साप्ताहिक संवाददाता
मासु किन खानुहुन्छ ?
स्वादिलो लाग्छ त्यसैले ।
कस्तो खालको मासु मन पर्दैन ?
बोसो धेरै भएको ।
दसैंमा सबैभन्दा धेरै मासु नै खाइन्छ, किन होला ?
पहिले–पहिले जस्तो मासु खानका लागि अब दसैं नै आउनु पर्दैन । प्राय: खाइरहिन्छ ।
त्यसो भए अब के गर्नका लागि दसैं आउँछ त ?
फुर्सद दिन । वर्षभरि खटिएर काम गरिन्छ । फुर्सद निकै कम हुन्छ । दसैं घरपरिवारसँग समय बिताउने समय लिएर आउँछ ।
दसैंमा बन्ने मासुको कुन–कुन परिकार मीठो लाग्छ ?
मलाई खसीको मासु खासै मन पर्दैन । कुखुराकै मासु मीठो लाग्छ । त्यसमा पनि झोल हालेको मासुसँग भात खान रुचाउँछु ।
कसले पकाएको मासुको परिकार मन पर्छ ?
मम्मीले पकाएको मासु मात्र होइन, अरू सबै परिकार मीठो लाग्छ ।
चिकेन, मटन, फिस, बफ र पोर्कलाई मीठो लाग्ने हिसाबले क्रम मिलाउँदा ?
सबैभन्दा पहिले चिकेन, त्यसपछि फिस अनि बफ र लास्टमा मटन । पोर्कचाहिँ मन पर्दैन । बरु बेकन खाने गरेकी छु ।
चिकेन मनपर्नुको कुनै खास कारण छ ?
मासुसँगै हड्डी चपाउन मज्जा लाग्छ, त्यसैले ।
मासु नभै खाना नै खानुहुन्न हो ?
त्यस्तो त होइन, तर मासु बिना कसरी खानु त फेरि ?
मासुको कस्तो परिकार बढी खानुहुन्छ ?
झोल हालेको रसिलो ।
वर्षा राउत/ अभिनेत्री