अहिले कलिउड फिल्म नगरीकि व्यस्त नायिका मध्येकि एक हुन् प्रियंका कार्की । तर उनि पछिल्ला दिनमा अभिनयसंगै गायनलाई पनि अगाडी बढाई रहेकी छिन । उनको गायनको सुरुवात गत बर्ष चलचित्र ‘आवरण’ को शिर्ष गीतमा स्वर भरेर गरेकी थिइन् ।
सानै देखि अभिनय र नृत्यसंगै गायनमा रमाउने प्रियंकाले एसएलसी पछी भने अभिनयलाई मात्र प्राथमिकता दिईन । एसएलसी पछी पढाइमा फोकस हुनु पर्ने भएकाले मैले अभिनयलाई मात्र अगाडी बढाउन सके,
तर अब बिस्तारै आफुमा रहेका प्रतिभालाई अगाडी ल्याउने छु’ प्रियंकाले बाल्यकाल सम्झीइन । उनले फिल्म ‘आवरण’ मा गाएको गीतपछी सबैले सुझाए ‘रियाज गरेर गाउ, राम्रो स्वर रहेछ ।’ त्यसपछी त के चाहियो उनलाई , फुर्सदको समय उनले गायनको लागि खर्चिन थालिन । त्यसपछी उनले भिडियो एल्बम निकाल्ने तयारी गर्न थालिन । ‘म संगीतमा भरिपूर्ण छु भनेर एल्बम निकाल्न लागेकी हैन , आफुलाई लागेको इच्छा पुरा गर्न मात्र खोजेकी हुँ, किनकी म सिकाईको क्रममा मात्र छु’ प्रियंकाले बताइन ।
भिडियो एल्बमको लागि ‘स्वतन्त्र’ बोलको गीतमा स्वर भरेर भिडियो बनाउने तयारीमा रहेकी प्रियंकाले त्यो भन्दा अगाडी नै ‘तिमीले त होइन, तिम्रा आँखाहरुले’ बोलको कभर भर्जन दर्शकहरुलाई उपहार दिने तयारीमा छिन । उक्त गीतको ओर्जिनल भर्जन बच्चु कैलाशले गाएका थिए भने संगीत नातिकाजी र शब्द क्षेत्रप्रताप अधिकारीले कोरेका थिए । गीतका बारेमा प्रियंका भन्छिन ‘कस्तो गाए त्यो सुझाउने जिम्मा दर्शक र श्रोताको, तर प्रयास भने अवश्य गरेकी छु र मेरो प्रयासले यस गीतलाई ६० प्रतिशत मा न्याय दिन सके भने पनि त्यो मेरो लागि ठुलो सफलता हो ।’
गीतलाई रि- एरेन्ज शैलेश श्रेष्ठले गरेका छन् भने यसमा गितार सोनाम पाख्रिनको रहेको छ । यस गीतको भिडियोलाइ सुशन प्रजापतिले खिचेका हुन् भने सम्पादन उज्वल ढकालले गरेका छन् । टाइनी बट बिग पिक्चर्सले तयार पारेको यस गीतको भिडियो छिटै नै युट्युब तथा टेलिभिजनमा हेर्न पाइने प्रियंका बताउछिन ।