साप्ताहिक संवाददाता
काठमाडौंसहित देशका प्रमुख सहरका टेलिभिजन तथा रेडियो स्टेसनले रेडियो कान्तिपुरकै सिको गर्दै कर्पोरेट शैलीको होली मनाउन थालेका छन् । सञ्चार गृहहरू मात्र होइन, अहिले व्यवसायिक इभेन्ट म्यानेजरहरूसमेत होलीलाई ठूलै उत्सवको स्वरूप दिन एक महिना अघिदेखि नै तयारी गर्न थाल्छन् । वास्तवमा १२ वर्षअघि साइबरसंसार डटकमले होली मनाउने नयाँ परम्पराको थालनी गरेको थियो ।
नेपालको पहिलो मनोरञ्जन इन्टरनेट पोर्टल साइबरसंसारले चलचित्र तथा सांगीतिक क्षेत्रका लोकप्रिय सेलिब्रेटीहरूसँग वर्षको एक दिन रमाइलोसँग बिताउने उद्देश्यले होलीको दिनलाई छनौट गरेको थियो ।
पछिल्ला केही वर्षयता फागु पूर्णिमा अर्थात होलीको उमंगले कर्पोरेट स्वरूप प्राप्त गरेको छ । एक दशकभन्दा अघि रेडियो कान्तिपुरले ‘होली हंगामा’ कार्यक्रमको आयोजना गर्दै कर्पोरेट होलीको अवधारणामा होली मनाउन थालेको हो । पछिल्ला केही वर्षयता कर्पोरेट होलीले अधिकांश रेडियो स्टेसन तथा टेलिभिजन च्यानललाई व्यस्त बनाएको छ । लोकप्रिय कलाकार तथा गायक–गायिकाहरूलाई बोलाएर, उनीहरूका लोकप्रिय गीत प्रस्तुत गर्न लगाएर तथा सर्वसाधारणलाई समेत उपस्थित गराइने होली विशेष पार्टीको क्रेजका कारण सहर–बजारमा सभ्य होली खेल्ने परम्परा थालनी भएको मानिन्छ । काठमाडौंसहित देशका प्रमुख सहरका टेलिभिजन तथा रेडियो स्टेसनले रेडियो कान्तिपुरकै सिको गर्दै कर्पोरेट शैलीको होली मनाउन थालेका छन् ।
सञ्चार गृहहरू मात्र होइन, अहिले व्यवसायिक इभेन्ट म्यानेजरहरूसमेत होलीलाई ठूलै उत्सवको स्वरूप दिन एक महिना अघिदेखि नै तयारी गर्न थाल्छन् । वास्तवमा १२ वर्षअघि साइबरसंसार डटकमले होली मनाउने नयाँ परम्पराको थालनी गरेको थियो । नेपालको पहिलो मनोरञ्जन इन्टरनेट पोर्टल साइबरसंसारले चलचित्र तथा सांगीतिक क्षेत्रका लोकप्रिय सेलिब्रेटीहरूसँग वर्षको एक दिन रमाइलोसँग बिताउने उद्देश्यले होलीको दिनलाई छनौट गरेको थियो । त्रिपुरेश्वरस्थित साइबर संसारको तत्कालीन कार्यालयको चौडा छतमा विभिन्न रंग, खाद्य तथा पेय पदार्यको व्यवस्था गरिएको थियो । लोकप्रिय गायक–गायिका, साइबरसंसारबाट उदाएका मोडल तथा नजिकका साथीहरू गरी करिब ५० जना होली खेल्न निम्त्याइएका थिए । साइबर संसारले उक्त होली पिकनिक शैलीमा मनाएको थियो । ऊक्त कार्यत्रमका तस्बिर सार्वजनिक भएपछि त्यसपछिका वर्षको होली कर्पोरेट शैलीमा मनाउन थालिएको साइबर संसारका अनुभव कसजु स्मरण गर्छन् ।
कतिपय इभेन्ट म्यानेजरहरू कर्पोरेट होलीको क्रेज बढ्नुमा पार्टी प्यालेस तथा ब्याङ्केटहरूको संख्या वृद्धि हुनुलाई प्रमुख कारण मान्छन् । घर–घरमा होली मनाउँदा घर पनि फोहर हुने, पानीको अभाव हुने तथा खानपिनमा पनि धेरै समय खर्च गर्नुपर्ने भएकाले साथीभाइ मिलेर पार्टी प्यालेसमा भेला भएर होली मनाउँदा रमाइलो अनि पर्व मनाएजस्तो हुने तथा साथीभाइहरूसँग भेटघाट समेत गर्न पाइने कारणले कर्पोरेट शैलीका होली–पार्टी बढेको इभेन्ट म्यानेजर प्रभात रिमालको भनाइ छ ।
करिश्मा मानन्धरको निवासमा खेलिने होलीदेखि मण्डला थिएटरमा खेलिने होलीले समेत कर्पोरेट होलीको स्वरूप लिइसकेका छन् । लामो समयदेखि होली विशेष इभेन्ट आयोजित गर्दै आएका धीरज तण्डुकार भन्छन्– होली विशेष कार्यक्रमको छुट्टै रमाइलो छ ।