साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७३
- भ्यालेन्टाइन डेको स्पट रोमाञ्चक र नौलो हुनुपर्छ ।
- प्रेमी–प्रेमिका, युवा–युवती दुवैले सल्लाह गरेर स्पट छान्नु उपयुक्त हुन्छ ।
- भ्यालेन्टाइन डे मनाउन क्याफे, रेस्टुराँ, पार्क, होटल तथा नजिकैका मनोरम स्थल रोज्नुपर्छ ।
- स्पट छनोट गर्दा प्रेममय वातावरण, रोमाञ्चक स्थान, प्रेम प्रस्तावका लागि उपयुक्त तथा सुन्दर र आकर्षक स्थान छनौट गर्नुपर्छ, जहाँ सम्बन्धमा माधुर्यता छाओस् ।
- अहिले नेपालमा पनि क्याफे, रेस्टुराँ तथा होटलका भ्यालेन्टाइन प्याकेज उपलब्ध हुन थालेका छन् । त्यस्ता प्याकेज पनि रोमाञ्चक हुन्छन् । भ्यालेन्टाइन डेका दिन हरियाली, प्रेमालु तथा आनन्ददायक स्पट छनौट गर्नु उपयुक्त हुन्छ ।
- यतिबेला लामो यात्रामा पनि जान सकिन्छ । त्यस क्रममा रातो गुलाफको फूल दिए यात्रा अझ रोमाञ्चक हुन्छ ।
- घुम्न जाँदा आफूलाई पुग्ने रकम, क्रेडिट कार्डका साथै आवश्यक लत्ताकपडा एवं अन्य सामग्री बोक्न बिर्सनु हुँदैन ।