साप्ताहिक संवाददाता
स्थानीय युवा र विभिन्न संघ–संस्थाको आयोजनामा विराटनगरमा होली हंगामा कार्यक्रम हुने भएको छ । मन्जिला मुझिज क्रेसनको आयोजनामा विराटनगरमा चैत ६ गते गायिका इन्दिरा जोशीलाई निम्त्याएर होली हंगामा कार्यत्रम आयोजना गर्न लागिएको हो । ऊक्त कार्यत्रममा सबै जाति र वर्गका नयाँ युवापुस्तालाई गायिक जोशीले आफ्ना चर्चित गीत सुनाउने छिन् ।
ऊक्त कार्यत्रमको भोलिपल्ट चैत ७ गते विराटनगरको मुख्य चौकहरूमा होली महोत्सव मनाउने तयारी पनि भैरहेको छ । विराटनगरको महेन्द्र चोक, ट्राफिक चौक, बसपार्क, बगरगाछी आदि क्षेत्रमा आयोजना गरिने होली महोत्सवमा गायक सुमित खड्काले हालीको गीतहरू प्रस्तुत गर्नेछन् ।
होली महोत्सवमा मट्का फुटाउने, रेन डान्स, कन्सर्ट, होलिका दहनसहित विभिन्न रमाइला कार्यक्रम आयोजना गरिने छन् । महोत्सवमा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ । उक्त महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
होलीमा मट्का फुटाउने खेल र मारवाडी समुदायले गर्ने विभिन्न क्रियाकलापका कारण अन्यत्रको तुलनामा विराटनगरको होली केही भिन्न हुने गरेको छ । मारवाडी समुदायले विशेष चाडका रूपमा मनाउने भएकाले होलीको रौनक नै बेग्लै हुने स्थानीय व्यापारी गोपाल अग्रवालले बताए । मारवाडी युवा मञ्च, मारवाडी महिला मञ्च, मारवाडी सेवा समिति जस्ता संस्थाहरूले प्रत्येक वर्षको होलीमा भिन्दा–भिन्दै कार्यक्रम आयोजना गर्छन् ।