साप्ताहिक संवाददाता
जल शाह अमेरिका गएको वर्षौं भयो । यो अवधिमा उनले चलचित्र तथा मनोरञ्जन क्षेत्रबाट नाता नै तोडेकी थिइन् । वैशाख १२ मा नेपालमा गएको भूकम्पपछि भने जल शाहलाई मातृभूमिको मायाले पोल्न थाल्यो ।
भूकम्पलगत्तै स्वदेश आएर राहत वितरणमा समेत सक्रिय जलले हालै अमेरिकामा एउटा च्यारिटी कन्सर्ट आयोजित गरिन् जसका लागि उनले आफ्नै पहिलो चलचित्र ‘अवतार’ का अभिनेता राजेश हमाललाई विशेष आकर्षक बनाएकी थिइन् । कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगेर जल शाहकै निवासमा बसेका अभिनेता हमालले आफ्नो आधिकारिक फेसबुक पेजमा जल शाहसँगको आफ्नो तस्बिर सार्वजनिक गरेका छन् ।
प्राय: फेसबुकमा कमै देखिने जल शाह हमालले पोस्ट गरेको तस्बिरमा निकै मोटी देखिएकी छिन् । उक्त तस्बिर सार्वजनिक भएपछि अभिनयमा सक्रिय हुँदा नै अन्य नायिकाभन्दा मोटी देखिने जल यतिबेला थप मोटाएको टिप्पणी गरिएको छ ।