साप्ताहिक संवाददाता
यो एपमार्फत गिफ्ट बास्केट, क्यान्डी र अन्य विभिन्न उपहार आफ्नी प्रेमिकासम्म पुर्याउन सकिन्छ । यसमा यो विशेष दिनलाई स्पेसल डेका रूपमा सेभ गरेर समेत राख्न सकिन्छ, जसले गर्दा यो सधैंका लागि स्मरणीय रहन सक्छ ।
भ्यालेन्टाइन डे फन फ्याक्ट्स
आफ्नो प्रेमलाई अझ हार्दिक बनाउन यो एप्स प्रयोग गर्नेहरूको संख्या निरन्तर बढ्दैछ । भ्यालेन्टाइन डेका तथ्यहरूसहित आफ्नो प्रेमको अभिव्यक्ति दिन यसको प्रयोग हुन्छ । यो एपमार्फत पठाइएको म्यासेजले प्रेमप्रतिको अनुराग झल्काउन सहयोग पुर्याउँछ ।
डि्रमरिङ
एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि उपलब्ध यो एप्समा ३५ विभिन्न प्रकारका रोमान्टिक रिङ टोन छन् । यसमा भएको प्ले बटन थिचेर आफ्नो स्मार्ट फोनमा भएको कन्ट्याक्ट लिस्टका आधारमा विभिन्न साथीका लागि फरक-फरक प्रकारको रिङ टोन राख्न सकिन्छ ।
लाडिडा
लाडिडा नामक यो एप्समा रिभर्स काराओके सफ्टवेयर प्रयोग गरिएको छ । यसले कुनै पनि व्यक्तिको आवाज व्यावसायिक गायकको जस्तो बनाउन सहयोग पुर्याउँछ । प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा आवाज रेकर्ड गर्छ र यो एप्लिकेसनले उसको स्वरमा स्वचालित रूपमा संगीत भरेर अनि आवाजलाई मोडिफाई गरी राम्रो स्वरमा प्रस्तुत गर्छ । यसले गर्दा प्रेमी-प्रेमिकाले आफ्नै स्वरमा प्रेमगीत प्रस्तुत गर्न सक्छन् ।
भ्यालेन्टाइन रेडियो
यो एपमार्फत ४० भन्दा बढी रोमान्टिक रेडियो स्टेसनमार्फत प्राप्त हुने लभ सङ सुन्न सकिन्छ । यसले भ्यालेन्टाइन मुडलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउँछ । प्रेम गीत सुन्न यसको प्रयोग गर्न सकिन्छ । सर्वाधिक प्रचलित मानिएको एमटु नामक प्रेम गीत भने संगीतको राजधानी मानिने पेरिस सहरबाट प्रसारण हुन्छ ।
टपटेबल
बेलायतमा अहिले टपटेबल नामक एप्स निकै लोकप्रिय छ । यसमार्फत बेलायतका ४ हजारभन्दा बढी रेस्टुराँका टेबुल भ्यालेन्टाइन डेका लागि बुक गर्न सकिने व्यवस्था गरिएको थियो । ती रेस्टुराँले उक्त दिनका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरेका थिए ।
बिकप्ली
यो एउटा लाइफस्टाइल एप्लिकेसन हो । यसले जोडीको दैनिक जीवनलाई व्यवस्थित बनाउन सहयोग पुर्याउँछ । यसमार्फत विभिन्न मितिलाई योजनाबद्ध रूपमा प्रस्तुत गर्न सकिन्छ । यसमार्फत विभिन्न समयमा खिचिएका तस्बिरलाई मिलाएर राख्न तथा आफ्नो जोडीको स्मार्टफोनमा पठाउन सकिन्छ ।
फि्लक्सटर
चर्चामा रहेको चलचित्र आफ्ना प्रेमीसँग बसेर हेर्दा को नरमाउला ? यसका लागि फि्लक्स्टर नामक एप्पले सघाउँछ । यसले नजिकको चलचित्र हल र तिनमा चलिरहेका चलचित्रका बारेमा जानकारी दिन्छ । फिल्ममा ट्याप गरेपछि यसले फिल्मको ट्रेलर, शो टाइम, रेट आदिको जानकारी दिन्छ । सफारीमार्फत चलाउन सकिने यो एपले मुभीटिकेट्स डट कमको सहयोगले टिकट किन्नसमेत सहयोग पुर्याउँछ ।
तेस्रो लिंगीका लागि एप्स
तेस्रो लिंगीका लागि पनि विभिन्न प्रकारका भ्यालेन्टाइन एप्स उपलब्ध छन् । फरक प्रकारका तेस्रो लिंगीका लागि त्यसै अनुसारका एप्स निर्माण भएका छन् । तीमध्ये गि्रन्डर एउटा लोकप्रिय एप्स हो । आइओएस र एन्ड्रोइड दुवै प्लेटर्फममा उपलब्ध यो एप्स नजिक रहेका गे, बाइ-सेक्सुअल तथा बाई-क्युरियस मानिसहरूका लागि उपयुक्त एप्स हो । त्यसैगरी अर्को लोकप्रिय एप्स ड्याच हो । पुरुषहरूका लागि गि्रन्डर भएजस्तै महिलाहरूबीच ड्याच लोकप्रिय छ । लेस्बियन, बाई-सेक्सुअल तथा बाइ-क्युरियस महिलाहरूमा लक्षित यो एप कुनै नयाँ सहरमा आफूजस्तै महिलाहरू भेट्ने र मनको कुरा साट्ने कार्यका लागि पनि प्रयोग गर्न सकिन्छ ।
सामाजिक सञ्जालका एप्स
फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर रमाउन सकिने एप्स पनि प्रशस्तै छन् । खासगरी यस्ता सञ्जालसँगै एप्सको प्रयोग पनि बढेको हो । प्रयोगकर्ताहरू यस्ता एप्स प्रयोग गरेर रमाइरहेका हुन्छन् । तीमध्ये केही एप्स:
क्यामेरा प्लस
आइफोनमा भएको यो एप्समार्फत विभिन्न तस्बिरलाई आफ्नो रुचि अनुसारको ब्याकग्राउन्डमा सजाउन सकिन्छ । तस्बिरलाई क्रप गर्न, लाइट मिलाउन, रोटेसन गर्न र इन्स्ट्राग्राम स्टाइलको फिल्टर प्रयोग गरी सम्पादन गर्न समेत सकिन्छ । यसमा भएको लाइटबक्स आइक्लाउडसित सिन्क हुने हुँदा सबै कुरा ब्याकअपका रूपमा सेभ हुन्छ र सेयर गर्नसमेत मिल्छ ।
रेड स्ट्याम्प
रेड स्ट्याम्पले आफ्नो व्यक्तिगत कार्ड, नोट, इन्भिटेसन तथा अन्य जानकारीलाई उपयुक्त डिजाइनमा निर्माण गर्न सघाउँछ । यसलाई इमेल र टेक्स्ट म्यासेजको सहयोगले पठाउन सकिन्छ । यसलाई फेसबुक तथा टि्वटरमार्फत सेयर गर्न सकिन्छ ।
कपल
कपल एउटा मोबाइल म्यासेजिङ एप्स हो, जसले दुई व्यक्तिकाबीच मोबाइल म्यासेजिङ सर्भिस प्रदान गर्छ । यसको निर्माण खासगरी रोमान्टिक कपलका लागि गरिएको हो । अन्य म्यासेजिङ एप्सजस्तै यसबाट टेक्स्ट, फोटो, भिडियो तथा अन्य कन्टेन्ट सेयर गर्न सकिन्छ ।
बी माइन (लाइट)
अहिले हुलाकबाट पहिलेजस्तो पोस्ट कार्ड वा चिठी पठाउने जमाना छैन । बरु पोस्टकार्डभन्दा रोचक भ्यालेन्टाइन कार्ड पठाउन यो एप्पको प्रयोग गर्न सकिन्छ । विभिन्न आकारका कलरफुल हार्ट सेप्स, लिप्स, क्युपिड, स्ट्याम्प आदि पठाउन यसको प्रयोग हुन्छ । तिनमा विभिन्न टेक्स्ट र अन्य फिचर प्रयोग गरी मायालुको स्मार्टफोनमा पठाउन सकिन्छ ।
एभोकाडो
एभोकाडो एउटा नि:शुल्क एप्स हो । गुगल, टि्वटर र युट्युबका विज्ञहरूद्वारा निर्माण गरिएको यो एप्लिकेसनले खासगरी प्रेम जोडीहरूलाई डिजिटल संसारमा कनेक्ट भैरहन सहयोग पुर्याउँछ । यसले उनीहरूलाई प्राइभेसीसहित अनलाइन स्पेस उपलब्ध गराउँछ । यसका साथै प्राइभेट म्यासेज पठाउन, मिडिया ग्यालरी र क्यालेन्डर सेयर गर्न तथा भर्चुअल रूपमा हग वा किस गर्न सहयोग गर्छ ।
प्रेमको भविष्य बताउने एप
प्रेम सफल हुन्छ कि हुँदैन भन्ने कुरा अब मोबाइल एपले नै भनि दिने भएको छ । यदि केटा र केटीले एक अर्कालाई मन पराएर डेटिङ सुरु भएको छ भने एपको मदतबाट प्रेम सफल हुन्छ कि हुँदैन भन्ने कुरा एप प्रयोगकर्ताले सजिलै थाहा पाउन सक्नेछन् । प्रेम सम्बन्ध सफल हुने वा नहुने कुरा पत्ता लगाइदिने एप हो- पीपीएलकेपीआर । यो एपले ब्लुटुथ र एक विशेष खालको सेन्सर प्रविधिमा अधारित भएर प्रेमी र प्रेमीकाबीच सम्बन्ध बाँधिन्छ कि बाँधिदैन भन्ने कुरा पत्ता लगाउँछ । यो एपले दुवै पक्षबीच हुने भेटघाटको सिलसिलामा दुवै जनाको मुटुको धड्कन नाप्नुका साथै दुवै पक्षलाई भेटपछि सुखी र दुखी कस्तो मुडमा छौं ? सँगै उभिएको वा बसेको मानिस तिम्रो को हो ? जस्ता प्रश्नहरू सोधेर निश्कर्षमा पुग्छ । यो एपले दुवै पक्षको मुटुको धड्कनको उतारचढाव मापन गर्ने काम गर्छ । प्रेमी र प्रेमीका दुवैले एकअर्कालाई भेट्दा, सँगै बस्दा वा कुराकानी गर्दा तनाव वा खुसी कस्तो अवस्थामा छन् ? प्रेमी-प्रेमीकाबीचको उत्तेजनात्मक आवेग र सम्बेगमा के-के कुराले फरक पारेको छ ? भन्ने तथ्य पत्ता लगाउँछ । यो एपले जीपीएस प्रणालीसमेत प्रयोग गर्छ । यदि एप प्रयोगकर्ताका लागि प्रेम सम्बन्ध नहुने र जिवन खतरामा पर्ने सम्भावना छ भने एपले अर्को पक्षको सम्पर्क ठेगाना र टेलिफोन नम्बर समेत मेटाइदिने काम गर्छ । त्यति मात्र होइन प्रेम सफल नहुने देखिएपछि अर्कोपक्षको फोनकल, म्यासेज, इमेल समेत ब्लक गरिदिन्छ । यो एपको अर्को नाम 'पिपल किपर' पनि हो ।
यो एपले कुन प्रेमी वा प्रेमीकाले आफ्नो समय बर्वाद गर्दैछन् र स्वास्थ्य बिगार्दै छन् भन्ने कुराप्रति समेतसचेत गराउँछ । आइफोन अपरेटिङ सिस्टमका लागि सिर्जना गरिएको यो एप ब्रुकलिन बेस्ड कम्पनीमा कार्यरत कलाकारद्वय किले म्याकडोनान्ल्ड र लाउरेन म्याक्कार्थीले तयार गरेका हुन् । यो एपलाई स्मार्ट घडी अथवा हातमा लगाइने स्मार्ट रिङमा राखेर समेत प्रयोग गर्न सकिन्छ ।
— भोला महतो