रोज डे
भ्यालेन्टाइन सप्ताहको पहिलो दिन 'रोज डे' हो। प्रेमको प्रतीक हो गुलाफ। गुलाफका विभिन्न रंगले विभिन्न अर्थ दिन्छन्। पहेंलो मित्रता, पिंक मन पराएको, रातो प्रेम तथा सेतोलाई शान्तिको प्रतीक मानिन्छ। एउटा मात्र गुलाफको फूलले धन्यवादको अर्थ दिन्छ भने रातो गुलाफको मुठाले 'म तिमिबिना बाँच्न सक्दिन' भन्ने अर्थ दिन्छ।
प्रपोज डे
भ्यालेन्टाइन सप्ताहको दोस्रो दिन अर्थात् ८ फेब्रुअरीलाई 'प्रपोज डे' का रूपमा मनाइन्छ। लामो समयदेखि मनमा उकुसमुकुस भएर गुम्सिरहेको भावनालाई आफ्नी प्रियसीसामु व्यक्त गर्ने दिन हो 'प्रपोज डे'। यदि लामो समयदेखि कसैलाई मन पराउनुहुन्छ र उसले पनि तपाईंलाई मन पराएको चाल पाउनुभएको छ भने यो दिन प्रस्ताव राख्न सकिन्छ। प्रस्ताव केटा वा केटी जो कसैले राख्न सक्छन्। यदि चाहेको मान्छेले आफूलाई प्रेम गर्छ भन्ने चाल पाइएको छैन भने अलि शिष्ट ढंगले पहिले माफिका वचन बोल्दै प्रस्ताव राख्न सकिन्छ। यसो गरियो भने उसले शिष्ट शैलीमै अस्वीकृत गर्न सक्छ ।
चकलेट डे
भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात् ९ फेब्रुअरीलाई 'चकलेट डे' का रूपमा मनाइन्छ। यो दिन प्रियसी (गर्लफ्रेन्ड/ब्वायफ्रेन्ड वा श्रीमान्/श्रीमती) लाई विभिन्न खालका चकलेट तथा कार्डहरू दिन सकिन्छ। यो दिन मात्र होइन अरू बेला डेटिङमा जाँदा पनि मीठो गुलियो चकलेट लिएर जान सकिन्छ। चकलेट उपहार दिँदा विभिन्न स्वादका चकलेट बक्समा प्याक गरेर तल दिइएका शब्द उल्लेख गरेर दिनु रोमान्टिक हुन्छ।
लभ इज लाइक अ चुइङ गम
इट टेस्टि अन्ली इन द विगिनिङ
बट फ्रेन्डसिप इज लाइक चकलेट
इट टेस्टि टिल इट इन्ड
ह्याप्पी चकलेट डे टु माइ स्विट हर्ट
टु डे इज चकलेट डे
डेरि मिल्क फर लभ
पेर्क फर फ्रेन्ड
किट्क्याट फर बेस्ट फ्रेन्ड
पोलो फर ह्याट्रेड
एन्ड मेन्टो फर कुल पर्सन
ह्वाट डु यु चुज फर मी
रिप्लाई इज मस्ट
टेड्डी डे
भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् १० फेब्रुअरीलाई 'टेड्डी डे' का रूपमा मनाइन्छ। विशेष गरी युवतीहरू भालुका स-साना बच्चा आफ्नो ओछ्यानमा सजाउन चाहन्छन्। त्यसैले यो दिन विशेषगरी भालुका बच्चाको नरम पुतली उपहार प्रदान गरिन्छ, जसले हरेक पल हरेक रात आपसी सम्झना कायम रहन्छ।
प्रोमिस डे
माया पाउन त्यति सहज र सरल कहाँ छ र ? केही सम्झौता, केही आरोप- प्रत्यारोप, केही सहकार्य, केही समझदारीको खाँचो हुन्छ। कसले कति, कस्तो र किन प्रेम गर्यो भन्ने कुरा नबुझी प्रेममा हाम फाल्नु हुँदैन। भ्यालेन्टाइन सप्ताहको यो दिन यस्तै एउटा सम्झौता गर्ने दिन हो। पार्टनरसँग आफ्नो सच्चा प्रेम दर्साउने दिन हो यो।
हग डे
यो महत्त्वपूर्ण, रोमाञ्चक एवं नौलो जोडीका लागि अविस्मरणीय र कठिन दिन हो। एक-अर्कालाई अँगालोमा बेरेर माया हुर्काउने दिन हो- 'हग डे'। पहिले नै पटक अँगालोमा कस्सिएको भए दुवै जना पुनः त्यो क्षणको पर्खाइमा हुन्छन्। 'टक टु मी ह्वेन आई एम बोर्ड, किस मी ह्वेन आई एम स्याड, हग मी ह्वेन आई क्राई' भन्ने भनाइ नै छ।
किस डे
हुन त अचेल अंगालो मार्नु, काखमा बस्नु र किस गर्नु सामान्य बन्दै गएको छ तर पनि नवजोडी र पहिलो पटकका लागि निकै असहज र अविस्मरणीय लाग्ने क्षण हो 'किस' र 'हग' गर्दाको क्षण। यो दिन एक-अर्कालाई दिने उपहार पनि त्यस्तै खालको हुनु राम्रो मानिन्छ।
भ्यालेन्टाइन डे
भ्यालेन्टाइन सप्ताहको सबैभन्दा महत्वपूर्ण दिन हो- भ्यालेन्टाइन डे। अरू दिनहरू सामान्य रूपमा मानिए पनि यो दिन विशेष रूपमा मनाइन्छ। नवजोडी र प्रेमलाई हुकाईरहेकाहरू मात्र होइन, वृद्ध दम्पतीहरूले पनि भ्यालेन्टाइन डे प्याकेज बनाएका हुन्छन्। प्रियसीसँग घुम्ने, खाने, रमाइलो गर्ने, मनको गाँठो फुकाउने, रोमान्स गर्ने, एक-अर्काको मनको कुरा साट्ने र जीवनको गन्तव्य निर्धारण गर्ने दिन हो यो।