• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
साहसी मान्यता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशकुमार पौडेल

साहसी मान्यता
आश्विन २०, २०७६

चिकित्सा शिक्षाका लागि कलेजले लिन पाउने शुल्कको सीमा सरकारले नै निर्धारण गरेको छ । निजी मेडिकल कलेजहरूले यो सीमा स्वीकार नगरी थप शुल्क लिँदै आएका छन् । यस्तो अतिरिक्त शुल्कविरुद्ध भरतपुरस्थित चितवन मेडिकल कलेजका विद्यार्थीले भदौको दोस्रो साता आन्दोलन सुरु गरे । आन्दोलनको रापकै कारण कलेज सञ्चालकहरूले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको कुरा स्वीकार गरे । चितवन जिल्ला प्रशासनमा भएको वार्तामा कलेज सञ्चालकहरूले कात्तिक १८ गते भित्र अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति गरेका छन् ।

चितवन मेडिकल कलेजमा भएको आन्दोलनमा चर्चाको केन्द्रमा रहिन्—मान्यता थापा । भरतपुर महानगरपालिका–९, शरदपुर घर भएकी मान्यता चितवन मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षकी विद्यार्थी हुन् । चिरिञ्जिवी थापा तथा मनु खड्का थापाका दुई सन्तानमध्ये जेठी मान्यता वि.सं. २०५४ को वैशाख ६ गते जन्मिएकी हुन् । 

सानैदेखि औषधि र उपचार विधिसम्बन्धी विषयकी जिज्ञांसु मान्यता एमबीबीएसको कक्षामा बस्न पाएको दिन निकै गौरवपूर्ण लागेको बताउँछिन् । यद्यपि त्यसमा खुसी मात्र हुनुपर्ने अवस्था थिएन । मुख्य कुरा, मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बढी पैसा असुलिरहेका थिए । त्यस्तो व्यवहार देखेपछि अन्यास सहनु हुँदैन भन्ने दृष्टिकोण बोकेकी मान्यताको मनमा कम्पन्न हुन थाल्यो, मान्यताको मनमा अन्यायविरुद्ध जाग्ने अठोट पलायो ।

उनी कलेज भर्ना भएकै वर्ष डा. गोविन्द केसीको सत्याग्रह उत्कर्षमा थियो । डा. केसी मेडिकल शिक्षामा माफियाकरण हावी भयो भन्दै अनशनमा थिए । डा. केसीसँग सहमति गरेर सरकारले मेडिकल शिक्षामा थिति बसाउन खोज्यो । शुल्क र मापदण्डका विषयहरू निर्धारण भए, तर कलेजमा ती कुरा लागू भएनन् । मान्यतालाई लाग्यो कलेजमा माफियाको मनोबल यथावत् नै रहेछ । सरकारले निर्धारण गरेको भन्दा ६ लाख अतिरिक्त शुल्क लिने र समयमा नतिरे २ लाख रुपैयाँ ब्याज जोडेर लिने प्रवृत्ति देखेपछि उनले सहनै सकिनन् ।

उनीसँग पनि तोकिएको भन्दा पाँच लाख रुपैयाँ बढी शुल्क लिइयो । किन यसरी अतिरिक्त शुल्क लिएको भनेर सोध्दा अभिभावकलाई फोन गरेर तनाव दिन थालियो । विद्यार्थीले आन्दोलन नगरेका होइनन्, तर जहिल्यै कलेज प्रशासन हावी भयो । यो वर्ष उनीहरूले अलि फरक गर्न खोजे चिकित्सा शिक्षा संघर्ष समिति बनाएर देशभरि आन्दोलनको वातावरण तयार गर्न खोजे । भदौ ११ मा गठन भएको संघर्ष समितिमा मान्यता सदस्य थिइन् । 

मान्यता त्यसअघि कुनै राजनैतिक वा सामाजिक अभियानसँग कहिल्यै जोडिएकी थिइनन्, तर मेडिकल शिक्षामा भएको माफियाकरणका कारण उनी राम्रो पढ्ने व्यक्ति मात्र बन्न खोजिनन् नबुझेका साथीहरूलाई कुरा बुझाएर आन्दोलनमा समेट्ने, बुझेका अग्रज साथीहरूको अभियानलाई व्यवस्थित गराउने जिम्मेवारी सम्हालिन्, तर मेडिकल सञ्चालकहरू जसलाई मान्यता माफिया नै भनेर सम्बोधन गर्छिन् कमका थिएनन् ।

विद्यार्थीले आन्दोलन चलाएको लामो समय भए पनि न स्थानीय प्रशासन न केन्द्रीय निकाय कसैले उनीहरूको आवाज सुनेनन् । चितवन मेडिकल कलेजविरुद्ध विद्यार्थीहरूले भदौ १५ गतेदेखि सडक संघर्ष नै सुरु गरे । भदौ २६ मा पुलिसले आन्दोलनरत विद्यार्थीहरूलाई गिरफ्तार गर्‍यो । मान्यता पनि १२ घण्टा प्रहरीको हिरासतमा बसिन् । यसले आन्दोलनकारीहरूलाई अझ सशक्त हुन अभिप्रेरित गरेको मान्यताले बताइन् । मान्यता खुलेरै कलेज सञ्चालकको गलत क्रियाकलापविरुद्ध बोल्न थालिन् । निरन्तर आन्दोलनको प्रभावकै कारण असोज ४ मा कलेज सञ्चालकहरू विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न बाध्य भए । पछिल्लो पुस्ताले केही गर्दैन अन्याय पनि चुपचाप सहन्छ भन्ने मत बलियो भैरहेका बेला मान्यताले युवा पुस्ता अन्यायविरुद्ध जागरुक छ भन्ने नमुना प्रस्तुत गरिन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik