• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
दीपावलीको आ–आफ्नै चलन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

दीपावलीको आ–आफ्नै चलन
कार्तिक ९, २०७६

तिहार हिन्दूहरूको दोस्रो महान् चाड हो । यसलाई उज्यालोको पर्वका रूपमा लिइन्छ । यमपञ्चकका पाँच दिनमध्ये लक्ष्मीपूजाका दिन विशेष उल्लास छाउँछ । गोवद्र्धन पूजा र भाइटीका हिन्दूहरूका लागि विशेष मानिन्छन् । रंग, फूलमाला, मिठाई, उज्यालो तथा पूजाआजाबीच रमझमका साथ तिहार मनाइन्छ । विदेशमा भएका नेपालीहरूमात्र नभै भारत, बंगलादेश, म्यानमार, बेलायत, अमेरिका, चीन, मलेसिया,

कोरिया आदि देशमा हिन्दू तथा गैरहिन्दूहरूले दीपावलीलाई विशेष महत्वका साथ मनाउँछन् । यद्यपि दीपावली मनाउने तौरतरिका भने भिन्न छन् । कतिपय देशमा कुलदेवताको पूजा गरी नयाँ वर्षको स्वागत स्वरुप दीपावली गर्ने चलन छ ।

भारत

तिहारका अवसरमा गरिने दीपावलीलाई भारतमा चल्तीको भाषामा दिवाली भनिन्छ । यो अवसरमा भारतका विभिन्न ठाउँमा मेला लाग्छ । बजार तथा ठूला सहरहरूमा आतिसबाजी गरिन्छ । दीपावलीको दुई दिनअघि अर्थात त्रयोदशीका दिन धनतेरस मनाइन्छ । धनतेरसमा नयाँ भाँडाहरू किन्नु शुभ मानिन्छ । दीपावलीका बेला विभिन्न थरीका मिठाई तयार गरिनुका साथै गणेश तथा लक्ष्मीको पूजा गरिन्छ । मानिसहरू आफन्त, साथीभाइका घर गएर मिठाई एवं उपहारहरू घुमघामका साथ आदान–प्रदान गर्छन् । दियो–बत्ती, आतिसबाजीले भारतका गाउँसहर औंसीको रातमा उज्यालो हुन्छ । यतिबेला पवित्रताको प्रतीक रंगोली कोरेर तथा बत्ती बालेर घर उज्यालो बनाइन्छ । लक्ष्मीपूजाका दिन बनाइने रंगोलीले घरमा सुख–शान्ति तथा समृद्धि भित्र्याउने विश्वास गरिन्छ । 

चीन

बौद्ध, ताउ, कन्फ्युसियस धर्मको बाहुल्यता रहेको चीनमा हिन्दूहरूको पनि राम्रै प्रभाव छ । चीनमा दीपावलीलाई ‘नेइ महुआ’ भनिन्छ । त्यहाँ बसोबास गर्ने हिन्दूहरूले आफ्नै तरिकाले तिहार मनाउँछन् र दीपावली गर्छन् । दीपावलीको दोस्रो दिनदेखि चीनमा नयाँ संवत सुरु हुने भएकाले गैरहिन्दूहरूले भने अलिक भिन्न रूपले दीपावली गर्छन् । त्यहाँ दीपावलीलाई प्रकाश पर्वका रुपमा पनि लिइन्छ । व्यापारीहरूले हिसाबकिताबको नयाँ खाता खोल्दै धूमधामका साथ यो पर्व मनाउँछन् । यतिबेला घरको मूल ढोकाका दुवैतर्फ मानव आकृतिका कागज टाँगिन्छ भने त्यहाँ रंगीविरंगी प्रकाश छर्ने लाल्टिन पनि राखिन्छ अनि मीठा–मीठा परिकार बनाएर यो उत्सव मनाइन्छ । 

जर्मनी

क्रिस्चियन धर्मावलम्बीहरूको बाहुल्यता रहेको जर्मनीमा पनि दीपावाली गर्ने चलन छ । त्यहाँ एक–अर्काको सु–स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै दीपावली मनाइन्छ भने गिर्जाघरहरू झिलिमिली पारेर सजाइन्छ । जर्मनीमा ऋतु परिवर्तनका कारण लाग्ने रोगहरूबाट छुट्कारा प्राप्त गर्न धूमधामका साथ आतिसबाजी तथा दीपावली गर्ने परम्परा छ । 

मलेसिया

मलेसियामा दुष्टका विरुद्ध सज्जनले विजय प्राप्त गरेको उपलक्ष्यमा दीपावली गर्ने चलन छ । ‘हरि दीपावली’ भनिने यो उत्सवमा रावणविरुद्ध रामले विजय प्राप्त गरेको मानिन्छ । करिब १८ प्रतिशत हिन्दूको बसोबास भएको मलेसियामा फूल तथा तेलको दियोले घर सिंगारिन्छ । तिहार वा दीपावलीका बेला यहाँ रमाइलो मेला, सांगीतिक कार्यक्रम एवं आकर्षक खेलहरू पनि आयोजना गरिन्छ । 

म्यानमार र थाइल्यान्ड

म्यानमारमा गौतम बुद्ध अवतरण भएको अवसर पारेर दीपावली तथा आतिसबाजी गर्ने चलन छ । यो दिन बौद्ध मठहरूमा पूजाअर्चना गरिन्छ भने घर–घरमा रंगीविरंगी बत्ती बालेर सजाउँदै तथा खुसीयाली मनाइन्छ । थाइल्यान्डमा भने अनिश्चितताबीच जीवनलाई निरन्तरता दिने विश्वासका साथ केराले बनेको दियोमा मैनबत्ती, सिक्का एवं धूप राखेर दीपावली गर्ने चलन छ । थाइल्यान्डमा शिख, जैन, बौद्ध तथा हिन्दू परम्पराअनुरूप दीपावली गरिन्छ । 

बेलायत

बेलायतमा भारतीय तथा नेपाली हिन्दूहरूको बसोबास भएकाले तिहार मनाउँदै भव्य दीपावली गर्ने चलन छ । त्यहाँ लक्ष्मीको मन्दिरमा गएर पूजाआजा गरिन्छ । बेलायती प्रधानमन्त्रीले दीपावलीमा शुभकामना समेत दिन थालेका छन् । दीपावलीका अवसरमा मानिसहरूले आफ्नो घरलाई दीप तथा मैनबत्तीले सजाउँछन् । यस क्रममा लक्ष्मीको प्रसादका रूपमा मिठाई वितरण गरिन्छ । बेलायतमा भएका गोर्खा पल्टनमा पनि दीपावलीको रौनक छाउँछ ।

अमेरिका

हिन्दूहरूको बसोबास रहेको मुलुकमा अमेरिका पनि अग्रपंक्तिमा छ । भारत, भुटान, बंगलादेश, नेपाल आदि देशबाट अमेरिका पुगेका हिन्दूहरूले तिहार तथा दीपावली भव्य रुपले मनाउँछन् । सन २००३ मा ह्वाइट हाउसमा पहिलो पटक दीपावली मनाइएको थियो । अमेरिकी कंग्रेसमा पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले दीपावलीलाई आधिकारिकता प्रदान गरेका थिए । सन् २००९ मा तत्कालीन राष्ट्रपति बराक ओबामा पनि दीपावलीमा रमाएका थिए । २०११ मा पनि अमेरिकामा भव्य दीपावलीको आयोजना गरिएको थियो । अमेरिकाका थुप्रै सहरमा हिन्दू परम्पराअनुसार दीपावली गर्ने चलन छ । 

सिंगापुर तथा इन्डोनेसिया

सिंगापुर र इन्डोनेसियामा पनि हिन्दूहरूको बाक्लो बसोबास छ । त्यहाँ स्थायी रुपमा बसोबास गरिरहेका हिन्दू तमिलहरूले धूमधामसँग दीपावलीको आयोजना गर्छन् । सिंगापुरमा सार्वजनिक बिदा नै दिने चलन छ । सिंगापुर प्रहरीमा भएका हिन्दूहरूले विशेष कार्यक्रमहरूको आयोजना गर्छन् । त्यहाँ दीपावलीलाई उत्सवकै रूपमा मनाइन्छ । इन्डोनेसियामा पनि हिन्दूहरूको बसोबास भएकाले धूमधामसँग दीपावली गरिन्छ । त्यहाँ बिहान तेलले स्नान गरेर नयाँ लुगा लगाउने, उपहार आदान–प्रदान एवं मन्दिरमा गएर पूजा गर्ने चलन छ । 

अस्ट्रेलिया

अस्ट्रेलियाका विभिन्न सहरमा भारतीय तथा नेपाली मुलका मानिसहरूको बसोबास भएकाले दीपावलीमा बेग्लै उत्साह हुन्छ । सन् २००६ मा मेलबर्नको फेडरेसन स्क्वायरमा भव्य रूपमा सामूहिक दीपावली आयोजना गरिएपछि अस्ट्रेलियाका अन्य सहरमा पनि दीपावली मनाउन थालिएको छ । यो अवसरमा नेपालीहरूका विभिन्न संघ–संस्थाले अलग्गै रूपमा दीपावलीको आयोजना गर्छन् । एक सातासम्म चल्ने दीपावलीको रौनकमा व्यापारिक भवनहरूलाई सजाएर झिलिमिली पारिन्छ । विशेष गरी भारतीय मूलका हिन्दूहरूले सामूहिक दीपावलीको आयोजना गर्छन् । 

श्रीलंका

श्रीलंकामा तमिलहरूले विशेष रूपमा दीपावली मनाउँछन् । त्यहाँ तेलले स्नान गर्ने, मिठाई वितरण गर्ने साथै मन्दिरमा गएर पूजा गर्ने चलन छ । यस क्रममा रातभर घर–आँगन झिलिमिली राखिन्छ । पावलीका अवसरमा विभिन्न खेल, आतिसबाजी, गायन, नृत्य संगीत, भोज आदिको आयोजना गरिन्छ । श्रीलंकाका हिन्दूहरूले पनि तेलको दियो बालेर धनकी लक्ष्मी देवीको आराधना गर्छन् । 

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik