• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
कहाँ–कहाँ लाग्छ माघी मेला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कहाँ–कहाँ लाग्छ माघी मेला
माघ १, २०७४

माघ १ गतेको मौका पारी देशका विभिन्न नदी, ताल तथा त्रिवेणीहरूमा मेला लाग्छ । ती मेलामा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । त्यस्ता मेला लाग्ने ताल नदी एवं त्रिवेणीहरूमा स्नान गर्दा पूण्य कमाइने जनविश्वास छ ।

देवघाट : मकर संक्रान्तिको दिन चितवनको नारायणगढदेखि १० किलोमिटर उत्तर–पश्चिममा अवस्थित देवघाटमा त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा ठूलो मेला लाग्छ । उक्त संगममा स्नान गरी दान गर्नाले पितृहरूको उद्धार हुने विश्वास रहिआएको छ । यो मेला माघ १ गते लाग्ने नेपालको सबैभन्दा ठूलो मेला हो ।

माइबेनी : इलामको माई तथा जोगमाईको दोभानमा लाग्ने मेलामा नेपाललगायत भारत, भुटानका श्रद्धालुहरूसमेत पुग्छन् । मेलाका अवसरमा लिम्बूको धान नाच, राईको चण्डीनाच, ब्राह्मण–क्षेत्री समुदायको संगिनी तथा मगरको मारुनी नाच्ने चलन छ । 

माइमेला : झापाको कन्काई नदीमा माघे संक्रान्तिका अवसरमा मकर मेला लाग्छ । संक्रान्तिको दिन प्रारम्भ हुने यो मेला पाँच दिन चल्छ । यहाँ स्नान गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । मेला भर्न पूर्वी नेपालका साथै भारतीय सहर सिलिगुडी, दार्जीलिङ, सिक्किम आदिका मानिसहरूसमेत आउँछन् । 

बराहक्षेत्र : अरुण, तमोर तथा सुनकोसी नदीको संगमस्थल सुनसरीको बराहक्षेत्रमा ठूलो मेला लाग्छ । यहाँ आउने धर्मावलम्बीले भगवान् विष्णुको पूजा–आराधना गर्छन् । यो स्थानमा मकर स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ । 

रिडी : गुल्मी, पाल्पा तथा स्याङ्जाको संगमस्थलबाट बग्ने कालीगण्डकी र उक्त नदीको तट रुरु क्षेत्रमा रहेको ऋषिकेश मन्दिरमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्छ । माघे संक्रान्तिका दिन सुरु हुने यो मेला तीन दिन चल्छ । धेरै भक्तजन उपस्थित हुने यो मेलालाई जेठी, माइली र कान्छी संक्रान्तिका रूपमा मनाइन्छ । कालीगण्डकीमा स्नान गरी मेलाको पहिलो दिन ऋषिकेश मन्दिरमा विशेष पूजा–अर्चना गरिन्छ । 

पर्शुरामधाम : डडेलधुराको भित्रीमधेसमा पर्ने जोगबूढा क्षेत्रमा महाकाली नदीको किनारामा अवस्थित पर्शुरामधाममा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गरेको छ । यो मेला भर्न पश्चिम नेपाल तथा भारतका विभिन्न सहरका भक्तजन आउने गरेका छन् । 

तिल माधवनारायण : भक्तपुरको तौमढी टोलमा तिल माधवनारायणको मेला लाग्ने गरेको छ । माघे संक्रान्तिका दिन यो मन्दिरमा चढाइएको घिउ खाए सन्तान नभएका महिलाले सन्तान प्राप्त गर्ने जनविश्वास छ । यो दिन तिल माधवनारायणको मूर्तिमा घिउ दलेर तिल चढाउने र उक्त घिउ र तिल चार दिनपछि झिकेर मन्दीरमा आउने भक्तजनलाई प्रसादका रुपमा वितरण गर्ने चलन छ । 

पनौतीको मकर मेला : काभ्रेको पनौतीमा माघे संक्रान्तिका दिन लीलावती, पुण्यवती तथा रुद्रमतीको संगम त्रिवेणीमा मकर मेला लाग्छ । हरेक १२ वर्षमा कुम्भ मेलाको रूप लिने यो मेलाको प्रचलन लिच्छवी राजा मानदेवबाट प्रारम्भ भएको विश्वास गरिन्छ ।

गोदावरीको मकर मेला : दक्षिण–पूर्वी ललितपुरको गोदावरीमा समेत माघे संक्रान्तिका दिन ठूलो मेला लाग्छ । फूलचोकी माईको पाउबाट प्रवाहित हुने गोदावरी नदीमा मनाइने यो मकर मेलाले पनि हरेक १२ वर्षमा कुम्भ मेलाको स्वरूप धारण गर्छ ।

गोदावारीको मेला कैलाली : कैलालीको गोदावरी नदीमा पनि मकर मेला लाग्छ । यो दिन नदी–किनारमा रहेका भगवान् शिव, गोदावरी भगवती तथा हनुमानको मन्दिरमा विशेष पूजाआजा गरिन्छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनले यही अवसरमा विवाह, व्रतबन्ध गर्नुका साथै मीत लगाउने चलनसमेत छ । यही दिनदेखि यहाँ एक महिनासम्म गोदावारी अमृत महास्नान मेला सञ्चालन हुन्छ ।

पोखराको ढुङ्गे साँघु : माघे सक्रान्तिका अवसरमा पोखराको ढुङ्गेसाँघुमा मेला लाग्छ । यो मेला अवलोकन गर्न हजारौं मानिस ढुङ्गेसाँघु पुग्छन् । मेलाको आकर्षणमा घरायसी सामानको बिक्री, मन्दिरको दर्शन तथा खेलकुद प्रतियोगिता रहँदै आएका छन् । त्यहाँ रहेका सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर, सीता मन्दिर तथा शिव मन्दिर, नारायण मन्दिर, सिद्धेश्वर मन्दिर, गणेश मन्दिरमा बिहानैदेखि साँझसम्म भक्तजनको भीड लाग्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik