• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
प्रेम भएको कति समयपछि यौनसम्पर्क उपयुक्त ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

प्रेम भएको कति समयपछि यौनसम्पर्क उपयुक्त ?
फाल्गुन २, २०७४

प्रेम र यौनका विषयमा मानिसहरूबीच फरक–फरक धारणा छन् । कतिपय प्रेम र यौनलाई जोडेर हेर्छन् भने कतिपयले यसलाई एउटै सिक्काका दुई पाटाका रूपमा अथ्र्याउँछन् तर पछिल्लो समयमा यी दुवै विषयमा खुला बहस हुन थालेका छन् । नेपालमा यस्ता बहस चलिरहँदा विश्वका पहिलो मुलुक भनिने देशमा भने लभ पार्टनर भएको कति समयपछि यौनसम्पर्क गर्नु उचित हुन्छ भन्ने अध्ययन तथा बहस सुरु भएको छ । 

स्वास्थ्यसम्बन्धी सल्लाह तथा जानकारी दिने डाक्टरइडी डटकम अनलाइनले हालसालै प्रेम जोडीको पहिलो यौनसम्पर्कका बारेमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त अनलाइनले प्रेम जोडी भएको कति पछि शारीरिक सम्बन्ध राख्नु उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो । यस्तो अध्ययन विश्वमै पहिलोपटक भएको दाबीसमेत गरिएको छ । 

सबैमा कौतुहल हुन्छ– प्रेम बसेको कति समय पछि यौनसम्पर्क गर्नु उपयुक्त हो त ? प्रेमिल जोडीले शारीरिक निकटताका लागि कति दिनसम्म पर्खनु उपयुक्त होला ? हुन त प्रेम जोडीमध्ये कुनै एकले यौनसम्पर्कका लागि हतार गरे अर्को पार्टनरले उसको मानसिकता नै विकृत छ भन्ने पनि सोच्न सक्छन् । यदि त्यसो हो भने लामो समय चुप लागेर बस्दा पनि अत्याधिक लजालु भएको शंका गरिन्छ । त्यसैले मायामा रहेको जोडीले पहिलो पटक कस्तो बेला यौनसम्पर्क गर्ने ? डीआइडी डटकमका अनुसन्धानकर्ताहरूले यही प्रश्नलाई आफ्नो अध्ययनको विषय बनाएका थिए ।

सर्वेमा भाग लिने ५० प्रतिशत युगल जोडीले पहिलोपटक शारीरिक सम्पर्कका लागि नजिकिन एक हप्तादेखि एक महिनासम्म लागेको बताए । उक्त अध्ययनका लागि १ हजार अमेरिकी तथा युरोपेली प्रेमिल जोडीको सहयोग लिइएको थियो भने अध्ययनमा संलग्न २१ प्रतिशत जोडीले आफ्नो पार्टनरसँग पहिलोपटक यौनसम्पर्क राख्न २ देखि ६ महिनासम्म पर्खिएको बताएका थिए । 

सर्वेमा संलग्न विशेषज्ञहरूले यो अध्ययनका क्रममा एउटा रमाइलो तथ्य पनि फेला पारे । त्यो तथ्य के हो भने यौनसम्पर्कका लागि कुरेर बस्नेहरू बढी तनावमा हुन्छन् । किनभने पार्टनरमध्ये एक जनालाई जुन कुरा सही लाग्छ त्यो अर्कोका लागि गलत पनि लाग्नसक्छ भन्ने उनीहरूको ठम्याइ छ । 

सर्वेको सबैभन्दा महत्वपूर्ण पाटो प्रेमिल जोडीका लागि पहिलो यौनसम्पर्क गर्ने उपयुक्त समय निश्चत हुन्छ कि हँुदैन भन्ने थियो । यो अध्ययनमा संलग्न विज्ञहरूले के निचोड निकालेका छन् भने यौनसम्पर्कको पूर्ण अधिकार प्रेमिल जोडीमै निर्भर हुन्छ । हुनसक्छ कतिपय मानिसले शारीरिक सम्बन्ध राख्नु अघि केही समय लिएर एक अर्कालाई बुझ्ने प्रयास गर्छन् । कोही भने अन्य कुरा विचारै नगरी शारीरिक सम्बन्धलाई प्राथमिकता दिने स्वभावका हुन्छन् । 

फरक अध्ययनमा

गत वर्ष भएको यौनसम्बन्धी अर्को एउटा अध्ययनमा पनि केही रोचक परिणाम देखिएको थियो । उक्त अध्ययनले विवाह अघि दुई वा दुईभन्दा बढीसँग यौन सम्बन्ध राखेकाहरूको विवाह पछिको सम्बन्ध दह्रो भएको देखाएको थियो । पारिवारिक अध्ययनसम्बन्धी एक अमेरिकी संस्थाको उक्त त्यो अध्ययन–प्रतिवेदन गत मार्चमा सार्वजनिक भएको थियो । अध्ययनमा विवाह अघिनै यौनसम्पर्कको अनुभव बटुलेकाहरूको संख्या उच्च रहेको पाइएको थियो । उक्त अध्ययनले अमेरिकामा विवाह अघि एकजना मात्र यौन साथी भएका महिलाको संख्यामा कमी आइरहेको कुरासमेत देखाएको थियो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik