• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
रोबोटिक्स : नयाँ र आकर्षक क्षेत्र
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

रोबोटिक्स : नयाँ र आकर्षक क्षेत्र
कार्तिक २७, २०७४

केही दिनअघि संसारमै पहिलो पटक एक रोबोटले कुनै देशको नागरिकता प्राप्त गर्‍यो । साउदी अरबमा उक्त रोबोटलाई एक महिलाका रूपमा मान्यता दिइयो र उनको नाम राखियो— ‘सोफिया’ । यति मात्र नभै उक्त रोबोटले आफ्नो संवेदनशीलताका आधारमा विभिन्न प्रश्नको उत्तर दियो र ‘थ्यांक्यु’ समेत भन्यो । 

हिजोआज मानिसजस्तै देखिने मेसिन अर्थात् रोबोटले सबै काम गर्न थालेको छ । उसलाई काममा लगाउन मात्र जान्नुपर्छ । रोबोटका पनि आँखा, कान, नाक आदि सबै अंग हुन्छन् । रोबोट बोल्न तथा हिँड्न सक्छ । शारीरिक क्षमताका आधारमा मात्र नभै दिमागका आधारमा पनि सोफियाले मानिसलाई समेत पछि पारेको छ । त्यसैले पनि रोबोटले भविष्यमा मानिसले भन्दा बढी काम गर्ने अनुमान गरिन्छ । 

जापानलगायत संसारका धेरै देशले मानव मस्तिष्कले जस्तै काम गर्ने रोबोटको विकास गरिरहेका छन् । रोबोटले अब डाक्टर, इन्जिनियर, सैनिक, प्रोफेसर, एकाउन्टेन्ट, सेल्सम्यान आदिले जस्तै सबै काम गर्न सक्ने भएको छ । यस्ता सबै सम्भाव्यताका कारण रोबोटिक्स सिक्न चाहने मानिसहरू पनि बढिरहेका छन् ।

 

बढ्दो माग

रोबोटको प्रयोग आज सबै क्षेत्रमा बढिरहेको छ । खासगरी हाम्रा छिमेकी देश भारत र चीनसमेत विभिन्न एसियाली देशमा रोबोटिक्सको क्षेत्रमा दक्ष जनशक्तिको सर्वाधिक माग छ । इन्टरनेसनल फेडरेसन अफ रोबोटिक्स (आइएफआर) को ताजा रिपोर्टअनुसार वर्ष २०१० यता इन्डस्ट्रियल रोबोटको माग बढ्दो छ । उक्त रिपोर्टलाई आधार मान्दा सन् २०२० सम्म संसारका विभिन्न कारखानामा करिब १७ लाख नयाँ इन्डस्ट्रियल रोबोट प्रयोग हुनेछन् । रिपोर्टअनुसार हाल सर्भिस रोबोटको बिक्री बर्सेनि १२ प्रतिशतले वृद्धि भैरहेको छ । 

 

रोबोटिक्समा काम

रोबोटिक्स निकै ठूलो क्षेत्र हो । यसको अध्ययनपश्चात् जागिरको कुनै चिन्ता हँुदैन । रोबोटिक्स साइन्टिस्ट, रिसर्चर, रोबोटिक इन्जिनियर, रोबोटिक टेक्निसियन वा एआई प्रोग्रामरका रूपमा विभिन्न क्षेत्रमा काम प्राप्त गर्न सकिन्छ । विभिन्न निर्माण उद्योग, अटोमोबाइल कारखाना आदिमा यसको आवश्यकता हुन्छ । त्यसबाहेक नासा र त्यस्तै प्रकृतिका संस्थाहरू, गेमिङ इन्डस्ट्री, गुप्तचर एजेन्सी तथा मेडिकल क्षेत्रमा समेत यस्ता व्यवसायीको माग बढ्दो छ । हाल प्रचलित ड्रोनको प्रयोगका लागि पनि रोबोटिक्स उपयोगी हुन्छ । यसको सहयोगले सर्भेइङ, थ्रीडी म्यापिङ, माइनिङ, रेडलाइट कन्ट्रोल, स्ट्रिट लाइट कन्ट्रोल आदिमा नियन्त्रण गर्न सकिन्छ । रोबोटिक्स अध्ययन गरी रोबोटिक्सका साथै ड्रोनको क्षेत्रमा समेत काम गर्न सकिन्छ । 

के हो रोबोटिक्स ?

रोबोट एक अटोमेटिक ‘इलेक्ट्रोमेकानिकल मेसिन’ हो, जसले कम्प्युटर वा इलेक्ट्रोनिक मेसिनको सहयोगले आफूलाई दिइएको कार्य गर्छ । यो एक प्रकारको डिभाइस हो । डिभाइसमा सेन्सर, कन्ट्रोल सिस्टम, म्यानुपुलेटर, पावर सप्लाई तथा सफ्टवेयर आदि हुन्छन् । 

 

कोर्स एवं योग्यता

रोबोटिक्समा आर्टिफिसियल इन्टेलिजेन्स, कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ, रोबोट मोसन प्लानिङ, डिजिटल इलेक्ट्रोनिक्स तथा माइक्रो प्रोसेसर आदिका बारेमा अध्ययन गर्नुपर्छ । यो मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ एवं कम्प्युटर साइन्सको हिस्सा हो । 

रोबोटिक्सको क्षेत्रमा करियर निर्माणका लागि इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर साइन्समध्ये कुनै एक विषयमा स्नातक अध्ययन गरेको हुनुपर्छ । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, एड्भान्स्ड रोबोटिक्स सिस्टम आदिमा विशेषज्ञता हासिल गर्न सकिन्छ । यो एक प्रकारको अनुसन्धानात्मक कोर्स हो । 

नेपालको अवस्था

नेपालमा पनि मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङ विषयमा रोबोटिक्सको अध्ययन गरिन्छ । यी विषयमा रोबोटिक्स अध्ययन गरेका विद्यार्थीहरू मिलेर ‘रोबोटिक्स एसोसिएसन अफ नेपाल’ गठन गरेका छन् । विकास गुरुङ हाल उक्त एसोसिएसनका अध्यक्ष छन् । 

रोबोटिक्स एसोसिएसनले रोबोटिक्समा चासो भैरहेका विद्यार्थी एवं व्यवसायीहरूका लागि एक प्रकारको साझा प्लेटफर्म निर्माण गरेको छ । नेपालका अधिकांश इन्जिनियरिङ कलेजमा क्लब गठन भएको छ । समय–समयमा रोबोटिक्ससँग सम्बन्धित विभिन्न प्रकारका प्रतियोगितासमेत सञ्चालन भैरहन्छन् । यसले एक प्रकारले करियर निर्माणमा समेत सघाउ पुर्‍याएको गुरुङ बताउँछन् । 

गणेशविक्रम सिंह आले नेपालको रोबोटिक्समा चर्चित नाम हो । आले र उनको समूहले निर्माण गरेको रोबोट नेपाली सेना तथा सशस्त्र प्रहरीले बम डिस्पोजलका लागि प्रयोग गरिरहेको छ । त्यसैगरी पाइला टेक्नोलोजीले निर्माण गरेको ह्युमनाइड रोबोट केही महिनाअघि देखि काठमाडौंको पुतलीसडकस्थित नेपाल एसबीआई बैंकमा छ । ‘परी’ नामक उक्त रोबोटले ग्राहकहरूलाई सम्मानपूर्वक स्वागत गर्छ । 

नेपालमै पहिलो पटक युवा इन्जिनियरहरूको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । अनुसन्धानमुलक संस्था इन्फिनिटी ल्याबका युवा इन्जिनियरहरूको अगुवाईमा उक्त ह्विलचियर निर्माण गरिएको हो । इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले हाललाई नमुनाका रूपमा एउटा मात्र ह्वियचियर तयार पारिएको जनाए । यो ह्विलचियरमा बस्ने व्यक्ति दुर्घटनामा परे घरका परिवारलाई मोबाइलमा एसएमएस जाने सुविधा भएकाले यसलाई स्मार्ट भनिएको हो । 

नेपाल विद्युत् प्राधिकरणको ट्रान्समिसन लाइनमा भएको समस्या पहिचानका लागि अभिनव मैनालीले निर्माण गरेको ड्रोनले कार्य गरिरहेको छ । ड्रोन नेपाल नामक कम्पनीमा यस्ता विभिन्न प्रकारका ड्रोन निर्माण हुन्छन् । 

रोबोटिक्सको क्षेत्रमा काम भैरहेका यस्ता धेरै उदाहरण नेपालमै समेत छन् । रोबोटिक्स क्लबले नै ती सबै काम गर्ने युवाहरूलाई हौसला प्रदान गरिरहेको छ । रोबोटिक्सको क्षेत्रमा काम गरेर उनीहरूले आय आर्जनसमेत गरिरहेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik