तर्सिएर चिच्याउँछु

- साप्ताहिक संवाददाता

भाद्र १, २०७६

नमुना गिरी, कमेडी सर्कल

तपाईंको ब्वाइफ्रेन्डले तपाईंलाई अर्कैसँग डेटिङ गरिरहेको फेला पार्‍यो भने के होला ? 

समस्या यहीँ छ, मेरो ब्वाइफ्रेन्ड नै छैन । 

सुतिरहेको खाट अचानक भाँचियो भने के गर्नुहुन्छ ? 

तर्सिएर चिच्याउँछु, त्यसपछि भुइँमा सुत्छु । 

ब्वाइफ्रेन्डले कपाल सुमसुम्याउँदा आफ्नो टाउकोमा जुम्रा फेला पर्‍यो भने ?

जुम्रा मार्देऊ भन्छु नि । 

तपाईंलाई जोगी वा धामी–झाँक्रीजस्तो फुकेर केही कुरा गर्ने शक्ति प्राप्त भयो भने ? 

त्यस्तो शक्ति पाए परीक्षामा धेरै नम्बर ल्याएर बोर्ड टपर हुन्थें । 

तपाईंलाई एकैपटक ६ जना केटाले प्रेम प्रस्ताव राखे रे नि त ? 

हो नि ! तपाईंजस्तो पत्रकारले यस्तो ‘हक केक’ न्यूज पनि थाहा नपाउने ? 

फेसबुक अचानक फेकबुकमा परिणत भयो भने के होला ? 

अहिले पनि त फेकबुकजस्तै त छ नि । 

धूलोले अक्सिजन दिन थाल्यो भने ? 

सास फेर्छु । 

तपाईंको मोबाइलमा अचानक पोर्न भिडियो चल्न थाल्यो भने ? 

बन्द गर्दिन्छु । 

तपाईं धाराबाट पानीको साटो बियर मात्र आउँछ हो ? 

त्यही भएर सधैं गाग्री थाप्ने गरेकी छु । ट्यांकीमा पनि टन्न बियर हुन्छ । प्रत्येक महिनाको ३६ र ६३ गते आउनुहोला, फ्रीमा ख्वाउँछु ।

परफ्यूमबाट वासना आउनुको साटो दुर्गन्ध आउन थाल्यो भने के गर्नुहुन्छ ?

म परफ्युम प्रयोग गर्दिन त्यसैले केही फरक पर्दैन । 

सुनको मूल्य घटेर तोलाको ५ हजार भयो भने ? 

सुनकै मोबाइल किन्थें अनि सुनको दाँत लगाएर ङिच्च–ङिच्च हाँस्दै हिँड्थें ।

 

प्रकाशित :भाद्र १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्