राजबल्लभ कोइराला /अभिनेता
केही वर्षदेखि प्रवासी भएका अभिनेता राजबल्लभ कोइरालालाई दसैं शब्द नै विशेष लाग्छ । दसैंको सामाजिक, धार्मिक एवं सांस्कृतिक महत्वले आफूलाई सधैं तानिरहने उनी बताउँछन् । वर्षभरि शून्य भएका गाउँ तथा छिन्नभिन्न भएका परिवार पनि दसैंमा एकै ठाउँमा भेला हुने कुराले पनि उनी दसैं भन्नासाथ भित्रैबाट खुसी हुन्छन् ।
केही वर्षदेखि अमेरिकामा दसैं मनाउँदै आएका राजबल्लभ दसैंका बेला आफ्नो मुलुक, गाउँघर तथा साथीभाइलाई तुलनात्मक रूपमा बढी सम्झन्छन् । आफ्नो परिवार अमेरिकामै भए पनि नेपालको वातावरण, आफन्तको बाक्लो जमघट तथा पिङ असाध्यै मिस गर्ने राजबल्लवले यसपालि पनि नेपाल र गाउँ सम्भँmदै अमेरिकामै दसैं मनाउने बताए ।
नवदुर्गाको पूजा गर्दा
सानैदेखि आफ्ना हजुरबुवाले नवदुर्गाको विशेष पूजा आराधना गरेको हेर्दै हुर्किएका राजबल्लभ हिन्दू संस्कार एवं मान्यताहरूप्रति उत्तिकै आस्था राख्छन् । सामान्य पूजामा चोखो पहिरन लगाउने कोइराला नौरथामा नवदुर्गाको पूजा गर्दा भने सादा कुर्ता लगाउँछन् ।
टीका थाप्दा
दसैंकै लागि भनेर नयाँ पहिरन किन्न छाडेका राजबल्लभ टीका थाप्दा ढाकाको टोपी भने छुटाउँदैनन् । उनले हरेक दसैंमा नछुटाई किन्ने नयाँ पहिरन भनेकै ढाकाको टोपी हो । राज दसैं आउन केही समय बाँकी हुँदै ढाकाको टोपीको जोहो गर्छन् भने अरू पहिरनचाहिँ सामान्य नै हुन्छ ।
मेकअप
राजबल्लभ क्यामेराबाहिर कहिल्यै मेकअप गर्दैनन् । सामान्य सनस्क्रिन र मोस्चराइजर क्रिमबाहेक केही नलगाउने उनको भनाइ छ ।