राजेश धाख्वा, डिजाइनर (युवाको पहिरन)
- हरेक व्यक्तिमा ड्रेस सेन्स हुनुपर्छ। युवा मेन इन ब्ल्याक र युवती वुमेन इन रेड नै भ्यालेन्टाइनमा स्पेसल देखिन्छ।
- आफू डेटिङ गैरहेको स्थानअनुरूप पहिरन लगाउनुपर्छ।
- दुवैले थिमअनुरूपको सुहाउँदो पहिरनमा सजिनु राम्रो हुन्छ।
- युवाका लागि ब्ल्याक कलरको पहिरन नै सुट गर्छ। जिन्स र चेक सर्टमा पनि आकर्षक देखिन्छ।
- होचो कदका युवाले प्याटर्न भएको पहिरन लगाउनु राम्रो हुन्छ।
- दुब्लो व्यक्तिका लागि चेक सर्ट उपयुक्त हुन्छ। मोटा मानिसमा डार्क कलरको पहिरन खुल्छ।
- श्यामवर्ण भएकाहरूले मिडियम कलरका पहिरन रोज्नुपर्छ।
- बेलुकीको भेटमा र्फमल सुट लगाउनु राम्रो हुन्छ। सुटअनुसार टाईको प्रयोगले स्मार्ट देखिन मद्दत गर्छ।
परी श्रेष्ठ, डिजाइनर (युवतीको पहिरन)
- आफ्नो रोजाइ र सुहाउँदो पहिरन छनौट गर्नुपर्छ।
- हल्का डिजाइन गरिएका रातोसँग गुलाफी रंगका वन पिस वा अम्ब्रेला टाइपको पहिरन प्रयोग गर्न सकिन्छ।
- डेटिङमा रातो रंगका पहिरनमा आफूलाई आकर्षक देखाउन सकिन्छ। एक दिनका लागि कतै जाँदा रातो रंगको पाइन्ट लगाउन सकिन्छ।
- लाइट कोट लगाउनु उपयुक्त हुन्छ। गोरो वर्ण भएकाहरूलाई सबै रंग सुहाउँछ, तथापि उनीहरूले चहकिलो खालका पहिरन छनौट गर्नु राम्रो हुन्छ।
- श्यामवर्णका युवतीहरूले भने हल्का रातो पहिरन लगाउनु उपयुक्त हुन्छ। होचो कदका युवतीले सकेसम्म अग्ली देखाउन हाइ वेस्ट पेन्टसँगै अग्लो हिल - प्रयोग गर्नुपर्छ। अग्ली युवतीले भने लंग टप पाइन्टमा टिसर्ट लगाउँदा आकर्षक देखिन्छ। होची युवतीले स्टाइप डिजाइन गरेर धर्के पहिरन लगाउन - सक्छन्। अग्लीहरूलाई भने रेड कम्बिनेसनमा उज्यालो कलरको बोर्डर बढी खुल्छ।
- शरीरमा विभिन्न एसेसरिज प्रयोग गर्नुपर्छ। टिनएजरहरूमा अहिले वन पिस स्कर्ट चल्तीमा छ। त्यसबाहेक कोट स्कर्ट पनि प्रयोग गर्न सकिन्छ। - भरसकदुवैको सल्लाहबमोजिम एक-अर्कामा म्याचिङ गर्ने पहिरन लगाउनु उपयुक्त हुन्छ।
रोहिया महर्जन, कोरियोग्राफर (युवतीको ग्रुमिङका लागि)
- स्नान एवं हात-खुट्टाको पूर्ण सरसफाइ गर्नुपर्छ। मुखको गन्ध हटाउन माउथ फ्रेसनर प्रयोग गर्नु राम्रो हुन्छ। शरीरका अनावश्यक रौं हटाउनुपर्छ। आइ ब्रो मिलाउनुपर्छ। केशलाई पहिरनअनुसार कर्ली गर्न वा जुरो बनाउन सकिन्छ।
- रातो रंगको वन पिस गाउन आकर्षक देखिन्छ। बुटअनुसार पर्स र बेल्टको कलर मिलाउनुपर्छ।
- सफ्ट खालका परफ्युम प्रयोग गर्नुपर्छ। सिम्पल खालका स्टोन एवं फंकी एसेसरिजको प्रयोग उपयुक्त हुन्छ। आफ्नो प्रेमीको उचाइअनुसार हिल छनौट गर्नु बुद्धिमानी हुन्छ।
अमृत मरहठा, मेकअप आर्टिस्ट (युवाका लागि)
- अनुहार फेसवासले सफा गर्नुपर्छ। छालालाई मुलायम राख्न मोस्चराइजर लगाउनुपर्छ।
- अनुहारमा चमक ल्याउन छालाको रंगअनुसार फाउन्डेसन पनि प्रयोग गर्न सकिन्छ।
- अनुहारका दागहरू छोप्न फेस टोनको कन्सिलर प्रयोग गर्न सकिन्छ।
- अनुहारमा फिनिसिङ टच दिएर आँखामा हल्का गाजल लगाउनुपर्छ। ओठमा लिपवाम प्रयोग गर्न सकिन्छ।
- केशलाई वेटी र साइनी लुक दिन एन्टी ड्यान्ड्रफ सेम्फु प्रयोग गर्न सकिन्छ।
- पहिरनअनुरूपको हेयर स्टाइल बनाएर सेक्सी लुकका लागि दार्ही टि्रम गर्नुपर्छ।
- परफ्युम प्रयोग गर्न बिर्सन हुँदैन। किनभने युवतीहरू परफ्युम खुबै मन पराउँछन्।
- युवतीहरू शालिन र नेचुरल पर्सनालिटीबाट बढी आकषिर्त हुन्छन्, जसमा अन्य कुराले विशेष भूमिका खेलेको हुन्छ।
- छोटो केश भएकाहरूका लागि वेस्टर्न लुक र पातलो अनुहारका लागि वेभी नेचुरल केश उपयुक्त हुन्छ।
- नाडी घडी छुटाउनु हुँदैन। समय एकदमै महत्वपूर्ण हुन्छ।
- मुखको सफाइ र दाँतमा विशेष ध्यान दिनुपर्छ। शरीरको अनावश्यक रौं हटाउन वाक्सिङ गराउन सकिन्छ।
निर्जन थापा, मोडल तथा कोरियोग्राफर (युवा ग्रुमिङका लागि)
- डेटिङमा जाँदा आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउनुपर्छ।
- केशलाई अनुहार सुहाउँदो बनाउनुपर्छ। जेल लगाएर केशलाई स्पाइकी बनाउन सकिन्छ।
- स्मार्ट देखिन दार्ही-जुँगा मिलाउनुपर्छ।
- क्याजुअल पहिरन भरसक फिटिङ खालको हुनु राम्रो हुन्छ।
- युवतीका अगाडि प्रिजेन्टेवल, पोलाइट तथा आकर्षक रूपमा प्रस्तुत हुनुपर्छ।
- गर्लफ्रेन्डलाई पूर्ण सम्मान गर्दै आफ्नो मुड बनाउन सक्नुपर्छ।
- कार्यक्रमअनुसार पहिरन छनौट गर्नु राम्रो हुन्छ।
- पहिरन मिल्दो पार्टी सुज वा अन्य क्याजुअल सुज प्रयोग गर्न सकिन्छ। पहिरनको रंगसँग मिल्ने खालको सानो बकल भएको बेल्ट लगाउनु उपयुक्त हुन्छ।
- साथमा टोपी, स्कार्फ, औंठी, घडी आदि पनि प्रयोग गर्न सकिन्छ।
नन्दा अधिकारी, मेकअप आर्टिस्ट (युवतीका लागि)
- टिन एजर्सले हल्का मेकअप मात्र गर्नु उपयुक्त हुन्छ। भारी मेकअपले उमेर पाको देखिन्छ।
- पहिरनअनुसार मेकअप कलर टोन मिलाउनुपर्छ।
- बाहिर डेटिङमा जाँदै हुनुहुन्छ भने वाटरप्रुफ मेकअप गर्नु राम्रो हुन्छ।
- दिउँसोका लागि हल्का मेकअप गर्नुपर्छ। बेलुकीका लागि ब्ल्याक स्मोकी उपयुक्त हुन्छ।
- आँखालाई आकर्षक देखाउन ल्यास लगाउनुपर्छ भने लेन्स पनि प्रयोग गर्न सकिन्छ।
- युवतीहरूले अनुहारमा रोज कटिङ गरी आफूलाई आकर्षक देखाउन सक्छन्।
- बडी पेन्टसँगै नङमा रातोपोलिस लगाउँदा त्यसले अर्थ दिन्छ।
- केशलाई वेभी बनाउनुपर्छ। मंगोलियन अनुहार भएकाहरूले अगाडि हल्का पफ उठाउनु उपयुक्त हुन्छ। आर्यन अनुहारलाई जुनसुकै स्टाइल पनि सुट गर्छ।