्छ । नवदुर्गा शक्तिकी स्वरूप भनेर जसरी धर्मको मान्यता छ, त्यसैगरी शरीरको पनि आफ्नै धर्म छ । शरीरलाई काम गर्न पनि शक्ति चाहिन्छ तर धेरै खाएर, मासु मात्र खाएर वा जे पनि खाएर शरीरमा शक्ति आउँदैन । के खाने, के नखाने, कति खाने, कहिले खाने यसको आफ्नै अनुशासन र नियम छ भन्ने कुरा जान्नु शरीरको धर्म थाहा पाउनु हो । मानिसको शरीरको बनोट, प्रकृति, स्वभाव एवं पाचनप्रणाली मासुका लागि बनेको होइन । मानिस किन बिरामी हुन्छ ? किन असहजताको अनुभूति गर्छ ? किनभने उसको खानपान शरीर सुहाउँदो हुँदैन । प्रेम, हार्दिकता, प्राकृतिक रूपमा तयार भएको र अपनत्वले बनेको भोजन ग्रहण गर्न पाएन भने, स्वच्छ र प्रेमपूर्ण वातावरण पाएन भने मानिस बिरामी पर्छ । 

अनेक किसिमका भाइरल र कडा रोग लाग्नुको मुख्य कारण खानपान र वातावरण नै हो । किनभने खानपान र वातावरणले मानिसको मनस्थितिमा सीधै असर गर्छ । मनस्थिति शान्त र स्वस्थ भएन भने कोही पनि प्रसन्न रहन सक्दैनन् । मनस्थिति शान्त नभएपछि क्रोध बढ्छ, तनाव उत्पन्न हुन्छ र विचारहरू नकारात्मक हुन थाल्छन् । हात धुने सिकाइ होस् वा खानपानको कला, यसले स्वास्थ्य र महिलाको भूमिकालाई संकेत गर्न खोजेको छ । महिला सशक्तीकरण भनेकै महिलालाई दिइने ज्ञान, महिलाले लिने ज्ञान, स्वतन्त्रता, स्वास्थ्य, परिवार सबै पक्षसँग जोडिएर आएको हुन्छ । 

दसैंको मर्म र महत्व ग्रामीण महिलाले थाहा पाएका छन् कि छैनन् ? समाजले महिलाहरूप्रति अनेकौं विभेद गरे पनि हिन्दू संस्कृतिले उच्च स्थानमा राखेको छ । महिलालाई हिन्दू संस्कारले जति अरू कुनै संस्कारले सम्मान गरेको पाइँदैन । पुरातनवादी सोचले महिलाहरू विभेदमा परेका हुन् । हिन्दू धर्मशास्त्रमा महिलालाई शक्तिकी देवी दुर्गा, धनकी देवी लक्ष्मी तथा विद्याकी देवी सरस्वती मानिएको छ । महिला शक्ति, धन र विद्या सबैकी प्रतीकात्मक स्वरूप हुन् । यी सबै कुरा महिलाबाटै प्राप्त हुन्छ । पहिलो ज्ञान महिलाबाट प्राप्त हुन्छ । महिला प्रकृति हुन्, जुन निरन्तर चलायमान छिन्, परिवर्तनशील छिन् । पुरुषहरू स्थिर हुन्छन् । स्थिर जातिलाई ज्ञान, सम्पत्ति, विद्या सबै कुरा प्रकृतिबाट प्राप्त हुन्छ । संस्कारले नै महिलालाई दिने र पुरुषलाई लिने बनाएको छ । 

पर्व र महिला भन्नासाथ महिलाको भान्सामा कस्तो खाना बन्छ त्यसअनुसार त्यो परिवारको स्वास्थ्य एवं मनस्थिति निर्धारण हुन्छ । अत्यधिक मासु, मैदाबाट निर्मित भोजन तथा तैलीय एवं मसलाजन्य खानेकुराले स्वास्थ्यलाई क्षति नै पुर्‍याउँछ । मनोभाव सुन्दर बनाउन मनुष्योचित भोजन नै गर्नुपर्छ । मौसमअनुसारका तरकारी, फलफूलजस्ता प्राकृतिक आहारको सेवनले नै जीवनमा ऊर्जा प्राप्त हुन्छ ।

सुख, शान्ति र आनन्द भित्रबाट प्रस्फुटन हुन्छन् भन्ने कुरा सबैलाई थाहै छ र त्यसका लागि स्वस्थ खानपान पहिलो प्राथमिकतामा पर्छ । पर्व, संस्कार, महिला र स्वास्थ्यको कुरा गर्दा यी विविध आयामलाई छुटाउनु हुँदैन । यस्ता जीवनोपयोगी ज्ञान ग्रामीण महिलाहरूबीच पनि बाँड्न सकियो भने उनीहरूको जीवनशैलीमै परिवर्तन आउनेछ । जीवनशैली स्वस्थ राख्ने चेतनामूलक ज्ञान फैलन सकेको खण्डमा मात्र जीवनलाई खुसीका साथ हेर्ने कला प्राप्त हुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik