• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
खालका खेलाडी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

खालका खेलाडी
कार्तिक १०, २०७६

जब तिहार लाग्छ, समाजमा जुवाका अनेकन मझेदार किस्सा सुन्न पाइन्छ । तिहारमा जुवाडेहरूले त खालहरूमा दाउ लगाउने नै भए । कतिपय सर्वसाधारणले समेत यो फेस्टिब मुडमा मनोरन्जनका लागि तास फिटेकै हुन्छन् । सामान्य मानिसदेखि चर्चित सेलिब्रिटीसम्म तिहारमा तास नफिट्ने महिला–पुरुष विरलै फेला पर्छन् । अझ जुवा–तासका पारखीहरू दसैंदेखि नै खालमा जमिरहेका हुन्छन् । 

कतिपयले रमाइलोका लागि खेल्छन् भने कतिपय साथीभाइको लहैलहैमा लागेर लाखौं रुपैयाँ स्वाहा: पारिरहेका हुन्छन् । यसको गतिलो उदाहरण हुन्— गायक आनन्द कार्की । २०६२ सालमा गायक कार्कीले ४० लाख रुपैयाँको बिट्टो एकै दिनमा जुवाको खालमा स्वाहा पारे । बानेश्वरस्थित एभरेस्ट होटलमा सांगीतिक कार्यक्रम सिध्याएर कार्की बलिउड कमेडियन जोनी लिभरलगायत अन्य बलिउड कलाकारका साथमा क्यासिनो छिरे । रातको ११ बजेको थियो । क्यासिनो छिरेपछि त्यहाँको वातावरणले तानिहाल्यो । उनी आफैं जुवाको खालमा बसे । 

सुरुमा लगातार ४–५ लाख रुपैयाँ जिते । ‘५ लाखसम्म जित्दा रमाइलो लाग्दै थियो,’ गायक कार्की भन्छन्, ‘रमाइलो लाग्दा–लाग्दै ४० लाख सकिएको पत्तो भएन ।’ ५ लाखको उनको जितको किस्सा बिहान ४ बजे निस्कँदा ४० लाखको ठूलो हारमा बदलिइसकेको थियो । जुवामा हारेको ४० लाखको परकम्पन उनको जीवनका अन्य ठाउँमा पनि पर्‍यो । उक्त जुवाको ऋण निखन्न उनले १५ लाखको टोयोटा कार बिक्री गरे । यति हँुदा पनि उनले जुवामा ४० लाख सिध्याएको कुरा घरमा कसैलाई पत्तो दिएनन् । यति कि श्रीमतीसमेत त्यसबाट अनभिज्ञ रहिन् । अन्तत: कसै गरे पनि जुवामा हारेको ऋण तिर्न नसकेपछि उनले चाबहिलमा आफैंले जोडेको ७ आना जग्गा बेच्ने निधो गरे । करिव एक वर्षपछि श्रीमतीलाई आफूले जुवामा त्यत्रो रकम स्वाहा पारेको जानकारी दिए । उक्त कुरा श्रीमतीले थाहा पाएपछि उनीसँग एक महिनासम्म बोलचाल बन्द भएको कार्की बताउँछन् । ‘श्रीमतीलाई फकाउन निकै गाह्रो भयो,’ सुमधुर स्वरका धनी कार्की भन्छन्, ‘तैपनि मैले परिवारमा कुनै पनि कुराको कमी हुन दिइनँ, किनभने त्यतिबेला मेरो कमाइ राम्रै थियो ।’ यसरी एउटै खालमा ४० लाख सिध्याएपछि उनले जोस्सिएर र लहैलहैमा जुवा खेल्न चटक्कै छाडे । ‘त्यतिबेला साथीहरूको लहैलहै, उमेर र अलिअलि भएको पैसाले मलाई त्यो अवस्थामा पुर्‍याएको थियो,’ उनी स्मरण गर्छन् । त्यसपछि कार्कीले लामो समय जुवातास खेलेनन् । यद्यपि हिजोआजचाहिँ उनी परिवार एवं आफन्तहरूसँग दीपावलीका बेला फ्लास खेल्छन् । कार्की भन्छन्, ‘ठूलो हारजित हुने गरि खेलिदैन्, त्यो घटनाले ठूलो सबक सिकाएर गयो ।’

कुनै बेला सेलिब्रेटीवृत्तमा जुवा भन्नेबित्तिकै दीपकराज गिरीको सम्झना गरिन्थ्यो । अभिनेता गिरीलाई जुवातासले मोहनी नै लगाएको थियो । यतिसम्म कि उनले तीन दिन दुई रात तासको खालमै बिताएका छन् । ‘दसैंको अष्टमीको दिन तास खेल्न बसियो भने बेलुका त्यहीँ सुतेर भोलिपल्ट मुख धोएर फेरि तास खेल्दै टीकाको दिन मात्र घर पुगिन्थ्यो,’ साप्ताहिकसँग आफ्नो जुवाको किस्सा खोल्दै गिरी भन्छन् । जुवाको मोहजालले उनलाई नपुर्‍याएको क्यासिनो विरलै छन् । २०६२ सालतिर राजधानीका विभिन्न क्यासिनोमा करिब २ लाख रुपैयाँ हारेको नमीठो अनुभव पनि छ गिरीसँग । तासका खेलमध्ये उनलाई सबैभन्दा मन पर्ने कलब्रेक हो । त्यसमा पनि ५ हजार, १० हजार र २० हजारसम्मको दाउ खेलेको उनी स्मरण गर्छन् । यद्यपि अहिले भने अभिनेता गिरी जुवातासप्रति वितृष्णा जागेको कुरा बताउँछन् । ‘म पहिले धेरै जुवातास खेल्ने मान्छे हुँ, तर चलचित्रमा काम गर्न थालेपछि भने जुवातासप्रतिको मोह हराएको छ,’ गिरी भन्छन्, ‘अहिले फुर्सदमा चलचित्रकै बारेमा केही सोचौं भन्ने लाग्छ । रचनात्मक काम गर्नेहरूका लागि जुवातास एकदमै खराब कुरा हो भन्ने भएपछि चटक्कै छाडें ।’ 

कोही रमाइलोका लागि पनि तास खेलिरहेका हुन्छन् । कतिले तनाव कम गर्न पनि यसलाई रोज्छन् । अभिनेता दयाहाङ राईलाई नै हेरौं । साथीभाईसँगको जमघटमा मनोरञ्जन र रिफ्रेसमेन्टका कहिलेकाहीं तास खेल्ने राई बताउँछन् । ‘तास खेल्छु, तर जित हारका लागि भन्दा पनि तासको पत्तिसँगै फ्रस्टेसन फाल्न खेल्छु’ राई भन्छन् । पहिलो पटक बाल्यकालमा जुटपत्ति खेलेका दया अहिले म्यारिज र कल ब्रेक खेल्छन् । यसरी खेल्दा हारे पनि ५/७ हजार रुपैयाँ र जिते पनि त्यसकै हाराहारीमा हुने उनी बताउँछन् । 

गायक हिमाल सागर चाडपर्वमा जोस्सिएर जुवातास खेल्नेमा पर्छन् । उनी प्राय: दसैं–तिहारको अवसरमा तास खेल्न छुटाउँदैनन् । हिमाललाई फ्लास र कलब्रेक निकै मन पर्छ । करिब चार वर्षअघिको तिहारको कुरा हो । जन्मस्थान झापाको बनियानीमा सात जना साथीको समूहमा उनी फ्लास खेल्न बसे । खेल्दै जाँदा उनलाई गुलाम ट्रायल पर्‍यो । उनले खेलअघि बढाएपछि अरू ५ जनाले हेरेर प्याक गरे । त्यसपछि उनीसँगै अर्को एक जना साथी बाँकी रहे । सागर जोस्सिएर चल्दै गए । खालमा उनले करिब १० हजार रुपैयाँजसो चलिसक्दा पनि अर्का साथीले खोल्न नचाहेपछि उनी आफैंले सो गरे । आखिर अर्को साथीलाई बास्सा ट्रायल परेको रहेछ । ‘त्यो दिन खल्ती रित्याएर घर फर्किएँ,’ हिमाल भन्छन् । त्यसयता पनि दसैं–तिहारजस्ता चाडपर्वमा उनी तास खेल्छन् । फ्लास खेल्दा प्राय:जसो आफूलाई ट्रायल परिरहने सागर बताउँछन् । गएको दसैंमा पनि उनलाई तिर्की ट्रायल परेको थियो तर त्यसमा सय रुपैयाँमात्र मारे । 

