• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?
चलचित्र हिरो रिर्टनको फोटो मोन्टाज ।  तस्विर: पिक्सावे
असार ५, २०७७
महामारीका कारण हल रिलिज रोकिएपछि नेपाली सिनेमा निर्माता भरपर्दो डिजिटल विकल्पको खोजीमा देखिन्छन् । तथापि जति पनि विकल्प उपलब्ध छन्, त्यसलाई ढुक्क भएर प्रयोग गर्न सकिने अवस्थाचाहिँ बनिनसकेको उनीहरूको मत छ ।

रेखा थापा र सविन श्रेष्ठ अभिनीत फिल्म ‘हिरो रिटर्न्स’को हल रिलिज मिति गत वैशाख २६ गते तोकिएको थियो । तर, महामारीका कारण हल रिलिज हुन सकेन । हल संचालन अनिश्चित भएपछि निर्माण पक्षले फिल्म टेलिभिजनमार्फत रिलिज गरेको छ । टेलिभिजन सेवा प्रदायक संस्था डिसहोममार्फत जेठ ३० गतेबाट फिल्म प्रदर्शन भइरहेको छ । निर्माता ध्रुव न्यौपानेका अनुसार कम्तीमा २० दिनसम्म प्रदर्शन गर्ने सम्झौतासहित फिल्म रिलिज गरिएको हो ।

‘प्राविधिक कारणले अढाई वर्षदेखि हाम्रो फिल्मको रिलिज रोकिएको थियो । बल्ल रिलिज मिति तय भएको थियो र प्रचारप्रसार पनि त्यही अनुरुप गरेका थियौँ’, न्यौपाने भन्छन्, ‘तर कोरोनाले चौपट भयो । अझै ५–६ महिना हलमा फिल्म चल्ने अवस्था देखिएन । त्यसैले डिसहोममा लगाएर हेरौँ न, के हुन्छ भनेर जोखिमका साथ निर्णय गरेका हौँ ।’

उनका अनुसार फिल्मको लागत करोड नाघेको छ । ‘४०–५० लाख उठ्ला भन्ने कुरा आएपछि टिभी रिलिज गर्ने आँट गरेको हौँ । दिनको एकदेखि डेढ लाखसम्मको व्यापार भइरहेको सुनेको छु । नाफा नभए पनि लगानीको आधाचाहिँ उठ्छ कि भन्ने आशा हो’, उनले भने ।

डिसहोमका ग्राहकले २ सय २५ रुपैयाँ तिरेर फिल्म हेर्न सक्नेछन् । ‘नयाँ फिल्मका लागि ३ सय २५ लिने गरिएको रहेछ तर हामीले लकडाउनको समयमा अझ कम गर्‍यो भने धेरैले हेर्लान् भन्ने आशा राखेर मूल्य घटाएका हौँ’, न्यौपाने आशावादी सुनिए । स्थिति सामान्य भएपछि फिल्म हलमा पनि रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

कोरोना महामारीका कारण आधा दर्जनबढी सिनेमाको छायांकन रोकिएको छ भने चैतदेखि जेठसम्म रिलिज मिति तय भएका करिब दुई दर्जनजति सिनेमा अनिश्चितकालीन स्थगनमा परेका छन् ।

हल कहिलेदेखि संचालनमा आउने हो भन्ने टुंगो नहुँदा रिलिज अड्किएका सिनेमाका निर्माण पक्ष प्रदर्शनका लागि हलको विकल्प खोजीमा जुटेका छन् । ‘हिरो रिटर्न्स’ त्यही उदाहरण हो । यसअघि नै महामारीबीच ‘कोपिला’, ‘तागतवर’, ‘डु यु लभ मी’लगायत फिल्म डिस होममा रिलिज भए । यसअघि हलमा रिलिज भएपश्चातमात्रै नेपाली फिल्महरू टिभीमा रिलिज हुन्थे ।

टिभीमा फिल्म रिलिज लगानी सुरक्षित हुने अवस्था छ त ? ‘दुई–तीन करोडमा बनेका फिल्मको लगानी टिभीमा रिलिज गर्दा उठ्छ भनेर भन्न सकिन्न’, डिस होममा फिल्म रिलिज गरिरहेको कम्पनी ओरिजिनल इन्टरटेन्मेन्टका अध्यक्ष दयाराम पाण्डे भन्छन्, ‘टिभीबाट १ करोडसम्म उठाउन सक्ने देखिएको छ, यसरी हेर्दा ५० लाखदेखि १ करोडसम्मको बजेटमा बनेका फिल्मको लगानीचाहिँ सुरक्षित हुन सक्छ । फिल्म हेरेर पनि हुन्छ, कतिपयले १०–१२ हजारमै चित्त बुझाएको उदाहरण पनि छ ।’

कतिपय हलमा रिलिज भइसकेपछि टिभीमा रिलिज भएका सिनेमाले पनि आकर्षक रकम उठाएको उनी बताउँछन् । डेढ वर्षअघि रिलिज भएको दीपाश्री निरौला निर्देशित ‘छक्कापन्जा–३’ले अहिलेसम्मकै सर्वाधिक ५५ लाख रुपैयाँ उठाएको उनले बताए । त्यस्तै ‘पोइ पर्‍यो काले’ले ३४, ‘रातो टिका निधारमा’ले ३२ र ‘छ माया छपक्कै’ले ४० लाख उठाएको उनले जानकारी दिए ।

धेरैलाई जिज्ञासा हुनसक्छ, डिसहोममा रिलिज भएका फिल्म कसरी हेर्ने ? ‘पे पर भ्यू सिस्टम हुन्छ,’ पाण्डे बताउँछन्, ‘प्रति भ्यू राम्रो फिल्मको ४ सय २५ रुपैयाँसम्म टिकट दर राख्ने गरिएको छ । नत्र फिल्म र परिस्थिति हेरेर २ सय २५ देखि ३ सय २५ सम्म राखिन्छ । त्यो रकम डिस होमका ग्राहकले रिचार्ज गरेको रकमबाट काटिन्छ ।’

प्रदर्शनबाट उठेको कुल रकममा डिसहोमको खर्च कटाएर प्रदर्शन कम्पनीलाई १५ प्रतिशत र निर्मातालाई ८५ प्रतिशत दिने गरेको जानकारी गराउँदै उनले भने, ‘बक्सअफिसजस्तै सेन्ट्रल सर्भर हुन्छ । त्यसैले व्यापारको हिसाब पारदर्शी हुन्छ ।’

हलको अनिश्चितताकै कारण आफूहरू टेलिभिजनमा फिल्म रिलिज गर्न बाध्य भएको बताउँछन्– ‘कोपिला’ फिल्मका निर्माता मणिराज गौतम । निर्मला पन्तको बलात्कारपछि हत्याको कथामा आधारित उक्त फिल्म वैशाख ३० गते डिसहोममा रिलिज भएको थियो ।

‘सिनेमा बनाएको लामो समय भयो, महामारी साम्य भएको छैन, कहिलेसम्म कुर्ने भन्ने भएपछि टिभीमा रिलिज गरेका हौँ,’ गौतमले भने, ‘ऋण गरेर फिल्म बनाइएको थियो । अलिकति भए पनि तिरोतारो हुन्छ, थोरै भएपनि राहत हुन्छ भन्ने सोच्यौं । लगानी नउठे पनि सोचेभन्दा राम्रै भयो ।’

१५ दिन डिसहोममा प्रदर्शन भएको यो फिल्मबाट करिब १२ लाख रकम उठेको उनले बताए । उनको दाबीअनुसार यो फिल्मको कूल लागत ६२ लाख हो । तथापि टिभीको व्यापारबाट उनी खुसी नै देखिए । ‘केही नहुनुभन्दा केही हुनु ठीक,’ उनी भन्दै थिए, ‘अहिले डिसहोमका दर्शकले फिल्म हेरे । बाँकीका लागि हलमा पनि रिलिज गर्छौं । स्थिति सामान्य भएपछि च्यारिटी शो गरेर भए पनि लगानी उठाउने सोच छ ।’

भरपर्दो विकल्पको खोजी

एक करोडभन्दा बढी लगानीमा बनेका बिग बजेटका फिल्म निर्माता भने लगानी सुरक्षित हुने भरपर्दो विकल्प नेपालमा नभएको बताउँछन् । टिभी र डिजिटल प्रदर्शकसमेत यसमा सहमत छन् ।

कोरोनाको मारमा परेर रिलिज स्थगन गर्नुपरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’का निर्देशक सुदर्शन थापा नेपालमा हलबाहेकको भरपर्दो विकल्प नभेटिएको बताउँछन् । ‘विकल्प भए हुन्थ्यो भन्ने त छ तर खोइ कोही डिजिटल प्लेटफार्मले अहिलेसम्म फिल्म खरिद गर्न सक्ने हिम्मत देखाएनन्,’ उनी भन्छन्, ‘त्यसैले लगानी सुरक्षित हुने विकल्प भेटिएन । प्रचारप्रसारसमेत जोडेर फिल्मका लागि अहिलेसम्म २ करोड ६० लाख खर्च भएको छ । यसमा पूजा शर्मा र मेरोे पारिश्रमिक जोडेका छैनौँ । अनि, कसरी जोखिम मोलेर डिजिटल रिलिज गर्ने ? कोही आउनुपर्‍यो नि लगानी सुरक्षित गर्ने ग्यारेन्टीसहित ।’

कोरोना मारमा परेको अर्को फिल्म ‘निरफूल’का निर्देशक फूलमान बलको मत पनि त्यस्तै छ । ‘विकल्प डिजिटल प्लेटफार्म र डिसहोम नै हुन् । कम बजेटको सिनेमाका लागि ठीकै हो तर ठूलो बजेटका सिनेमाको बजार धान्न अवस्था छैन,’ उनी भन्छन्, ‘हाम्रो फिल्मका लागि डेढ करोड लगानी भइसकेको छ । त्यसैले टिभी र डिजिटलमा रिलिज गर्दा धेरै जोखिम देखियो । पाइरेसीको जोखिम पनि छ, ओभरसिज मार्केटमा पनि असर पर्छ ।’

स्थिति सामान्य भएपछि नेपाली बसोबास रहेको विभिन्न देशमा फिल्म देखाएर भए पनि पैसा उठाउने योजनामा छन् उनी । ‘त्यसैले केही समय कुर्ने कि भन्नेमै छौँ । ८–१० महिना लाग्ला, त्यही पनि कुर्नैपर्‍यो’, उनले भने ।

फिल्म ‘एक’का निर्देशक मनोज पण्डित पनि भरपर्दो डिजिटल विकल्प नभएको भन्दै सिनेमा हल नै कुर्ने पक्षमा छन् । ‘हामीकहाँ मुख्य फिल्ममेकरले व्यवसायिक फिल्म रिलिज गर्न सक्ने डिजिटल वा टिभी प्लेटफर्म नै छैनन्, जहाँ लगानी सुरक्षित होस्’, उनी भन्छन्, ‘खासमा हामीलाई अहिले इनोभेटिभ बिजनेस गर्न सक्ने सिनेमा उद्यमीको खाँचो छ । विश्वले डिजिटल फड्को मारिसकेको छ, तर हामीकहाँ भरपर्दो डिजिटल प्लेटफर्म नहुनु विडम्बना हो ।’

नेपाली फिल्ममेकर इन्टरनेटमार्फत मिडिया सामग्री बिक्री गर्न सक्ने ओभर द टप मिडिया सर्भिस (ओटिटी) प्लेटफर्म खुलेर सुरक्षित ढंगले दर्शकसम्म फिल्म पुर्याउने माहोल बनेको शुुभ समाचारको प्रतीक्षा गरिरहेको उनी बताउँछन् । ‘जसले निर्मातालाई पैसा दिन सकोस्, पारदर्शिताको ग्यारेन्टी गर्न सकोस्,’ उनले थपे ।

यता डिसहोममा फिल्म देखाइरहेका पाण्डे भने कम बजेटमा राम्रो फिल्म बनाउनेले टिभीबाटै पैसा उठाउन सक्ने वातावरण बनेको बताउँछन् । ‘कसैले राम्रो कन्टेन्ट लिएर आयो भने हामी लगानी गर्न पनि तयार छौँ । रिटर्न आउने ठाउँ देखियो भने लगानी किन नगर्ने ?’ प्रश्न गर्दै उनी भन्छन्, ‘कोरोनाका कारण फिल्म क्षेत्र ठप्प भएको बेला शोभित बस्नेत, शिवम् अधिकारीलगायत निर्देशक टिभीबाटै लगानी उठाउन सकिन्छ भन्ने विश्वासमा फिल्म बनाउँदैछन् । तत्कालै हामी फिल्ममेकरहरुसँग सहकार्यमा ३० देखि ५० लाखसम्मको लगानीका ५ वटाजति फिल्म फ्लोरमा लाँदैछौँ ।’

निर्देशक शिवम् अधिकारी पनि उनको कुरामा सहमत देखिए । ‘कोपिला’का निर्देशकसमेत रहेका उनी टिभीबाट सोचेभन्दा राम्रो नतिजा देखेपछि आकर्षित भएको बताउँछन् । ‘कोरोनाले फुर्सदिलो बनाएको बेला कम लगानीमा बन्न सक्ने केही स्क्रिप्टमा काम गरौँ भन्ने सोचिरहेका छौँ,’ उनले भने ।

सम्भव छ त डिजिटल प्लेटफर्म ?

कोरोना महामारीको मारले हल खुल्ने टुंगो नभएपछि बलिउडमा पनि धमाधम डिजिटल अर्थात् ओटिटी प्लेटफार्ममार्फत फिल्म रिलिज भइरहेका छन् । अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’, अक्षय कुमारको ‘लक्ष्मी बम’लगायत फिल्म डिजिटल प्लेटफर्ममार्फत रिलिज भए । अनुराग बासुको ‘लुडो’, अमिताभकै ‘झुण्ड’ लगायत फिल्म ओटिटी प्लेटफर्ममै रिलिज हुने तयारीमा छन् ।

नेपाली फिल्ममेकरहरू पनि यस्तै विकल्पको खोजीमा जुटिरहेका छन् । जस्तो कि, फिल्म ‘चिनी कम, रङ कडा’ले डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गर्ने घोषणा गरेको छ । करिब ६० लाख लागत दाबी गरिएको फिल्म कुन प्लेटफर्ममार्फत रिलिज गर्ने हो भन्नेचाहिँ निश्चित भइसकेको छैन । ‘हामी उपलब्ध प्लेटफर्मबारे छलफल गरिरहेका छौँ,’ निर्देशक विवेक घिमिरेले भने, ‘लगानी सुरक्षित होला/नहोला अहिले भन्न सकिन्न तर हाम्रो रिसर्च र विश्लेषणअनुसार महामारीका बेला यो पाइला ठीकै हुन्छ ।’

‘फोपी’, ‘भिडियो पसल’, ‘सिनेमा घर’जस्ता डिजिटल प्लेटफर्मले नेपाली फिल्म देखाइरहेका छन् ।

‘अहिले केही मेकर फिल्म रिलिजका लागि सम्पर्क गरिरहे पनि यसलाई उहाँहरू विकल्पकै रूपमा मानिसकेको अवस्था छैन’, फोपीका कार्यकारी निर्देशक प्रशान्तराज कार्की भन्छन्, ‘तीन–चार करोडमा बनेका फिल्मको लगानी डिजिटल प्लेटफार्मबाट उठाउन सकिन्छ भनेर दाबी गर्न सकिन्न । तर, अहिलेसम्मको अनुभवमा २०–२५ लाखचाहिँ सजिलै कमाउन सक्छन् ।’

अहिलेसम्म १ सय बढी राखिसकेको ‘फोपी’ले पछिल्लोपल्ट रिलिज गरेको फिल्म हो– बुलबुल । फोपी एप विश्भवर ४ लाख बढी डाउनलोड भइसकेको र ६२ हजार हाराहारी सब्सक्राइबर रहेको कार्की बताउँछन् । यसमा नेपाली पेमेन्ट गेटवे खल्ती वा इसेवाबाट पनि पैसा तिर्न सकिन्छ । एपमार्फत फिल्म हेर्न प्रति भ्यू ५० रुपैयाँ तिर्नुपर्छ भने मासिक ग्राहक हुनलाई ३ सय रुपैयाँ तिर्नुपर्छ ।

‘कुनै पनि व्यापार परिपक्व हुन समय लाग्छ,’ कार्की भन्छन्, ‘हामीकहाँ डिजिटल व्यापार सुरु भएको साढे दुुई वर्षजति भयो । यसबीचमा नेपाली फिल्ममेकरले यसलाई विस्तार गर्न खासै सहयोग गरेका छैनन् । यद्यपि इन्जिनियरले यसमा राम्रो काम गरिसकेका छन् । अब मेकरहरूले यो प्लेटफर्मलाई प्रयोग गरेर सपोर्ट गर्न आवश्यक छ ।’ त्यसका लागि उनी मेकरले ठूलो पर्दा लक्षितमात्रै नभएर डिजिटल प्लेटफर्म लक्षित काम पनि गर्न जरुरी देख्छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik