साप्ताहिक संवाददाता
क्रिसमस इभको दिन प्रदर्शनमा आएको आमिर खानको चलचित्र ‘दंगल’ ले पहिलो एक सातामै विश्वभरबाट ४ अर्ब २३ करोड भारतीय रुपैयाँ (भारु) आम्दानी गरेको तथ्यांक सार्वजनिक भए लगत्तै यो चलचित्रले वर्ष २०१६ को अर्को सफल चलचित्र ‘सुल्तान’ लाई व्यवसाय रूपमा पनि पछि पार्यो । ‘सुल्तान’ ले ३ अर्ब ४५ करोड भारुको व्यवसाय गरेको थियो ।
विश्वव्यापी रूपमा सफल ‘दंगल’ नेपालमा पनि सबैभन्दा बढी व्यवसाय गर्ने विदेशी चलचित्र बन्न सफल भएको छ । यो चलचित्रले पहिलो आठ दिनमा ७ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेको तथ्यांकन सार्वजनिक भएको छ । मल्टिप्लेक्स तथा सिंगल थिएटरमा प्रदर्शन भएको यो चलचित्रले क्रिसमसदेखि अंग्रेजी नयाँ वर्ष २०१७ को पहिलो सातासम्म नेपाली सिनेमा हलहरूमा कब्जा जमाइरहेको छ । ‘दंगल’ प्रदर्शन भएकै कारण नेपालमा दुई साताजस्ती राम्रो ब्यानर तथा ठूलो बजेटका कुनै नेपाली चलचित्र प्रदर्शनमा आएनन् ।
‘मलाई लाग्छ थप एक साता दंगलको व्यवसाय उत्कर्षमा रहनेछ, चलचित्रका नेपाल वितरक मनोज राठी भन्छन्—‘दर्शकको क्रेज बढिरहेको देख्दा यो चलचित्रले नेपालमा व्यवसायको कीर्तिमान नै कायम गर्छु भन्ने हाम्रो अनुमान छ ।’ दंगलको नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले किनेको छ । उज्वल पौडेल तथा मनोज राठीले यो चलचित्रलाई काठमाडौं बाहिरका सिनेमा हलमा वितरण गरेका हुन् । गोपीकृष्णले करिब ४ करोड रुपैयाँमा ‘दंगल’ को नेपाल अधिकार किनेको थियो । कुनै पनि हिन्दी चलचित्रका लागि यति ठूलो रकम लगानी गरिएको यो पहिलो पटक हो । यसअघि आमिर खानकै चलचित्र ‘पिके’ ले नेपालमा मात्र १० करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
क्रिसमसदेखि नयाँ वर्ष २०१७ को बीचमा काठमाडौंका अधिकांश मल्टिप्लेक्स ‘दंगल’ मय भए । क्यूएफएक्समा न्यू इयर इभको दिन ‘दंगल’ लाई २६ वटा शो प्रदान गरिएको थियो, ती सबै शोका टिकट सोल्ड आउट भए । यद्यपि दंगलले नेपालबाट कति रकमको व्यवसाय गर्यो, सार्वजनिक भैसकेको छैन।
वर्ष २०१६ को जुलाई ६ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘सुल्तान’ ले ‘दंगल’ पछि भारतमै सर्वाधिक व्यवसाय गर्ने चलचित्रको कीर्तिमान कायम गर्यो । सुपरस्टार सलमान खानको उक्त चलचित्र नेपालमा समेत उत्कृष्ट व्यवसाय गर्न सफल भयो । ‘सुल्तान’ लाई पनि गोपीकृष्ण मुभिजले नै नेपालमा वितरण गरेको हो । गोपीकृष्णका अनुसार नेपाली बजारबाट मात्र यो चलचित्रले करिब १० करोड रुपैयाँको व्यवसाय गरेको छ । त्यसो त वितरकले महँगो रकम तिरेर यो चलचित्र प्रदर्शनको नेपाल अधिकार खरिद गरेका थिए । ‘सुल्तान’को नेपाल वितरणका लागि गोपीकृष्ण मुभिजले ३ करोड २० लाख रुपैयाँ तिरेको थियो । ‘दंगल’ पछि नेपाल ल्याइएको सबैभन्दा महँगो विदेशी चलचित्र ‘सुल्तान’ नै हो । गोपीकृष्णले जनाए अनुसार उनीहरूले तिरेको रकम तीन दिनको प्रदर्शनपछि नै संकलन भैसकेको थियो । सलमान खानको ‘सुल्तान’ लाई क्युएफएक्सले आफ्ना चारवटा हलमा पहिलो दिन २७, दोस्रो दिन २९ तथा तेस्रो दिन २८ वटा शो दिएको थियो ।
नेपालमै उत्कृष्ट नेपाली चलचित्र निर्माण हुन थालेपछि बलिउड तथा हलिउडका चलचित्रको व्यवसाय खुम्चिने अनुमानविपरीत ‘सुल्तान’ ले नेपाली दर्शक अझै पनि हिन्दी चलचित्रप्रति आकर्षित भैरहेको प्रमाणित गर्यो । वर्ष २०१६ मा नेपालमा राम्रो व्यवसाय गर्ने हिन्दी चलचित्रमा अजय देवगणको ‘शिवाय’, करण जौहरको ‘ए दिल है मुस्किल’, सोनम कपूरको ‘नीरजा’, नीरज पाण्डेको ‘एमएस धोनी’, अक्षय कुमारको ‘एयरलिफ्ट’, ‘रुस्तम’ तथा ‘हाउसफूल–३’ आदि भएको ती चलचित्रका वितरकहरूले बताएका छन् ।
काठमाडौंमा यसपटक हलिउडका जंगलबुक, क्याप्टेन अमेरिका, डेडपूल, एक्स म्यान एपोक्लिप्स, डाक्टर स्ट्ेरन्ज, स्टार ट्ेरक, घोसबस्टर्स, द रेभेनान्ट, गड्स अफ इजिप्ट्स आदि प्रदर्शनमा आए । तीमध्ये अधिकांश चलचित्र मल्टिप्लेक्समा सीमित थिए भने तिनको व्यवसाय पनि उल्लेख रहेन ।
काठमाडौं सहित देशका प्रमुख सहरहरूमा मल्टिप्लेक्स संस्कृतिको विकास भएसँगै ती सिनेमा हलमा नेपाली भन्क्रि. समस इभको दिन प्रदर्शनमा आएको आमिर खानको चलचित्र ‘दंगल’ ले पहिलो एक सातामै विश्वभरबाट ४ अर्ब २३ करोड भारतीय रुपैयाँ (भारु) आम्दानी गरेको तथ्यांक सार्वजनिक भए लगत्तै यो चलचित्रले वर्ष २०१६ को अर्को सफल चलचित्र ‘सुल्तान’ लाई व्यवसाय रूपमा पनि पछि पार्यो । ‘सुल्तान’ ले ३ अर्ब ४५ करोड भारुको व्यवसाय गरेको थियो ।
विश्वव्यापी रूपमा सफल ‘दंगल’ नेपालमा पनि सबैभन्दा बढी व्यवसाय गर्ने विदेशी चलचित्र बन्न सफल भएको छ । यो चलचित्रले पहिलो आठ दिनमा ७ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेको तथ्यांकन सार्वजनिक भएको छ । मल्टिप्लेक्स तथा सिंगल थिएटरमा प्रदर्शन भएको यो चलचित्रले क्रिसमसदेखि अंग्रेजी नयाँ वर्ष २०१७ को पहिलो सातासम्म नेपाली सिनेमा हलहरूमा कब्जा जमाइरहेको छ । ‘दंगल’ प्रदर्शन भएकै कारण नेपालमा दुई साताजस्ती राम्रो ब्यानर तथा ठूलो बजेटका कुनै नेपाली चलचित्र प्रदर्शनमा आएनन् ।
‘मलाई लाग्छ थप एक साता दंगलको व्यवसाय उत्कर्षमा रहनेछ, चलचित्रका नेपाल वितरक मनोज राठी भन्छन्—‘दर्शकको क्रेज बढिरहेको देख्दा यो चलचित्रले नेपालमा व्यवसायको कीर्तिमान नै कायम गर्छु भन्ने हाम्रो अनुमान छ ।’ दंगलको नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले किनेको छ । उज्वल पौडेल तथा मनोज राठीले यो चलचित्रलाई काठमाडौं बाहिरका सिनेमा हलमा वितरण गरेका हुन् । गोपीकृष्णले करिब ४ करोड रुपैयाँमा ‘दंगल’ को नेपाल अधिकार किनेको थियो । कुनै पनि हिन्दी चलचित्रका लागि यति ठूलो रकम लगानी गरिएको यो पहिलो पटक हो । यसअघि आमिर खानकै चलचित्र ‘पिके’ ले नेपालमा मात्र १० करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