यसपालिको दसंैमा तास खेलेर करिव १५ हजारजस्तो जितेको सागरले बताए । सागर तिहारमा पनि तास खेल्ने योजनामा छन् । तिहारमा आफू युरोपमा हुने भएपनि उतैका साथीहरूसँग तास खेल्ने उनको मनसाय छ । 

गायक हेमन्त शर्मा पनि दसैं–तिहारका अवसरमा मज्जाले तास खेल्छन् । प्राय: म्यारिज र फ्लास खेल्न रुचाउने शर्मा गएको दसैंमा २–४ हजार रुपैयाँ जितेको कुरा बताउँछन् । ‘अरू बेला तास खेल्दिनँ, तर दसैं–तिहारजस्ता चाडपर्वमा परिवार एवं साथीभाइहरूसँग घरमै बसेर तास खेल्छु,’ शर्मा भन्छन् । भिडियो एडिटर टेकेन्द्र शाह तिहारमा फ्लास खेल्छन्, तर अहिलेसम्म जितेको रेकर्ड नरहेको बताउँछन् । ‘हरेक तिहारमा २५/३० हजार हारिरहेको हुन्छु, यसपालि पनि २५ देखि ३० हजारको तास खेल्ने योजनामा छु,’ शाह भन्छन्, ‘तर जित्ने आश भने छैन ।’

निर्देशक वसन्त निरौला तिहारमा तीन पत्ती अर्थात् फ्लास निकै खेल्छन् । तीन पत्तीमा अहिलेसम्म आफूले हारेको रेकर्ड नभएको उनी दाबी गर्छन् । निरौला भन्छन्, ‘साथीभाइहरूसँग तिहारको मौकामा फ्लास खेल्दा थोरैमा १ हजार भएपनि जितेकै हुन्छु ।’ उनले परार सालको तिहारमा चलचित्र ‘होलिडे’को सुटिङका लागि युरोप गएका बेला ६० हजार रुपैयाँ जितेका थिए भने गत वर्ष नेपालमै साथीहरूसँग खेल्दा २० हजार रुपैयाँ जितेका थिए । यसपालि पनि साथीभाईहरूसँग फ्लास खेल्न २० हजार रुपैयाँ छुट्याइसकेका छन् । 

मोडल तथा गायक दुर्गेश थापालाई फ्लास निकै मनपर्छ । त्यसो त उनी हरेक वर्ष तिहारको भाइटीकाको दिन साथीभाइहरूसँग तास खेल्छन् । त्यति धेरै नखेले पनि गत वर्षको तिहारमा भने आफूले ७ हजार रुपैयाँ हारेको उनी सम्झन्छन् । उनले अहिलेसम्म हारेको सबैभन्दा ठूला रकम यही नै हो । यसपालि भने थापाले तास खेल्ने सम्भावना निकै कम छ । यसवर्ष भाइटीका पनि नहुने भएकाले उनी कार्यक्रममै व्यस्त हुनेछन् । 

पुरुष सेलिब्रेटी मात्र होइनन्, महिला सेलिब्रेटीहरू पनि तिहारमा तासमा जमिरहेका हुन्छन् । अभिनेत्री जेविका कार्की दसैं–तिहारका बेला फ्लास तथा जुटपत्ती खेल्छिन् । विगतका वर्षमा हार्दै आएपनि यसपालि दसैंमा फ्लास खेल्दा ३ हजार ५ सय जितेको कार्की बताउँछिन् । गत वर्ष उनले २ हजार हारेकी थिइन् । विशेषगरी परिवारका साथमा तास खेल्दै आएकी जेविकाले तिहारमा तास खेल्न ५ हजार छुट्याएकी छिन् । 

अभिनेत्री ऋचा शर्मा प्राय: दसैं–तिहारमा परिवार एवं साथीभाइहरूमाझ तास खेल्छिन् । उनी तासका खेलमध्ये किट्टी निकै रुचाउँछिन् । यद्यपि आजसम्म जितेको रेकर्ड नभएको अभिनेत्री शर्मा बताउँछिन् । यसपालि दसैंमा अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा तथा परिवारका अन्य सदस्यहरूसँग खेल्दा ४ हजार हारेको उनी बताउँछिन् । यो टिममा धेरैजसो केकीले जित्ने ऋचाको दाबी छ । अभिनेत्री रिमा पनि तासमा केकीलाई प्राय दाउ लाग्ने गरेको बताउँछिन् । गएको दसैंमा केकीसँग लगातार ४ दिन तास खेलेको रिमाले बताइन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik