साप्ताहिक संवाददाता
श्रावण ३१, २०७६
अभिनेत्री करिश्मा मानन्धरले अघिल्लो महिना जीवनकै सबैभन्दा ठूलो शैक्षिक उपलब्धि हासिल गरेको समाचार सार्वजनिक भयो । समाचारमा उनले एसईईमा बी ग्रेड ल्याऐको बताइएको थियो ।
काठमाडौंका विभिन्न महँगा कलेजले उनलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति दिने घोषणा समेत गरेका थिए तर करिश्मा आम नागरिक सरह एउटा सामुदायिक कलेजमा प्लस टुमा भर्ना भइन् ।
यद्यपि भर्ना गर्ने क्रममा कलेजले करिश्माको एसईईको सर्टिफिकेट नै नक्कली भएको फेला पारेको छ । दुःख गरेर दिएको एसईईको सर्टिफिकेट नै नक्कली भएपछि करिश्मा अहिले दोधारमा परेको बताइन्छ ।
क्याम्पस भर्नाका क्रममा एसईईको प्रमाणपत्र नै नक्कली भएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन सुरु गरिसकेको फिल्म जर्नालिस्ट दिनेश सिटौलाले एक अनलाइनलाई जानकारी गराएका छन् ।