कार्तिक १, २०७५
दोस्रो नेपाल मेकअप प्रतियोगिताकी सहभागी मेकअप आर्टिस्ट कञ्चन राईले मोडल सबिनालाई महाकालीको यो रूपमा प्रस्तुत गरेकी हुन् । कालीको रूप दिन कञ्चनले कलरफुल कन्सिलरबाट कालो तथा नीलो कलरले सबिनाको अनुहारदेखि शरीरको देखिने भागसम्म बेस मेकअप गरेकी छिन् ।
रातो कलरको स्याडोले निधारदेखि ओठसम्म मेकअप गरी थर्ड आई, नाक एवं ओठमार्फत कालीको रूपलाई मूर्त रूप दिइएको छ । यसमा सेतो कलरले निधारको आँखा बनाइ ल्याइसेस लगाइएको छ । देवीको स्वरूपलाई अन्तिम रूप दिन शिरमा क्राउन, राक्षसको टाउको तथा कागतीको माला एवं गोल्ड ज्वेलरीहरू प्रयोग गरिएको छ ।
मेकअप आर्टिस्ट : कञ्चन राई
मोडल : सविना भेले
मेकअप समय : डेढ घण्टा
तस्बिर : महेश प्रधान