साप्ताहिक संवाददाता
सुपरम्यानले किन ट्राउजर बाहिर कट्टु लगाएको होला ?
उसको रातो ट्राउजर तिघ्रासम्म मात्र भएर ।
अरूले काम गर्ने आफूले पैसा कमाउने पेसा कुन हो ?
बगलीमारा, खल्तीमा औंला हाल्यो झिक्यो, केही गर्नै परेन ।
नेपालबाट जापान जाने क्रममा चढेको प्लेन बीचैमा अचानक बयलगाडामा परिवर्तन भयो भने के गर्नुहुन्छ ?
बयललाई आकाशमै घाँस ख्वाएर दरो बनाउँछु अनि दरो भएको बयलगाडामा उड्छु ।
हँसाउँदा–हँसाउँदै आफू सुपर फ्लप भए कचौरा बोकेर कुन ठाउँमा बस्नुहुन्छ ?
सुपर, डुपर फ्लप भए पनि कहीँ बस्दिनँ, किनभने त्यति अवसरवादी पनि बन्नु भएन नि ।
सरकारले क्यारिकेचर गर्न प्रतिबन्ध लगायो भने राजाराम पौडेलको पेसा के हुन्छ ?
कागलाई बेल पाक्यो हर्ष न बिस्मात ।
गर्लफ्रेन्डको गालामा झिँगा बसेको देख्नुभयो भने के गर्नुहुन्छ ?
यो काम मेरी गर्लफ्रेन्डको मेकअपको सेन्टले आफैं गर्छ, मैले केही गर्नै पर्दैन । उनको मेकअपको केमिकलले नै त्यो झिँगा मर्छ ।
गुलाब जमुनामा गुलाब कहाँ हुन्छ ?
गुलाबमा जामुन हालेर पकाउने हो, त्यहीँ हुन्छ ।
पिसाबबाट सवारी साधन चल्ने भए ?
कतार–अरब तिर गएका सबै मानिस नेपाल फर्कन्छन् ।
बिहान रक्सी खाने र बेलुका पाठ–पूजा गर्ने भए के हुन्छ ?
पूजा–पाठ गर्ने देउतालाई त्यसको केही मतलब छैन, खाने मुखलाई केही फरक पर्दैन । जुन बेला खाए पनि स्वाद त त्यही हो, जुन बेला पूजा गरे पनि देवता त तिनै हुन् ।