• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?
जेष्ठ १७, २०७७
भर्खरै संक्रमित भएको व्यक्तिमा पिसिआर परीक्षण पोजेटिभ देखिन्छ भने आरडिटी नेगेटिभ देखिन्छ । तर, संक्रमण भएको १० दिनपछि जाँच्दा पिसिआर नेगेटिभ र आरडिटी पोजेटिभ देखाउन सक्छ

कोरोना परीक्षणका दुई विधि

कोभिड–१९को महामारीबाट लाखौं मानिस प्रभावित छन् । यसको प्रभावकारी उपचारबारे खोज भइरहेको छ, तर पत्ता लागिसकेको छैन । नेपालमा पनि पछिल्लो समय संक्रमणको फैलावट तीव्र छ । नेपालमा त परीक्षण नै प्रभावकारी हुन नसकिरहेका गुनासो बढ्दो छ ।

कुनै व्यक्तिमा कोरोना संक्रमण छ या छैन भन्ने थाहा पाउन नेपालमा दुई विधिबाट कोरोना परीक्षण भइरहेको छ– पिसिआर र आरडिटी ।

के हो पिसिआर ?

पिसिआर (पोलीमराइज चेन रियाक्सन) अर्थात कुनै जीवाणुको आणुवंशिक जिन पत्ता लगाउने आधुनिक प्रविधि हो । यसको प्रयोग कोरोना भाइरसको संक्रमण शरीरमा छ कि छैन भन्ने थाहा पाउन प्रयोग हुँदै आइरहेको छ । स्वाव (नाक वा घाँटीबाट निकालिने तरल पदार्थ) नमूना निकालेर प्रोटिन परीक्षण गरिने तरिका पिसिआरमा प्रयोग हुन्छ ।

पीसीआर विधिले दु्रतरूपमा लाखौंदेखि अरबौं प्रति विशिष्ट डीएनए नमूनाको प्रतिलिपि बनाउँछ । जसबाट डिएनएको सानोभन्दा सानो नमूना लिन र यसलाई विस्तृत रूपमा अध्ययन गर्न वैज्ञानिकहरूलाई पर्याप्त सहयोग पुग्छ । पिसिआरको आविष्कार सन् १९८३ मा अमेरिकी जीवशास्त्री केरी मुलिसले सेटस कर्पोरेशनमा गरेका थिए । पुरानो डिएनए नमूनाहरूको विश्लेषण र संक्रामक एजेन्टहरूको पहिचानसहित आनुवंशिक परीक्षणको लागि यो आधारभूत विधि हो । पिसिआर अहिले सामान्य र अक्सर अपरिहार्य प्रविधि बनेको छ, जुन मेडिकल तथा क्लिनिकल प्रयोगशालामा जैविक चिकित्सा र आपराधिक फोरेन्सिकको विविध अनुसन्धानमा प्रयोग गरिन्छ ।

सरलरूपमा बुझ्दा पिसिआरले शरीरमा भएको भाइरस पत्ता लगाउँछ । त्यसैले कोरोना भाइरस परीक्षणका लागि यसलाई विश्वसनीय मानिएको हो । विज्ञकाअनुसार पिसिआर परीक्षण संक्रमण भएको हप्तादेखि १० दिनभित्रमा गर्नु सबैभन्दा उपयुक्त मानिन्छ । १० दिनपछि हुँदा पिसिआर परीक्षण विधिबाट पनि वास्तविक परिणाम नआउन सक्छ ।

पिसिआरले कोरोनामात्र नभई कुनै पनि जिवाणु पत्ता लगाउन मद्दत गर्छ । यसको मुख्य काम भनेको लक्षित जिवाणुको जिन पत्ता लगाउने हो । यस विधिबाट ७० प्रतिशतभन्दा माथि सही परिणाम आएको पाइन्छ ।

आरडिटीचाहिँ के हो ?

आरडिटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मेडिकल डायग्नोस्टिक परीक्षण हो, जुन चाँडो र सजिलो हुन्छ । यसको प्रयोग प्रारम्भिक वा आपतकालीन चिकित्सकीय परीक्षणको लागि गरिन्छ । यसमा शरीरबाट रगत निकालिन्छ र परीक्षणको परिणाम २० देखि २५ मिनेटमा हेर्न सकिन्छ ।

शरीरमा रोगसँग लड्ने एन्टिबडी अवस्था पत्ता लगाउन यसको प्रयोग हुँदै आइरहेको छ । नेपालमा कोरोनाको आरडिटी परीक्षण प्रभावकारी नभएको भन्दै विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ । डब्लूएचओले पनि यो विधिलाई कोरोना परीक्षणका लागि विश्वसनीय मानेको छैन । यसलाई सामान्य सर्भे गर्नका लागि मात्र प्रयोग गर्दा उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

आरडिटी र पिसिआरको फरक परिणाम

नेपालमा हालसम्म गरिएका आरडिटी र पिसिआरको परिणाममा धेरै फरक परेको छ । किन हुन्छ त यस्तो ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार संक्रमितको परीक्षण कुन समयमा गरियो भन्नेमा पनि परिणाम भर पर्छ । उनी भन्छन्, ‘आरडिटीले संक्रमणको झण्डै १२ दिनपछिमात्रै देखाउँछ । भर्खरै संक्रमित भएर आएको छ भने देखाउँदैन । पिसिआरले जाँच गर्दा देखाउँछ ।’

उनी एन्टीबडीको प्रकारले पनि परीक्षणको परीणाममा फरक पर्ने बताउँछन् । ‘एन्टिबडी पनि आइजिएन र आइजिजी गरी दुई प्रकारका हुन्छन् । आइजिएन देखिएमा भर्खरै इन्फेक्सन भएको रहेछ भन्ने बुझिन्छ । यो पिसिआरमा देखिन्छ’, उनी प्रस्ट्याउँछन्, ‘आइजिजीचाहिँ पिसिआरले नदेखाउन सक्छ । यो झण्डै दुई हप्तापछि देखिने भएकाले पिसिआर परीक्षणमा देखिन्न ।’

उनका अनुसार भर्खरै संक्रमित भएको व्यक्तिमा पिसिआर परीक्षण पोजेटिभ देखिन्छ भने आरडिटी नेगेटिभ देखिन्छ । तर, संक्रमण भएको १० दिनपछि जाँच्दा पिसिआर नेगेटिभ र आरडिटी पोजेटिभ देखाउन सक्छ ।

(एजेन्सीको सहयोगसहित)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik