हिमाली भीर मौरीको मह औषधीका लागि प्रख्यात छ । विभिन्न दीर्घ रोगको उपचारका लागि भीर मौरीको मह विदेशीहरूको पनि रोजाइमा पर्छ । कर्णाली अञ्चलका उच्च हिमाली क्षेत्रबाट संकलन गरेर ल्याइने मह प्रशोधन गरेर बजारमा उपलब्ध गराइन्छ । रोयल पोखरा मल्टी ट्रेड लिंकले यसको बजार प्रवद्र्धन गरिरहेको छ । मह पाइने स्थानका बासिन्दाले हन्टिङ गरेर कम्पनीलाई उपलब्ध गराएपछि त्यसलाई प्रशोधन गरेर विभिन्न प्याकेजमा बजारमा उपलब्ध गराउँछ । यो महलाई प्रतिकेजी २५ सय रुपैयाँ पर्छ । यसको प्याकेट ५ सय ग्राम तथा २ सय ५० ग्राममा पनि उपलब्ध हुन्छ । ५ सय ग्रामको १४ सय र २ सय ५० ग्रामलाई ८ सय रुपैया पर्छ । दुर्लभ भीर मौरीको महले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सहयोग पुग्ने बताइन्छ ।