• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
महिला स्वतन्त्रताको पर्व
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

महिला स्वतन्त्रताको पर्व
भाद्र १५, २०७६

युग बदलियो, मानिसहरूको सोच बदलियो, समय र समाज परिवर्तन हुँदै गयो तर हाम्रा पर्व एवं संस्कृति जोगाउने र त्यसलाई निरन्तरता दिने कुरामा हामी नेपाली अडिग छौं । यसभिक्रका केही त्रियाकलापमा परिवर्तन आए पनि चाडको चुरो भने यथावत् छ । पर्वको मर्मलाई मर्न नदिई समयसँगै परिवर्तन हुँदै जानु स्वाभाविक भएको समाजशास्त्री निर्मला ढकाल बताउँछिन् । उहिले र अहिलेको समय, मानिसहरूको पेसा–व्यवसाय तथा शैक्षिक, सामाजिक चेतनास्तरलाई उसैगरी दाँज्न मिल्दैन । चाडबाड मनाउनेमा मात्र नभएर हरेक कुरामा परिवर्तनको गति तीव्र छ । ढकाल भन्छिन्– ‘पहिलो कुरा त मानिसहरू शिक्षित र सामाजिक हुँदै गए, एक्सपोजर र आय बढ्न थाल्यो, जसले समाज परिवर्तनमा बलियो भूमिका खेल्न थाल्यो । लाउने, खाने, हिँड्ने, व्यवहार गर्ने, पर्व मनाउने कुरामा पनि त्यसको प्रभाव पर्दै गयो ।’ ढकालका अनुसार अहिलेका महिलाहरू हरेक कोणले सशक्त छन् । निर्णयको अधिकार, आर्थिक अधिकार, शैक्षिक, सामाजिक एवं राजनीतिक अधिकार उनीहरूलाई राज्यले नै प्रदान गरिसकेको अवस्था छ । यस्तो अवस्थामा उनीहरू स्वतन्त्र रूपमा आफ्नो जीवनलाई कसरी खुसी राख्ने भन्ने छनोटमा जान सक्छन् । तुलनात्मक रूपमा सशक्त हुँदै गएको तीजका सम्बन्धमा केही विशेषज्ञको विषयगत धारणा : 

शान्तालक्ष्मी श्रेष्ठ

जेण्डर इक्वालिटी एण्ड सोसल इन्क्लुजन एक्सपर्ट तथा महिला अधिकारकर्मी

स्वतन्त्रताको प्रयोग अनुकरणीय व्यक्तिहरुले अनुकरणीय ढंगले गर्नुपर्छ । महिलालाई भोग्यरुपमा प्रयोग गर्ने, महिलालाई प्रजननकै कारण छुवाछुत गर्ने र उनीहरुलाई सम्पत्ती कमाउने रुपमा प्रयोग गरिदै आएको । सोही क्रममा आज हरेक कुरा आवश्यकता भन्दा पनि लक्जरी तर्फ उन्मुख देखिन्छ जुन महिला स्वतन्त्रता र देशकै लागी राम्रो भइरहेको छैन् । यसलाई नियमन गर्न जरुरी छ जसलाई हामी आफैंले नियमन गर्ने हो । महिलाको शरिर वस्तुको रुपमा देखाउने र देखिने कुरा होइन् यसैका कारण उपेक्षित र गरिबीकरण बढ्दैछ नसक्ने महिलाहरुमा । अधिकार प्रयोग गर्दा कर्तव्यको ख्याल गर्नुपर्छ । महिलाको प्रजनन अधिकार र क्षमतालाई कुण्ठित पार्न लाई उनीहरु आफैंलाई हेयका नजरले हेर्दै र शंका गर्दै तीज भन्ने पर्व शुरु गरियो, जुन प्रजनन् र महिनावारीसंग जोडिएको छ । ३ सय ६५ वटा दतिवन टोकेर रजस्वला हुंदा भुलवश छोइएको पाप नष्ट हुन्छ भन्ने गलत मानसिकता भरिदिएकै कारण हामी त्यसैमा जकडिएर किन बस्ने ? त्यसैलाई किन पछ्याउने ? जबकि महिनाबारी भनेको महिलामा हुने प्राकृतिक प्रकृया हो जुन भएन भने बच्चा जन्मिदैन् । गाउंगाउंमा आमा समुह गठन भइसकेको र गाउं प्रतिनिधी आइसकेको अवश्थामा यस्ता कुरा रुपान्तरित हुनुपर्छ । त्यसपछि मात्र हामी मानवका रुपमा स्थापित हुनेछौं । यस्ता गलत प्रथा र संस्कारबाट माथि उठेर नविन संस्कार तथा संस्कृति को शुरुवात गरौं । महिला दिवस, मानव दिवस मनाऔं , यसको सही सुचनालाई समुदायसम्म पुर्याऔं । संस्कारका रुपमा महिला माथिको हिंसाको अवशेषलाई निरन्तरता दिनु भन्दा नया संस्कार शुरुवात गरी नयां कामको सृजना गरौं । 

कुमारी खरेल, अधिवक्ता

कानुन एउटा संयन्त्र हो । जुन समग्र जनसंख्या, भूगोल, धार्मिक–सामाजिक अवस्था स्थिति हेरेर निर्माण गरिन्छ । पर्व मनाउने कुरामा यसले सबैलाई समान ढंगले बिनाभेदभाव समेट्नुपर्छ । हामी कुन समाजमा, कुन रीतिरिवाज र स्तरमा छौं भन्ने कुरा बुझेर यसको निर्माण एवं कार्यान्वयन जरुरी देखिन्छ । जहाँसम्म पार्टी वा समारोहमा निश्चित संख्यामा सहभागी हुने भन्ने कुरा छ, त्यो सामाजिक हित र आयोजना गर्ने व्यक्ति वा परिवारको आर्थिक भारलाई ध्यानमा राखी गरिएको कुरा हो । अन्यथा हरेक महिलाले आफ्नो वाक् स्वतन्त्रता, खुसी हुन पाउने अधिकार प्रयोग गर्न पाउँछन् जुन हाम्रो मौलिक हकमै उल्लेख छ । गरगहना प्रदर्शन व्यक्तिको रुचि र इच्छाको कुरा हो । कोही आफूसँग भएर पनि प्रदर्शन गर्दैनन्, त्यसमा चाख हुनेले लगाउँछन् । यो वैयक्तिक विषय हो । तीजलाई महिला स्वतन्त्रतालाई प्रमाणित गर्ने ढंगले परिणाममुखी बनाउन सके यो वास्तवमै महिला हितका लागि हुनेछ । 

दुर्गा थापा, अर्थशास्त्री

म तीजलाई महिलाको आर्थिक पाटोसँग जोडेर हेर्न चाहन्छु । जति महिलाको आय बढ्दै गयो अर्थात् उनीहरू आर्थिक रूपमा सशक्त हुँदै गए, त्यति नै महिला निर्णायक क्षमता वृद्धि हुँदै जाने हो । पछिल्लो समय देखिएको महिला स्वतन्त्रता र उनीहरूको छनोट मुताविकका क्रियाकलाप त्यसकै परिणाम हो । महिलाले तीज मनाउने सन्दर्भमा कुरा गर्दा अहिले देखिएको ट्रेन्डलाई म गलत नै भनिहाल्न चाहन्नँ । एउटा व्यक्ति होस् वा परिवार अथवा संघ–संस्था नै किन नहुन्, मानसिक रूपमा तरोताजा र तन्दुरुस्त भए त्यसको परिणाम दोब्बर हुन्छ । एक वा दुई दिनको रिफ्रेसमेन्टले मानिसमा वर्षभरिलाई उत्साह, जाँगर एवं जोस थप्न मद्दत पुर्‍याउँछ । संघ–संस्थाले जहिले पनि आफ्ना कर्मचारीबाट कसरी ‘रेभेन्यु कलेक्सन’ गर्ने भन्नेतर्फ मात्र ध्यान नदिई कसरी उनीहरूलाई शारीरिक एवं मानसिक रूपमा खुसी र उत्साहित बनाएर त्यसको परिणाम संस्थाभित्र ल्याउने भन्ने पनि हेर्नुपर्छ । तसर्थ संघ–संस्था तथा कार्यालयहरूले पनि महिला कर्मचारीहरूलाई उत्प्रेरित गर्न तीज कार्यक्रम राख्न सक्छन्, जसले संस्थाको प्रगतिमा थप सहयोग त पुर्‍याउँछ नै, साथै कर्मचारीहरूले संस्थामा अपनत्व महसुस गर्न सक्छन् । संस्थाप्रति उनीहरूको लगाव बढ्दै जान्छ, जसले नाफाका लागि भूमिका खेलिरहेको हुन्छ । यही कुरा पछि गएर मुलुकको गार्हस्थ्य उत्पादनसँग जोडिन्छ । यही कुरा गृहिणीहरूमा पनि लागू हुन्छ । यदि गृहिणी भित्रैदेखि खुसी भइन् भने घर र परिवारप्रति उनमा थप जिम्मेवारी महसुस हुँदै जान्छ । अर्थशास्त्रले कमाएको पैसा थुप्राएर नराख, त्यसलाई पुनः लगानी गर भन्छ । पैसा कमाउने भनेको खुसी हुनकै लागि हो । कतिपय खुसी पैसाले किन्न नसक्ने हुन्छन् । महिलाहरू तीज मनाएर खुसी हुन्छन् भने त्यसलाई अनुत्पादक फजुल खर्च भन्न मिल्दैन । यद्यपि अर्काको देखासिकीमा ऋण काढेर सुनका गहना जोड्ने, सारी किन्ने, पार्टी गर्ने कुरा भने अनुत्पादक र फजुल खर्चभित्र पर्छन् । 

पूजा जोशी, व्यवसायी

आफ्नो गच्छेअनुसार खुसीपूर्वक तीज मनाउनु राम्रो कुरा हो । अंग्रेजीमा एउटा भनाइ छ– ‘ह्याप्पिनेस इज च्वाइस, नट अ रिजल्ट ।’ भित्री इच्छाद्वारा गरिएका कार्यले मानिसमा खुसी ल्याउँछ । हामीले वर्षको एक दिन पनि खुसीपूर्वक आफूलाई मन लागेको कुरा गर्न नपाउने ? जतिसुकै धनी हुन् वा गरिब, पर्व मनाउने त एक दिन हो नि । हामी ३ सय ६५ दिनै पार्टी खाएर हिँडेका त छैनौं नि । कसैले कुन दिन त कसैले कुन दिन दर खाने कार्यक्रम राख्ने भएकाले पनि यो बाक्लो र ग्ल्यामरस देखिएको हो । हुनेले देखाउँछन्, नहुनेले देखाउँदैनन् । मेरो नि पुग्दो गरगहना छ तर म दर कार्यक्रममा सहभागी हुँदा, नक्कली झुम्का लगाएर जान्छु, यो मेरो इच्छा हो । म आफैं कमाउँछु, मेरो खुसीका निम्ति निर्णयको अधिकार म आफैंमा निहित हुनुपर्छ । आफैं कमाउने हो, आफैं रमाउने हो । जुन मेरो अधिकार पनि हो । मेरी आमा वा हजुरआमाको पालामा जस्तो अर्काका बारे चियो–चासो प्रचलन अहिले आएर घट्दैछ । हामी एकदिन रमाइलो गर्नेलाई सरकारले किन रोक्ने ? सरकार यस्ता झिनामसिना कुरामा अल्झनुभन्दा देशका मुद्दाहरूमा केन्द्रित होस् । भ्रष्टाचार रोकियोस् अनि मात्र सरकारको सफलता देखिन्छ । दर खान सरकारले पैसा दिएको छ र हामीलाई रोक्नलाई ?

महिमा शाह

सचिव, आसरा सुधार केन्द्र 

तीजले महिलालाई एकत्रित हुन र सम्बन्ध बलियो बनाउन भूमिका खेल्छ । आम समय व्यस्त हुनेहरू पनि यो बेला एउटै थलोमा जम्मा भएर रमाउने, खुसी हुने, नाचगान गर्दै आफ्ना इच्छा प्रस्तुत गर्छन् जुन नेपाली संस्कारको अत्यन्तै सुन्दर र आकर्षक पक्ष हो । तीजकै नाममा घरभित्र मात्र सीमित चेलीले मनभित्र गुम्सिएका भावना व्यक्त गर्न पाउँछन् जसले उनीहरूको जीवनशैलीमा ऊर्जाशील हुन मद्दत गर्छ । तीजकै लागि भनेर किन नहोस्, नारीहरू नयाँ पहिरनमा सजिन पाउँछन् भने नेतृत्व तहमा बसेका महिलाहरूले महिलाका लागि फलदायी कार्यक्रम गर्ने अवसर प्राप्त गर्छन् । तीजलाई नयाँ ढंगले मनाउने प्रचलन पनि बढ्दैछ । यो अवसरमा अहिले महिलाहरूले सामाजिक हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका हुन्छन् । यसको प्रभाव भावी पुस्ता र समुदायमा समेत पर्छ । यस्ता कार्यले संस्कार र संस्कृति हस्तान्तरण एवं सामाजिक कार्यका लागि अरूलाई उत्प्रेरित पनि गर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik