साप्ताहिक संवाददाता
रक्षा जिग्री ब्रो र जिग्री ब्रो रक्षा भए के हुन्छ ?
ब्युटिफूल जिग्री र ह्यान्डसम रक्षा हुन सक्छन् ।
तपाईंको ‘सक्किगो नि त’ ब्रान्ड थेगोमा केपी ओलीले कपी राइट दाबी गरे भने ?
केपी ओलीले भद्रगोल चलाउनुहुन्छ, जिग्रीले देश चलाउँछ ।
मान्छेको आँखालाई सत्य र मुस्कानलाई झूटसँग किन दाँजिएको ?
हाँसो नै पासो भएर होला ।
श्रीमती अरूकी राम्री, छोराछोरी आफ्ना राम्रा किन भनिएको होला ?
वकिलको पेसा चलाउन ।
सूर्य पूर्वमा किन अस्ताउँदैन ?
सूर्यले दैनिक पश्चिम पुगेर सोलमारीमा टुच्च लगाउनुपर्ने भएकाले ।
तपाईकी प्रेमिका अर्कैसँग डेट गरिरहेकी भेटिइन् भने ?
तत्काल प्रेमिकालाई त्यो केटासँग भाइटीका लगाउन लगाउँछु ।
ढुङ्गा खोज्दा देउता फेला पार्नुभएको छ ?
देउता खोज्दाचाहिँ ढुंगा भेटेको छु ।
एक दिनका लागि सुपरम्यान बन्नुभयो भने के गर्नुहुन्छ ?
यो देशको प्रधानमन्त्री धुर्मुस, राष्ट्रपति सुन्तली, गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ, विज्ञानमन्त्री महावीर पुन र स्वास्थ्यमन्त्री डा. गोविन्द केसीलाई बनाइदिन्थे अनि यो देश उहाँहरूकै जिम्मा लगाउँथे ।
कन्डमलाई किन गर्भ निरोधक भनिएको होला ?
होलीमा लोला बनाएर हान्न नमिल्ने भएकाले ।