• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
तीज गीतमा हास्य कलाकारको भीड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

तीज गीतमा हास्य कलाकारको भीड
भाद्र २४, २०७५

 

 

केही वर्ष अघिसम्म लोकदोहोरी गीत गाउने गायिकाहरूलाई मात्र तीज लाग्थ्यो । पछिल्ला वर्षहरूमा गायिकासहित गायकहरूलाई समेत तीज लाग्न थाल्यो । तीज विशेष गीतमा गायक–गायिका दुवैको स्वर सुन्न थालियो । नेपाली टेलिभिजनको संख्या तथा यूट्युबको लोकप्रियतासँगै पछिल्ला केही वर्षयता तीज गीतका म्युजिक भिडियोको संख्या समेत बढ्न थाल्यो । पछिल्ला तीन वर्षमा तीज गीतका झन्डै दुई हजारभन्दा बढी म्युजिक भिडियो निर्माण भएको एउटा तथ्यांक छ । तीज गीतका म्युजिक भिडियोको वृद्धिसँगै भिडियोमा अभिनय तथा नृत्य गर्ने कलाकारहरूको संख्या समेत बढेको छ । तीज गीतका भिडियोमा नृत्य गरेर तीज क्विनको उपाधि पाउने नृत्यांगनाहरूको संख्या नै एक दर्जनभन्दा बढी भैसकेको छ । अहिले आएर तीज गीतका म्युजिक भिडियोमा हास्य कलाकारहरूको अभिनय अनिवार्य झैं बन्न थालेको छ । यो वर्ष निर्माण भएका झन्डै ८० प्रतिशत म्युजिक भिडियोमा हास्य कलाकारहरूले नै अभिनय गरेका छन् । 

पाँच वर्षअघि नै अभिनेता सीताराम कट्टेल धुमुर्स तथा मरिचमान श्रेष्ठ बल्छी धुर्वेले तीज गीतको म्युजिक भिडियोमा अभिनय गरेका थिए । गायिका विष्णु माझीको ‘भिनाजु पल्केर’ शीर्षकको उक्त गीतको भिडियो हालसम्म ३१ लाख पटक हेरिएको छ । भिडियोमा धुर्मुसलाई अभिनेत्री सुमिना घिमिरेले साथ दिएकी थिइन् । चार वर्षअघि धुर्मुसले विष्णु माझीकै ‘घुम्रै जुलफी’ गीतको म्युजिक भिडियोमा अभिनय गरे । उक्त भिडियो १७ लाख पटक हेरिएको छ । त्यसयता धुर्मुसले तीज गीतका म्युजिक भिडियोलाई समय दिन भ्याएका छैनन् । 

झन्डै डेढ महिनाअघि सार्वजनिक भएको सन्तोष केसी, राधिका हमाल तथा ललिला पौडेलको तीज गीत ‘आमा’ लाई जिरे खुर्सानीको कमेडी तीज गीतका रूपमा यूट्युबमा अपलोड गरियो । झन्डै २० लाख पटक हेरिएको उक्त भिडियोमा हास्य श्रृंखला जिरे खुर्सानीका लोकप्रिय कलाकार शिवहरि पौडेल, अञ्जु महर्जन, सुनिता गौतम, पुरुषोत्तम भण्डारीसहित लक्ष्मी गिरी तथा रमा थपलियाले समेत अभिनय गरेका थिए । 

हर्के हल्दारका अभिनेता विष्णु सापकोटाले पनि यो वर्ष तीज गीतको भिडियोमा अभिनय गर्न भ्याए । विनोद भण्डारी तथा सम्झना भण्डारीको उक्त गीत झन्डै ७ लाख पटक हेरिसकिएको छ । सन्तोष पन्तको लोकप्रिय हास्य श्रृंखला हिजो आजका कुरामा अभिनय गर्ने कलाकार रमा थपलिया यो वर्ष तीज गीतका म्युजिक भिडियोमा देखा परिन् । सुमन थापा मगरको ‘लाकुरीको रूख’ को भिडियोमा थपलियाले अभिनेत्री सिरु विष्टसँग अभिनय गरिन् । थपलियाले दुई साताअघि सार्वजनिक भएको ‘पाखुरामा ट्याटू’ शीर्षकको तीज गीतको भिडियोमा समेत अभिनय गरेकी छिन् । उक्त भिडियोमा थपलियालाई अभिनेता सुरवीर पण्डितले साथ दिएका छन् । त्यसो त थपलियाले अघिल्लो वर्ष नै अभिनय गरेको इन्द्र जिसी तथा यज्ञ सापकोटाको तीज गीत ‘घर झगडा’ को म्युजिक भिडियो झन्डै साढे आठ लाख पटक हेरिएको छ । उक्त भिडियोमा थपलियालाई हास्य कलाकार सुरवीर पण्डितले साथ दिएका छन् । 

मेरी बास्सैसहित दर्जनौं हास्य श्रृंखलामा अभिनय गरिसकेका सुरवीर पण्डित ‘दाह्री बा’ पनि तीज गीतका म्युजिक भिडियोमा देखिरहने कलाकार हुन् । तीन वर्षअघि नै नमराज पाण्डेको ‘भैंसी साटे झैँ’ गीतको म्युजिक भिडियोमा अभिनय गरेका पण्डितले हालसम्म दर्जनौं तीज गीतका भिडियोमा अभिनय गरिसकेका छन् । अघिल्लो वर्ष उनले मुना थापा मगर, इन्द्र जिसी तथा यज्ञ सापकोटाको ‘घर झगडा’ मा अभिनय गरेका थिए । सुरवीरले दुई महिनाअघि म्युजिक नेपालले अपलोड गरेको ‘किचकिचे घरबेटी’ शीर्षकको तीज गीतको भिडियोमा अभिनय गरेका थिए । उक्त भिडियोमा सूरवीरसहित बल्छी धुर्वे तथा प्याकुली अर्थात् जानुका पौडेलले समेत अभिनय गरेका छन् । 

सरापे उपनामले चर्चित अभिनेता यादव देवकोटा सबैभन्दा बढी तीज गीतका म्युजिक भिडियोमा अभिनय गर्ने हास्य कलाकार हुन् । झन्डै एक महिनाअघि सार्वजनिक भएको गोविन्द चापागाईं तथा माया गुरुङको तीज गीत ‘मर्छु गन गनले’ गीतको म्युजिक भिडियोमा सरापे नै मुख्य भूमिकामा छन् । उक्त भिडियो झन्डै तीन लाख पटक हेरिएको छ । अघिल्लो वर्ष उनले अभिनय गरेका भिडियोमध्ये तेजस रेग्मीको घर झगडा झन्डै ८ लाख पटक हेरिएको थियो । शान्तिश्री परियारको ‘सुन्तला र बदाम’ शीर्षकको यही वर्ष सार्वजनिक तीज गीतको भिडियोमा पनि सरापेले रमाइलो अभिनय गरेका छन् । अघिल्लो वर्ष उनले अभिनय गरेको मुग्लिनको धुलो गीतको म्युजिक भिडियो झन्डै १३ लाख पटक हेरिएको थियो, जसमा सरापेसँगै बिमली अर्थात् सुशिला निरौलाले समेत अभिनय गरेका थिए । तीन साताअघि सार्वजनिक भएको कमल सुशान्तको थोत्रो मोटरसाइकल किन्छु शीर्षकको तीज गीतले पनि दर्शकको मन जितेको थियो । 

अभिनेता कमल गाउँलेले पनि यो वर्ष थुप्रै तीज गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । गाईजात्रे एल्बम सार्वजनिक गरेर चर्चामा आएका अभिनेता गाउँलेले यो वर्ष गायिका कोमल वलीसँग छैन पैसा शीर्षकको गीतमा स्वर समेत दिन भ्याएका छन् ।

तीज गीतमा पनि पदम बा

८१ वर्षको उमेरमा समेत अभिनयमा सक्रिय पदमप्रसाद पौडेलले यो वर्ष थुप्रै तीज गीतका म्युजिक भिडियोमा नृत्य गर्न भ्याए । अघिल्लो वर्ष दुईवटा तीज गीतका भिडियोमा अभिनय गरेका पदम बाको उपनामले परिचित पौडेल यो वर्ष आधा दर्जनभन्दा बढि तीज गीतका भिडियोमा देखिए । पदम बाले कोमल वली तथा प्रज्ञा वलीको आऊ दिदीबहिनीसहित गायक पशुपति शर्माका दुई, मिलन श्रेष्ठको एउटा तीज गीतमा कम्मर मर्काएका हुन् । नालापानी, ऐना झ्यालको पुतली, लै बरी लै तथा शान्ति पदम बाले अभिनय गरेका प्रदर्शनको तयारीमा रहेका चलचित्र हुन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik