• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
प्रेम र संस्कृतिको प्रतीक तिहार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. नम्रता पाण्डे

प्रेम र संस्कृतिको प्रतीक तिहार
कार्तिक १०, २०७६

 

कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ती छ भने त्यसको कारण हो उक्त घरमा दाजुभाइ एवं दिदीबहिनीको सम्बन्ध सुमधुर र प्रेमिल छ । जुन घरमा पारिवारिक प्रेम,आत्मियता र सहयोगी भावना छैन त्यो घरमा दरिद्रता, गुनासो र अशान्ति बाहेक केहि हुँदैन । सम्पत्ति, सम्मान, पद र समृद्धि त्यतिबेला झल्किन्छ जतिबेला दाजुभाइ, दिदीबहिनीको प्रेम बाआमाले महसुस गर्न पाउनुहुन्छ र उहाँहरुको आँखाबाट हर्षका आँसु वर्षन्छन् अनि चाउरिएका अनुहारबाट मिठो हाँसो फुत्कन्छ ।

आफूलाई चीन, आफू भित्रको प्रेमलाई चीन, आफ्नो संस्कृतिलाई चीन र भाइचारा अनि दिदीबहिनीको प्रेमलाई अमर बनाऊ भन्ने सन्देश लिएर प्रत्येक वर्ष आउने तिहारले मखमली फूल झैं दीर्घकालीन र अमर सम्बन्धलाई अरू फक्रिने अवसर प्रदान गर्छ । हृदयमा गडेर रहेको प्रेमलाई सप्तरंगी टीका तथा मखमली मालाले दाजुभाइलाई सिंगार्ने दुबो र तेल कहिल्यै नसुक्ने र कहिल्यै नओइलाउने प्रेम भावको प्रस्तुति हो– तिहार । प्रसन्नता, प्रफुल्लता, आनन्द र शान्तिको छनक दिलाउने शान्ति एवं आनन्द प्रेम र सुमधुर सम्बन्धमा छ र यो चाह्यो भने वर्षैभरि प्राप्त गर्न सकिन्छ भनेर स्मरण गराउने पर्व हो– तिहार । दिदीबहिनी एवं दाजुभाइको बालापनको सम्झना, देउसीभैलो खेलेर, जितेर, खोसेर, लडेर, खेलेर, रमाएर बिताएका क्षणहरूलाई ताजगी प्रदान गर्ने तथा उमेरले खुसी र सम्बन्धलाई छेक्दैन भन्ने आभाष दिलाउने पर्व हो– तिहार । जहाँ प्रेम छ त्यहाँ खुसी छ र जहाँ खुसी छ त्यहाँ जीवन्तता छ, जिउनुको मज्जा छ भन्ने सन्देश दिने पर्व हो– तिहार । 

कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ति छ भने त्यसको कारण हो, उक्त घरमा दाजुभाइ एवं दिदीबहिनीको सम्बन्ध सुमधुर र प्रेमिल छ । जुन घरमा पारिवारिक प्रेम,आत्मियता र सहयोगी भावना छैन, त्यो घरमा दरिद्रता, गुनासो र अशान्ति बाहेक केहि हुँदैन । सम्पत्ति, सम्मान, पद र समृद्धि त्यतिबेला झल्किन्छ जतिबेला दाजुभाइ, दिदीबहिनीको प्रेम बाआमाले महसुस गर्न पाउनुहुन्छ र उहाँहरुको आँखाबाट हर्षका आँसु वर्षन्छन् अनि चाउरिएका अनुहारबाट मिठो हाँसो फुत्कन्छ ।

प्रत्येक पर्व अस्तित्वगत, प्रकृतिगत एवं मानव जीवनमा व्यवहारिक रूपमा वैज्ञानिकता बोकेर आउँछन् किनभने जीवन अस्तित्वको सृष्टि हो र सृष्टिको स्रोत प्रेम हो । संसारको आपाधापीमा हामी यी महत्वपूर्ण कुराहरूलाई बिर्सिरहेका हुन्छौं । त्यसैले हरेक पर्वले हामीलाई स्व–स्मरणमा पुर्‍याउँछन् । यो संसारमा हुनु र जिउनुको पछाडि धन, सम्पत्ति र सम्पन्नताले मात्र भूमिका खेल्दैन त्यसको मूल स्रोत के हो त्यसलाई हामीले बिर्सनु हुँदैन । पारिवारिक प्रेम, श्रद्धा र सुमधुर सम्बन्ध नै सबै सृष्टिको स्रोत एवं आधार हो । तिहार त्यस्तै प्रेम, सम्बन्ध, संस्कार र आस्था प्रकट गर्ने एउटा प्रतीक हो । जसले हामीलाई द्वन्द्व र भ्रमबाट आनन्द एवं खुसीतर्फको यात्रा गराउँछ । 

दीपावली र बत्तीको झिलिमिली केवल कपासको बत्ती र तेलको मिश्रणबाट आउने उज्यालो मात्र होइन हामी भित्रको अन्धकाररूपी रिपुहरूलाई जलाएर ध्यान, प्रेम, शान्ति एवं आनन्दको प्रकाश छरौं भन्ने सन्देश पनि हो । बाहिरको झिलिमिलीले मात्र आन्तरिक प्रकाश जागृत हुँदैन । क्रोध, हिंसा, घृणा, लोभ, मोह, इष्र्या, द्वेष, कामना जस्ता अन्धकाररूपी रिपुहरुले जीवनलाई अधोगतितिर लगिरहेका हुन्छन् । भित्रको प्रकाशरूपी उज्यालो अर्थात् प्रेमरूपी, आनन्दरूपी, खुसीरूपी प्रकाश फैलिन भित्रकै अन्धकार तिरोहित गर्न सक्नुपर्छ ।  

हामी जति सम्पन्न र शक्तिशाली भए पनि आफ्नो परिवार, प्रेम, संस्कृति एवं पर्वबाट टाढा भयौं भने धेरै कुराबाट पश्चातापमा पर्छौं । भाइहरुलाई लगाइदिने सप्तरंगी टीकाको रंग वर्षमा एकपटक प्रदान गर्ने निधारको आकर्षण मात्र होइन, सधैं प्रेम, करुणा, प्रसन्नता, प्रफुल्लता, परोपकार, मानवीयता, इमान्दारिता जस्ता सप्तरंगी गुणहरुले भरिपूर्ण हुन सकुन् भन्ने दिदीबहिनीको आशीर्वाद पनि हो । यमपन्चक भरी गरिने सजावट र सरसफाई बाहिरी सफाईको मात्र संदेश होइन आफू भित्रका अवगुणहरूलाई समाप्त गरेर सद्गुणमा बाँच्ने संकल्प गर्नु पनि हो । बाहिरको फोहोर भन्दा अदृश्य रूपमा दुर्गन्धित भएर बसेको मन भित्रको फोहोर बढी हानिकारक हुन्छ । त्यसैले इष्र्या, घृणा, लोभ, कामना, मोह, हिंसात्मक भावना, बेहोसी, वैरभाव, तनाव, आलस्यता, अपूर्णताको भाव जस्ता दुर्गन्धहरू हटाउनु जरूरी हुन्छ ।

हाम्रा कर्म, सम्बन्ध, संस्कृति तथा पहिचानले हामीलाई हौसला, प्रफुल्लता एवं जीवनको महत्वलाई सकारात्मक रूपमा लिन मद्दत गर्छन् । दिदीबहिनी एवं दाजुभाइको प्रेम तथा सम्बन्धले सबैमा अपनत्वको भावना जागृत गर्छ, सकारात्मक सन्देश प्रदान गर्छ । यस्तै प्रेमभावको सम्बन्ध र संदेशले आत्मसन्तुष्टि र आत्मसम्मान प्राप्त भएको अनुभूति हुन्छ । 

हामी जे आर्जन गर्छौं त्यही उपभोग पनि गर्छौंं, जे संग्रह गर्छाैं बेला मौकामा तिनै सम्पदाले काम गर्छन् । त्यसैले के आर्जन गर्ने हामी आफैंमा भर पर्छ । प्रेम, करुणा, सद्भाव, ध्यान, साधना र मधुरताले ह्ृदयलाई झंकृत गरिदिन्छ र हामीलाई आफ्नो कर्म र सम्बन्धप्रति सजग हुन मद्दत पुर्‍याउँछ । सकारात्मक र प्रेमपूर्ण व्यवहारले कसैलाई पछुतोमा लादैन तर हाम्रो नकारात्मक भाव र सम्बन्धले पछुतोमा लगिरहेको हुन्छ ।

दुर्गुणरूपी अन्धकार मानिसको स्वभाव हुँदै होइन । सद्गुणको अभाव नै जीवनमा झेल्नुपर्ने अभाव र दुर्गुणको कारण तथा परिणाम हो । तिहार जस्तो पर्वमा संस्कार, संस्कृति, अनुशासन, मानवीयता, जागरुकता र पूर्णताको अनुभूति मिल्छ किनभने उत्सवको वातावरणमा हामी सबै रिपुहरू र अन्धकारबाट टाढा रहन्र्छाैं अनि स्वयंमा स्थिर हुन्छौं । जब हामी स्वयंमा स्थिर हुन पुग्छौं, तब हामी मस्तिस्कबाट चल्दैनौं, आन्तरिक प्रेरणाबाट प्रवाहित हुन्छौं । 

