साप्ताहिक संवाददाता
ग्लिटर लिप्स विद् कलर्ड लाइनर
यो दिन आफ्नो आँखालाई कलरफुल लाइनरले सजाउन सकिन्छ । लाइनरले आँँखाको शेपलाई डिफाइन गर्नुका साथै आइश्याडोको समेत काम गर्छ । वाटरलाइनमा कोल आउट अफ फेसन भएकाले मस्कारा कोट्सका साथमा आइमेकअपलाई कम्प्लीट गर्न सकिन्छ । लिप्समा ग्लीटर बेस्ड लिप कलर प्रयोग गर्नु उपयुक्त हुन्छ । आई मेकअप लाइट छ भने डार्क लिप शेड प्रयोग गर्नुपर्छ ।
ग्लिटर आइज विद लिप प्लमपर
स्पार्कलिङ लिप्सको चाहना छैन भने आँखामा ग्लीटर मेकअप गर्न सकिन्छ । गालामा ब्रन्जरले कान्टोरिङ गर्नुपर्छ । आइब्रोज मुनि पहिरन अनुरुप गोल्ड सिल्भर वा कपर कलरले हाइलाइट गर्नुपर्छ । वाटरलाइनमा गाजलको साटो हाइलाइलिङ शेड प्रयोग गर्न सकिन्छ । आईमेकअप डार्क छ भने मुहारमा मेकअपको सन्तुलन कायम गर्न लिप्समा लाइट शेड जस्तै बेबी पिंक वा लाइटबीचको प्रयोग उपयुक्त हुन्छ ।
ओयल सिल्क ट्रेन्ड विद
न्युड आइ मेकअप
लिप मेकअपको यो लेटेस्ट ट्रेन्ड आजभोलि इन छ । यो लुकका लागि पर्पल, ब्लु तथा ग्रेका मेटालिक शेड्सलाई मर्ज गर्नुपर्ने हुन्छ, जसबाट लिप्समा स्विर्ली अर्थात् धुमावदार इफेक्ट प्राप्त हुन्छ । त्यसपछि माथिबाट ट्रान्सपरेन्ट ग्लासको कोट लगाउनुपर्छ । लिप्समा यो मेस्मराइजिङ लुकपश्चात् आइजलाई भेनिला, बेज वा चकलेट ब्राउन जस्ता न्युड शेड्सले सजाउनुपर्छ र गलामा लाइट पिंक ब्लसअन प्रयोग गर्नुपर्छ ।
कलर्ड स्मोकी विद स्टेन लिप्स
आफ्नो स्कीनलाई मोइश्चराइज गर्न टिन्डिङ मोइश्चराइजर प्रयोग गर्नुपर्छ भने चिकबोन्सलाई हाइलाइट गर्नुपर्छ । आँखामा ड्रेस सुहाउँदो वा कम्पिमेन्टिङ शेड लगाउनुपर्छ र त्यसलाई ब्ल्याक वा स्टील ग्रे शेडले मर्ज गर्नुपर्छ । आइल्यासेजमा आर्टिफिसियल आइल्यासेज लगाउनुपर्छ अनि मस्कारा लगाएर त्यसलाई मर्ज गर्नुपर्छ । आइमेकअपलाई लिप मेकअपसित कम्प्लिमेन्ट गर्न लिप्समा लिप पेन वा क्रेयोन्सले स्टेनिङ गर्नुपर्छ ।
नेल आर्ट
झिलिमिली परिवेशमा आफ्ना नङलाई ग्लिटरी इफेक्टका साथ सजाउन सकिन्छ । यसका लागि ग्लिटर बेस्ड कोट्स प्रयोग गर्नुपर्छ । थ्रीडी आर्टमा स्टड्स वा स्वरोक्सी प्रयोग गरी आफ्नो सिम्पल आउटफिटलाई पनि सुन्दर बनाउन सकिन्छ । यसबाहेक आम्ब्रे ट्रेन्ड पछ्याउँदै नेल आर्ट गराउन सकिन्छ । नेल आर्टको यो शेड्स साडीका साथै लेहेंगा आदिमा खुबै सुहाउँछ ।