
साप्ताहिक संवाददाता

निर्देशक : नरेन्द्रबहादुर धामी
संगीत : सुरेश शाही
कलाकार : विजय केसी, कृष्ण भट्टराई, निरु बुढामगर, निशा तामाङ आदि ।
आज शुक्रबार चलचित्र ‘नेटवर्क’ सार्वजनिक हुँदैछ । समाजमा फैलिएको अपराधिक जालो अर्थात् नेटवर्कमा फसेका युवाले त्यसबाट उम्कन गरेको संघर्ष नै यो चलचित्रको मुख्य विषय हो । लागू औषधविरुद्ध युवाहरू आफैं जागरुक हुनुपर्छ र त्यसका लागि समाज तथा अभिभावकले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश बोकेको चलचित्र ‘नेटवर्क’मा चेलीबेटी बेचबिखन तथा बालमनोविज्ञानलाई समेत जोडिएको छ ।
नयाँ कलाकारहरूको बाहुल्यता रहेको चलचित्र नेटर्वकमा द्वन्द्व, हास्य र गीत–संगीत जस्ता व्यवसायिक मसला पनि राखिएका छन् । चलचित्र ‘नेटवर्क’मा वीरेन्द्र भाट ‘विपिन’को छायांकन तथा सम्पादन हेर्न पाइन्छ ।