बाहिर समस्या मात्र छन् भने आन्तरिक प्रेरणाले समाधानको उपाय पनि बताइरहेको हुन्छ । मौनता, तिहारले अखण्डित र पुनर्मिलनको अर्को सन्देश पनि दिइरहेको हुन्छ । दीपावली र भाइटीकाले जगाउन खोजेको आफूभित्रको प्रकाश, आपसी सहयोग, भाइचारा, स्वाभिमान र सम्मान जस्ता चिन्तनले भौतिक विकासको मात्र प्रतिनिधित्व गर्ने होइनन् यसले आफ्नो उद्देश्य, कार्यकुशलता, आत्मविश्लेषण, होस र बोधलाई समेत समेटेको हुन्छ । 

वर्षमा ५ दिन मनाइने तिहारले  ५ दिन मात्र खुसी रहने सन्देश दिँदैन । तिहारको उमङ्गले अरु बढी जागरुकता, उत्साह र उत्प्रेरणा मिलोस्, अनि बाँकी ३६० दिन पनि त्योहार (तिहार) बनोस् बन्ने सन्देश दिन्छ । ५ दिन घर सफा र उज्यालो बनाएर मात्र होइन, वर्षैभरी घरमा प्रेमको, होसको, सद्भावनाको र ध्यानको दीप बल्न सक्यो भने हाम्रो उद्देश्य पूरा हुनेछ । पर्वको उमङ्गले ल्याउने इष्र्या रहित, घृणा रहित सद्भावलाई सभ्य, सु–संस्कृत, मर्यार्िदत र प्रेमील भएर आफ्नो आन्तरिक प्रतिभा र सम्पदा उजागर गरी कल्याणकारी कार्यमा लाग्ने प्रेरणा जागृत भए जीवन सधैं उत्सवमय हुन्छ ।

तिहार स्वच्छ र सफा मौसम, फूलैफूलको मौसम, खुसी र रमाइलो वातावरण तथा सद्भाव र मित्रताका कारण अरू समयमा पनि यी गुणहरू कायम रहुन् भन्ने पुनस्मरणको अवसर हो । पाखाभरी गाइतिहारे फुल्ने, खेतका डिलभरी सयपत्री फक्रिने र गह्राका कुनाभरि मखमली फुल्ने मौसम तिहारमा सबैको मनमा हर्षोल्लास छाएको हुन्छ । देउसीभैलोको माध्यमबाट साथीभाइको रमाइलो र लोक संगीत अनि, घर छेउको चौरमा हालिएको रोटे पिंग र लिंगे पिंग, औंसीको रातमा पनि बत्तीको झिलिमिलीले प्रदान गर्ने प्रकाशमय वातावरण सबै जीवलाई सकारात्मक र हर्सोल्लासकासाथ बाँच्न प्रेरित गर्ने माध्यम हुन् । 

तिहारको सेल पकाउन आमाको सामग्रीको जोहो र हतार कति प्रेमपूर्ण हुन्छ ? सेल पकाउँदै जाँदा जति–जति सेल बिग्रिन्छ, त्यति त्यति खान पाइने रमाइलो हाम्रा लागि भने टीकाको उपहारमा राम्रो सेल नपुग्ला भन्ने आमाको चिन्ता पनि एउटा रमाइलो र पारिवारिक प्रेमको प्रतीक हो । उता भाइबहिनीहरू तोरण उन्न, माला गाँस्न र रंगोली बनाउन व्यस्त हुँदा सबैमा कामप्रतिको उत्तरदायित्व र काम पूरा गर्न दत्तचित्त भएको देख्दा सबैलाई रमाइलो आभाष हुन्छ । 

कति मौलिक छ, कति पारिवारिक र आनन्दमय छ– तिहार । त्यसैले त जीवन आपाधापी होइन उत्सव र प्रेमको संगम हो भनेर व्याख्या गर्न मन लाग्छ । यस्तै क्रियाकलापले हामीमा भौतिक सुविधा मात्र होइन आध्यात्मिक चेतना पनि छ भन्ने बोध गराउँछ र हाम्रा कर्म एवं भावहरु हृदयस्पर्शी हुन थाल्छन् । यद्यपि यो पर्वले दिने सन्देशलाई आत्मसात गर्न सकिएन भने त्यसलाई दुर्भाग्य नै मान्नुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik