सर्वोत्कृष्ट बन्यो  शाही जोडीको भ्यालेन्टाइन फोटो

- साप्ताहिक संवाददाता

फाल्गुन २, २०७६

भ्यालेन्टाइन डेका सन्दर्भमा साप्ताहिकले सामाजिक सञ्जालमा आयोजना गरेको फोटो प्रतियोगितामा विष्णुविक्रम शाहीको जोडी प्रथम भएका छन् । साप्ताहिकको फेसबुक पेजबाट सञ्चालन गरिएको प्रतियोगितामा सुरज सिर्जना पोखरेल र अर्जुन खपाङ्गीको जोडीले क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरे । 

माघको तेस्रो साताबाट आह्वान गरिएको प्रतियोगितामा प्रतियोगीले पठाएको फोटोलाई साप्ताहिकको आधिकारीक फेसबुक पेजमा अपलोड गरेको तस्विरमा आएको लाइकलाई आधार बनाएर विजेता चयन गरिएको हो । २ सयको हाराहारी आएका प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिएको थियो । यो प्रतियोगितामा सुरेन श्रेष्ठ र सविन ओझाको जोडीले चौथो र पाँचौं स्थान हात पारेका छन् । प्रतियोगितामा रोजिना बराल, अन्जु बराल, रञ्जन खरेल, कल्पना काफ्ले सुवेदी र सुमन शाक्यको जोडीले क्रमश: छैटौंदेखि दसौं स्थान हासिल गरेका छन् । 

प्रतियोगितामा पहिलो हुने जोडीले पोखरास्थित होटल क्राउन हिमालयमा २ रात ३ दिन बिताउन पाउनेछन् । दोस्रोदेखि पाँचौँ  हुने जोडीले वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा लन्च वा डिनर गर्न सक्नेछन् । छैटौंदेखि दसौं स्थान प्राप्त गर्ने विजेतालाई निभियाका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।  

प्रकाशित :फाल्गुन २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×