साप्ताहिक संवाददाता
दिनेश डिसी, अध्यक्ष, सिनेमा सर्कल
सनी लियोनले राति ११ बजे कफी खाने प्रस्ताव राखिन् भने ?
उनको बूढासँगै आउँदैनन् भने मात्र स्वीकार गर्छु ।
कुनै अविवाहित नायिकाले विवाहको प्रस्ताव राखिन् भने नि ?
ट्राइ विद राजेशपायल राई भन्छु ।
कुखुरा पहिले जन्मियो कि अण्डा ?
म पोल्ट्रीको विद्यार्थी हुँ, त्यसैले यसमा दिमाग खियाउनुभन्दा पनि यसलाई कुन तरिकाले पकाएर खाने भन्ने कुरालाईचाहिँ महत्वपूर्ण दिन्छु ।
राजेश हमाललाई जस्तै तपाईंलाई पनि महिला बनेर अभिनय गर्ने प्रस्ताव आयो भने ?
सबैभन्दा पहिले बडी वाक्स गराउँछु ।
लिफ्टभित्र कुनै सुन्दर युवतीसँग आधा घन्टा थुनिनुपर्यो भने के गर्नुहुन्छ ?
त्यो त उनमै भर पर्छ, सम्भवत: मैले केही गर्नै पर्दैन कि ?
रसवरी खाँदा त्यो नुनिलो रहेछ भने ?
त्यो पक्कै पनि सुगर लागेको मान्छेले बनाएको होला भनेर चित्त बुझाउँछु ।
बाघले घाँस खान थाल्यो भने के होला ?
रामदेवको टिभी च्यानल हेर्दा–हेर्दा बाघ पनि भेजिटेरियन भएछ भन्ने निष्कर्षमा पुग्छु ।
हरेक श्रीमतीले आफ्ना श्रीमान्प्रति किन शंका गर्छन् ?
यो मानवीय स्वभाव हो । एक–दुई पटक चोर पक्राउ परेको छ भने त त्यस्तो शंका भैरहनु स्वभाविक हो ।
मोबाइल र श्रीमतीमा के फरक छ ?
मोबाइलको नयाँ मोडल आउनेबित्तिकै परिवर्तन गर्न मिल्छ, श्रीमती मिल्दैन ।