क्रिसमसदेखि नयाँ वर्ष २०१७ को बीचमा काठमाडौंका अधिकांश मल्टिप्लेक्स ‘दंगल’ मय भए । क्यूएफएक्समा न्यू इयर इभको दिन ‘दंगल’ लाई २६ वटा शो प्रदान गरिएको थियो, ती सबै शोका टिकट सोल्ड आउट भए । यद्यपि दंगलले नेपालबाट कति रकमको व्यवसाय गर्यो, सार्वजनिक भैसकेको छैन । वर्ष २०१६ को जुलाई ६ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘सुल्तान’ ले ‘दंगल’ पछि भारतमै सर्वाधिक व्यवसाय गर्ने चलचित्रको कीर्तिमान कायम गर्यो ।
सुपरस्टार सलमान खानको उक्त चलचित्र नेपालमा समेत उत्कृष्ट व्यवसाय गर्न सफल भयो । ‘सुल्तान’ लाई पनि गोपीकृष्ण मुभिजले नै नेपालमा वितरण गरेको हो । गोपीकृष्णका अनुसार नेपाली बजारबाट मात्र यो चलचित्रले करिब १० करोड रुपैयाँको व्यवसाय गरेको छ । त्यसो त वितरकले महँगो रकम तिरेर यो चलचित्र प्रदर्शनको नेपाल अधिकार खरिद गरेका थिए । ‘सुल्तान’को नेपाल वितरणका लागि गोपीकृष्ण मुभिजले ३ करोड २० लाख रुपैयाँ तिरेको थियो । ‘दंगल’ पछि नेपाल ल्याइएको सबैभन्दा महँगो विदेशी चलचित्र ‘सुल्तान’ नै हो । गोपीकृष्णले जनाए अनुसार उनीहरूले तिरेको रकम तीन दिनको प्रदर्शनपछि नै संकलन भैसकेको थियो ।
सलमान खानको ‘सुल्तान’ लाई क्युएफएक्सले आफ्ना चारवटा हलमा पहिलो दिन २७, दोस्रो दिन २९ तथा तेस्रो दिन २८ वटा शो दिएको थियो । नेपालमै उत्कृष्ट नेपाली चलचित्र निर्माण हुन थालेपछि बलिउड तथा हलिउडका चलचित्रको व्यवसाय खुम्चिने अनुमानविपरीत ‘सुल्तान’ ले नेपाली दर्शक अझै पनि हिन्दी चलचित्रप्रति आकर्षित भैरहेको प्रमाणित गर्यो ।
वर्ष २०१६ मा नेपालमा राम्रो व्यवसाय गर्ने हिन्दी चलचित्रमा अजय देवगणको ‘शिवाय’, करण जौहरको ‘ए दिल है मुस्किल’, सोनम कपूरको ‘नीरजा’, नीरज पाण्डेको ‘एमएस धोनी’, अक्षय कुमारको ‘एयरलिफ्ट’, ‘रुस्तम’ तथा ‘हाउसफूल–३’ आदि भएको ती चलचित्रका वितरकहरूले बताएका छन् ।
काठमाडौंमा यसपटक हलिउडका जंगलबुक, क्याप्टेन अमेरिका, डेडपूल, एक्स म्यान एपोक्लिप्स, डाक्टर स्टेन्ज, स्टार ट्रेक, घोसबस्टर्स, द रेभेनान्ट, गड्स अफ इजिप्ट्स आदि प्रदर्शनमा आए ।
तीमध्ये अधिकांश चलचित्र मल्टिप्लेक्समा सीमित थिए भने तिनको व्यवसाय पनि उल्लेख रहेन ।
काठमाडौं सहित देशका प्रमुख सहरहरूमा मल्टिप्लेक्स संस्कृतिको विकास भएसँगै ती सिनेमा हलमा नेपाली भन्दा हिन्दी चलचित्रले बढि दर्शक आकर्षित गर्न थालेपछि नेपाली चलचित्रका एक निर्देशकको भनाइ छ— ‘हामीले राम्रो सिनेमा हल त हिन्दी चलचित्रका लागि बनाइदिएको जस्तो भयो ।’दा हिन्दी चलचित्रले बढि दर्शक आकर्षित गर्न थालेपछि नेपाली चलचित्रका एक निर्देशकको भनाइ छ— ‘हामीले राम्रो सिनेमा हल त हिन्दी चलचित्रका लागि बनाइदिएको जस्तो भयो ।’