• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
प्रेमिल धरान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रदीप मेन्याङ्बो

प्रेमिल धरान
फाल्गुन २, २०७६

प्रेमलाई देख्न सकिन्न, आँखाले मापन गर्न पनि सकिन्न । त्यसैले प्रेमलाई सबैभन्दा मीठो अनूभूति मानिन्छ । प्रेमको अनभूति जसलाई पनि सुन्दर, सुखद, मुलायम र कुतकुती लाग्दो हुन्छ । प्रेम न कसैको आग्रहमा गरिन्छ, हुन्छ न कसैको दबाबले रोक्न सकिन्छ । यो आफैं हुन्छ । त्यसैले अधिकांश प्रेम संयोगका उपज हुन्छन् । धरानकी रेजिना याख्या त्यही संयोग कुरिरहेकी छिन् । 

धरान–१३ अमरहाट बस्ने पूर्वकै एक्लो लेडिज डिजे रेजिना आफूलाई प्रेम गर्ने राजकुमार अहिलेसम्म नभेटिएको बताउँछिन् । उनी विन्दास युवतीमात्र होइनन्, आफूलाई कोमल मनकी धनी पनि मान्छिन् । उनको प्रस्तुति देखेका युवाले ‘बोल्ड एन्ड ब्युटीफुल लेडिज डिजे’ को ट्याग भिराइदिएका छन् । आधुनिक धरानको लाहुरे बस्तीमा हुर्केकी उनी मुस्कुराउँदै भन्छिन्, ‘हालसम्म सिंगल छु । स्पेशल प्रेमी बनाउन बाँकी नै छ । कतै होलान् नि मलाई पनि कर्के नजरले चियाउँदै हेर्ने ।’

गत महिना कोरियाको बुसानस्थित किम्हेमा आफ्नो दमदार प्रस्तुति पछि नेपाल आएर व्यस्त रहेकी रेजिना आफ्नो सपनाको राजकुमार भने हालसम्म नभेटिएको बताउँछिन् । नजिकका साथीहरुसँग डिजेइङ गरेर भ्यालेन्टाइन डेमा विन्दास अन्दाजमा रमाइलो गर्ने उनको योजना छ । 

प्रेमको बजारमा युवायुवतीहरु आफूलाई सजाउन व्यस्त छन् । सरल हुँदाहुँदै पनि आधुनिकतासँगै प्रेम जटिल पनि बन्दै गएको बेला बास्तविक प्रेमको पहिचान गर्न गाह्रो भएको छ । तर, पनि मोडल मेरिना तुम्सा प्रणय दिवसलाई यादगार बनाउन उत्सुक छिन् । मिस नेपाल आइडल–२०१८ कि विजेता मेरिना कोरियोग्राफर र रेडियो जकी पनि हुन् । उनी भन्छिन्, ‘यो समाजमा मान्छेलाई बाँच्न सिकाउने भनेकै प्रेमले हो । त्यसैले त प्रयण दिवसलाई यादगार बनाउन चाहेको हो ।’ आफ्नो व्यस्त कार्यतालिकालाई एक दिन भए पनि थाती राखेर प्रणय दिसवमा रमाइलो गर्ने मेरिनाले बताइन् । तर, कोसँग रमाइलो गर्ने हो, त्यो चाहिँ गोप्य नै राखिन् । फेसन पारखी भएकाले प्रणय दिवसका दिन फेसनेवल भएर आफ्नो प्रेमीलाई चकित पार्ने तयारीमा रहेकोचाहिँ उनले खुलाइन् । 

गत डिसेम्बरमा मलेसिया र सिंगापुरमा सम्पन्न मिस लुमियर इन्टरनेसनल वल्र्डमा मिस ग्लामरको उपाधि विजेता सिम्रन श्रेष्ठ प्रेमलाई सस्तो बनाउन नहुने तर्क गर्छिन् । आधुनिक पुस्ताका कतिपय लभर्सको प्रेम देखावटी र फिल्मी पाराको देखिएको उनको बुझाइ छ । मायाले नै संसार थामेको कथन सुनाउने उनी भन्छिन्, 

‘भ्यालेन्टाइन डेलाई कतिपय लभर्सले आफ्नै तरिकाले सेलिब्रेट गर्छन् तर म चाहिँ आफ्नै लागि रोज किनेर परिवारसँगै सेलिब्रेट गर्छु । किनकी मलाई माया गर्ने प्रेमी छानिसकेको छैन । हेरौ भविष्यमा के हुन्छ ।’ मिस तिजको ताज जितेकी धरान–३ पुरानो बजारकी रोशनी गुरुङ पनि घरैमा साथीहरुसँग प्रयण दिवस मनाउने तयारीमा जुटेकी छिन् । उनले भनिन्, ‘यस पटक प्रणय दिवस साथीहरुसँग घरैमा मनाउनु पर्ला ।’ 

पाँच वर्षअघि प्रेम विवाह गरेका धरान–१८ चौकीबारी बस्ने युगल जोडीले आफ्नो नाम गोप्य राखिदिन अनुरोध गर्दै आफूहरुले हरेक दिन भ्यालेन्टाइन डे बनाइरहेको बताए । ‘प्रेममा विश्वास, भरोशा, आशा भएकैले होला, हामी एकसाथ सोच्दा रहेछौं’ जीवनमा बारम्बार दोहोरिएको प्रेमानूभूतिबारे खुल्दै पतिले भने, ‘मेरी श्रीमतीले जे मलाई सुनाउँछिन् त्यो पूर्वाभास हुन्छ । पहिले–पहिले त हामी आफैं छक्क पथ्र्यांै ।’ उनीहरू भ्यालेन्टाइन डेलाई अझ प्रेमिल बनाउने योजना रहेको सुनाए ।     

पूर्वको स्वच्छ सफा र सुन्दर सहरका रूपमा चिनिएको पर्यटकीय धरानको सामाजिक सांस्कृतिक वातावारण खुला भएकाले नयाँ पुस्ताका युवा–युवतीहरु आफूलाई अलग देखाउन फेसन, मोडलिङ, म्युजिक जस्ता क्षेत्रमा स्थापित हुन चाहन्छन् । त्यसैले भ्यालेन्टाइन डे मनाउन तयार धरानका युवा–युवतीको अन्दाजलाई मध्यनजर गरेर बगरकोट, भेडेटार, फुश्रे पार्क र बजारका ठूला डिपार्टमेन्ट स्टोर, सपिङ कम्प्लेक्सहरुमा विषेश साज सज्जा छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik