• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. प्रोफाइल
प्रोफाइल
तेस्रो पुस्ता पर्खिरहेका प्रदीप
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कला अनुरागी

तेस्रो पुस्ता पर्खिरहेका प्रदीप
चैत्र ८, २०७६

दोस्रो जनआन्दोलनपछि पहिलो चुनाव हुँदै थियो । मदन भण्डारी र गोल्छे सार्कीको भाषण क्यासेटमा सारी–सारी सुनिने समय । त्यही सन्दर्भमा सिन्धुली, खुर्कोट पुगे–गोल्छे सार्की । भीड उर्लियो, उनको भाषणमा गड्गडाहट ताली बज्यो । जब साँझ पर्‍यो, उनले कुनै गैरदलितको घरमा बास पाएनन्, होटलमा पनि उनलाई कसैले स्वागत गर्न सकेन । विकल्प थियो–दलित बस्ती । एक परियार परिवारको घरमा उनी बास बसे । त्यही घरमा हुर्किरहेको एक किशोरको मस्तिष्कमा यो घटनाले हलचल ल्याइदिएको थियो । तिनै किशोर थिए–प्रदीप परियार । जसले गत साता स्विट्जरल्यान्डको डाभोसस्थित ‘वल्र्ड इकोनोमिक फोरम’ ले हरेक पाँच वर्षमा दिँदै आएको ‘योङ ग्लोबल लिडर्स–२०२०’ पाए । 

युवा सशक्तीकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा उनले पुर्‍याएको योगदान र सम्भावनाका आधारमा एवार्ड प्रदान गरेको फोरमले जनाएको छ । 

नौ कक्षामा पढ्दाको घटना सम्झँदै उनी भन्छन्–‘सार्कीसँगको त्यो भेटले मलाई विभेदसँग लड्न भित्रैबाट उत्प्रेरित गर्‍यो । राजनीतिको त्यो तहमा पुग्दा पनि उहाँमाथि गरिएको विभेदले मलाई धेरै गम्भीर बनायो । विभेद अन्त्यका लागि कठिन संघर्षको विकल्प रहेनछ भन्ने कुरा मेरो कलिलो मस्तिष्कमा कुँदियो ।’ 

त्यसो त, उनले स्कुले जीवनमा प्रत्यक्ष विभेदका अनेकन शृंखला भोगेकै थिए । छोएको निहुँमा दुव्र्यवहार भोगेका थिए, होटलमा पनि आफूले खाना खाएको भाँडा माझ्नुपरेको थियो । पढ्दा आफू बाहिर, गैरदलित साथीहरू भित्र बस्थे । त्यसका बाबजुद हुलाकमा जागिरे बुवाको बलबुँतामा उनको शिक्षादीक्षा अघि बढ्यो । एसएलसीपछि काठमाडौं आएर आफ्नो संघर्षको यात्रा सुरु गरे । विभेदको तह यहाँ छद्म थियो, तर अझ घना । गैरदलितले डेरा दिन अस्वीकार गरेको घटना उनका लागि नौलो रहेन । एक मुस्लिम परिवारमा उनले डेरा–आश्रय लिए । त्यहीँबाट उनले विभेदविरुद्ध संघर्षका खाका कोरे ।

दलित सेवा संघ, नेपाल युवा संस्थालगायतमा संलग्न भएर समाजको संरचना बुझ्न र विभेदको जरो पत्ता लगाउन थाले । बहस–पैरवी सुरु गरे । उनको त्यो अभियानले विभिन्न सन्दर्भमा विदेशसम्म पुर्‍यायो, युवा मन्त्रालयको ‘युथ लिडरसीप एवार्ड’ दिलायो । ‘योङ ग्लोबल लिडर्स (वाइजिएल)–२०२०’ त्यसैको पछिल्लो कडी हो । 

‘यो अत्यन्तै सम्मानित एवार्ड हो । अहिले मसँगै एवार्ड पाउनेमा फिनल्यान्डका प्रधानमन्त्री, भूटानका मन्त्री, व्यावसायिक संस्थाका सिइओहरू छन्’ प्रदीप भन्छन्–‘यसले नेपालको युवा आन्दोलनमा ठूलो योगदान पुग्छ भन्ने मलाई लाग्छ ।’ उनी यस एवार्डबाट नेपाली युवा आन्दोलनका साथै सीमान्तकृत एवं दलितको मुद्दा स्थापनामा आफूले खेलेको भूमिकाले पहिचान पाएको बताउँछन् ।
०००

एवार्डमा उद्घोष गरिएझैं समाजमा शान्ति निर्माण उनको पहिलो प्राथमिकता हो । तर, यहाँ शान्तिको परिभाषा नै द्विविधाग्रस्त छ । ‘प्रत्यक्ष हिंसा नदेखिनु नै शान्ति हो भन्ने हाम्रो बुझाइ छ । तर जहाँ विभेद हुन्छ, त्यहाँ हिंसा भइरहेकै हुन्छ’, उनी प्रस्ट्याउँछन्, ‘विभेदरहित समाजमात्रै शान्तिपूर्ण हुन्छ ।’ उनी नेपाली समाज नामको सफा कार्पेटमुनि अनेकन कुँडाकर्कट देखिरहेका छन् । त्यहाँ छन्–सशस्त्र द्वन्द्वले दिएको घाउ, जो उकुच पल्टिरहेको छ । पीडितहरूको हृदय चिरिने आर्तनाद उस्तै छ । शान्ति निरूपण आयोग अलपत्र छ, बेपत्ताका परिवारमा उस्तै बेचैनी छ । विभेदको परिमार्जित संस्करण विकास भइरहेको छ । दलितलाई डेरा नदिने समस्या आजकै दिनमा पनि उत्तिकै छ । महिलामाथि विभेद छ, मधेसमाथि उत्पीडन छ ।

त्यसैले युद्धका बेलामात्रै होइन, हाम्रो जस्तो समाजमा हरेक समय शान्तिको बहस भइरहनुपर्ने उनको तर्क छ । उनी भन्छन्–‘सतहमा जमेको बरफ देखाएर त्यसमुनिको पानीलाई बेवास्ता गरियो भने डुबिन्छ । अहिले मैले प्रत्यक्ष विभेद भोगेको छैन, तर दलितसँग बस्न मन नलागेपछि फोन आयो है भनेर हिँड्नेहरू त भेटिरहेकै छु ।’ यस्तो विभेदले शान्तिलाई खल्बल्याइरहने उनको निष्कर्ष छ ।
०००

मधेस आन्दोलनपछिसम्म पनि एयरपोर्टको बाथरूमअगाडि ढाका टोपी लगाएको मान्छेको फोटो राखेको देखेपछि उनले जनयुद्ध र आन्दोलनपछि बनेको राज्य पनि संवेदनशील छैन भन्ने निष्कर्ष निकालेका हुन् । उनी भन्छन्–‘राज्यले हरेक नागरिकलाई अपनत्वबोध गराउनै सकेको छैन । त्यहाँ त कम्तीमा गम्छा काँधमा राखेको फोटो हुनुपर्ने हो नि †’ राज्यको सोच र संरचना अहिले पनि उस्तै रहेको उनको बुझाइ छ । 

सिंगापुरको ट्रेन–लाइनमा अंग्रेजी, चाइनिज र मलेसियन गरी तीन भाषामा ‘उद्घोषण’ गर्ने गरिएको उदाहरण दिँदै प्रदीप राज्यप्रति नागरिकलाई अपनत्वबोध गराउने हो भने विविधतालाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिन्छन् । तर यहाँ शान्तिप्रक्रियापछि समावेशीकरण र आरक्षणमार्फत केही सकारात्मक प्रयत्न थालिए पनि विस्तारै विभिन्न छिद्र खोजेर त्यसको गला काटिँदै गएको उनको अध्ययन छ । त्यसका लागि सिंहदरबारको नेमप्लेट हेर्दा, बढुवाको सूची आउँदा वा राजनीतिक दलका मुख्य नेताहरू हेर्न सुझाउँछन् । 

‘कम्युनिस्ट पार्टी त नेवारहरूले स्थापना गरेको । तर, त्यसको स्थायी समिति सदस्य हुन जनजातिलाई नै कोटा चाहिने यस्तो स्थिति आउन लाग्यो । के यो साँच्चै गम्भीर स्थिति होइन र ?’, उनको प्रश्न छ, ‘महिला समानताको मुद्दा जोडतोडले उठाउने नेकपाको केन्द्रमा अझै ३३ प्रतिशत महिला नपुग्नुले के बुझाउँछ ? के कम्युनिस्ट आन्दोलनमा महिलाको योगदान थिएन ?’

आफूले समता फाउन्डेसनको नेतृत्वमा रहेर जातीय छुवाछूतको मुद्दा हेर्दा त राज्यको प्रशासनप्रति अन्यायमा परेकाहरूमा देखिएको चरम अविश्वास खुलस्त भएको उनी बताउँछन् । भन्छन्–‘प्रहरीले अन्यायमा परेकाको आवाज सुन्छ भन्ने विश्वास नै पैदा हुन सकेको छैन । अझ सीमान्तकृत वर्गलाई उनीहरूले गर्ने व्यवहार त बदलिएकै छैन ।’
०००

यो असन्तुष्टि, यस्ता गुनासो प्रदीप एक्लोको होइन, उनको पुस्ताको हो । नेपाली राजनीतिमा उनी आफूलाई दोस्रो पुस्ताको धारमा उभ्याउँछन् र भन्छन्–‘यो पुस्ता गुनासो त गर्छ । तर, यसलाई बदल्ने चुनौती उठाइरहेको छैन ।’ 

चलिरहेकै संरचनामा ‘एजडस्ट’ हुने र त्यसैमा लाभहानीको खाता खोल्ने निरीह सोचले यो पुस्तामा घर गरिरहेको छ । त्यो घर भत्काउन मुस्किलमात्रै होइन, असम्भवजस्तै देख्छन् उनी । यो पुस्ताले प्रश्न गर्न सकेन । हाम्रो संस्कारले पनि त्यसलाई निरुत्साहित गर्‍यो । त्यसैले पुरानो पुस्ताले यो पुस्ताको चुनौती खेप्नु परेन । उनी उदाहरण दिन्छन्–‘हाम्रो पुस्तालाई त अन्तरजातीय विवाह ठीक लागे पनि समाजसँग प्रश्न गर्न सकेन, बरू पलायन भएर अस्ट्रेलिया पुग्यो ।’ अब त उनकै पुस्तालाई प्रश्न गर्ने अर्को पुस्ता तयार भइसक्यो । 

त्यसैले उनी आफूपछिको पुस्ता ताकिरहेका छन् । एवार्ड पाएपछि फोरमले उनलाई नेतृत्व विकासमा प्रशिक्षित गर्नेछ । त्यसलाई उनी हुर्किरहेको तेस्रो पुस्ता उत्प्रेरित प्रयोग गर्ने सोचमा छन् । संसारभरको प्रगति र प्रविधि देखे–भोगेको नेपालमा हुर्किरहेका तथा विदेश पुगेका लाखौं युवाबाट यो परम्परागत संरचना परिवर्तनमा योगदान दिन सक्नेमा उनी आशावादी छन् । जसको मनमा एउटा अर्को आन्दोलन हुर्किरहेको उनी देख्छन् । 

‘फेरि अर्को आन्दोलन ?’ प्रश्न उठिहाल्छ । अघिल्लो दशकमा मात्रै ठूलो आन्दोलन भएकाले त्यस्तै प्रकृतिको आन्दोलन भइहाल्ने सम्भावना देख्दैनन् उनी । ‘त्यसो भए कस्तो आन्दोलन त ?’ उनी जवाफ दिन्छन्–‘आन्दोलनपछि व्यवस्था परिवर्तन भयो । तर अवस्था परिवर्तन भएन । अबको आन्दोलन व्यवस्था परिवतर्नका लागि होइन, अवस्था परिवर्तनका लागि हुन्छ ।’ त्यो आन्दोलनले तेस्रो पुस्ताको नयाँ नेतृत्व जन्माउने आशा पनि उत्तिकै छ उनमा । 

त्यो आन्दोलन विचारको आधारमा होइन, मुद्दाका आधारमा हुने उनको आँकलन छ । त्यसका लागि ‘अरब स्प्रिङ’ को उदाहरण दिन्छन्, ब्राजिलको भ्रष्ट्राचारविरोधी आन्दोलनको अध्ययन गर्न सुझाउँछन् । ‘अरबमा आन्दोलन होला भनेर कसैले अनुमान गरेको थिएन । त्यहाँको बेथितिविरूद्ध युवाहरूले इन्टरनेटको माध्यमबाट बोलेपछि आन्दोलन फैलियो । ब्राजिललगायतका देशमा पनि फरक ढंगले आन्दोलन भइरहेको छ । अबको पुस्ताले त्यस्तै आन्दोलनको नेतृत्व गर्नेमा म विश्वस्त छु ।’ 

त्यसका लागि उनी आफू पनि गृहकार्यमा लागिरहेका छन् । त्यो पुस्तालाई आवश्यक ज्ञान उत्पादनको लागि समता फाउन्डेसनमार्फत अध्ययन, अनुसन्धान र प्रकाशनको काम अघि बढाउँदैछन् । साथै, एवार्ड जितिसकेपछि प्राप्त हुने मञ्चलाई दक्षिण एसियामा कायम जातीय छुवाछूतको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न प्रयोग गर्ने विचारमा छन् । ‘यसलाई कुनै न कुनै रूपले संयुक्त राष्ट्र संघबाटै सम्बोधन गराउने अभियानमा मेरो जोड हुनेछ’, उनी सुनाउँछन्, ‘त्यस्तै अन्तर्राष्ट्रिय मञ्च बनाएर न्याय र समतामूलक समाज निर्माणको प्रयत्न गर्नेछु ।’

र, उनको अन्तिम लक्ष्य राजनीति नै हो । राज्य संरचनामा नै परिवर्तन नल्याईकन अवस्था परिवर्तन हुन्न भन्ने उनको निष्कर्षबाट जन्मेको निर्णय हो यो । त्यसका लागि नयाँ पार्टी वा पुरानै ? त्यो चाहिँ छलफलमै छन् उनी । नयाँ बनिरहेका पार्टीमा हुर्किदिने पुरानै प्रवृत्तिले उनलाई उति उत्साहित पारेको छैन । पुरानालाई धक्का दिएर नयाँ बनाउन सकिने सम्भावना छ त ? त्यसका लागि थप अध्ययन गर्दैछन् । निष्कर्ष निस्किसकेको छैन, निर्णय भइसकेको छैन । तथापि उनको प्रतिबद्धता छ–‘नयाँ पुस्तालाई उत्प्रेरित गर्दै सम्पूर्ण विभेदको अन्त्य भएको शान्तिपूर्ण राज्य निर्माणको आन्दोलनको अघिल्लो पंक्तिमा उभिनेछु ।’
०००

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
प्रोफाइल
तेस्रो पुस्ता पर्खिरहेका प्रदीप

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik