साप्ताहिक संवाददाता
श्रावण ३१, २०७६
सेलिब्रेटी सञ्चारकर्मी रवि लामिछाने तथा सफल निर्माता छवि ओझाले हालै मात्र सुटुक्क मीत लगाएको जानकारी प्राप्त भएको छ । दुवैले तेस्रो तथा चौथो पटक विवाह गरेकाले श्रीमतीका मामिलामा ठ्याक्कै एउटै स्वभाव भएकाले उनीहरूले मीत लगाउने निर्णय गरेको बताइन्छ ।
लामिछानेले यो मितेरी साइनो अटुट रहने कुरा बताउँदै यसलाई बहुपत्नी प्रथाको पक्षमा ऐतिहासिक कदम भएको बताएका छन् भने छविले आफ्नो मितेरी साइनोलाई अझ दिगो एवं दरिलो तुल्याउन आफूहरू एक–एक श्रीमती थप ल्याउने तयारीमा रहेको जानकारी दिएका छन् ।