संस्कार–संस्कृति अमूल्य गहना हुन् भन्ने सन्देश बोकेको गुरुङ चलचित्र माराय ट (सुनको फूल) प्रदर्शनमा आएको छ । अंग्रेजी शीर्षक ‘अ गोल्डेन फ्लावर’ राखिएको यो चलचित्रमा मायाप्रेमलाई अमूल्य गहनाका रूपमा चित्रण गरिएको छ । बेलायत र हङकङबाट प्रदर्शन सुरु गरिएको यो चलचित्र अहिले नेपालमा प्रदर्शन गर्न थालिएको छ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा ९५ प्रतिशत छायांकन गरिएको यो चलचित्रका केही दृश्य पोखरा र एउटा गीतको आधा दृश्य माछापुच्छ्रे बेसक्याम्पमा छायांकन गरिएको बताइन्छ । निर्देशक मनोज गुरुङ भन्छन्– गुरुङ भाषा नबुझ्नेहरूका लागि नेपाली सबटाइटल राखेका छौं।
गुरुङका अनुसार यो चलचित्रमा दुई दशकअघिको कथा समेटिएको छ । यो चलचित्रमा लडाइँमा परेका लाहुरेले समेत पेन्सन पाउन नसकेको कथा छ । यो चलचित्रमा साजन गुरुङ, कमल गुरुङ, निस्ता गुरुङ, बिमा गुरुङ तथा जेनी गुरुङको मुख्य भूमिका छ । गुरुङ कवि केयरसिंह गुरुङको कथामा निर्माण भएको यो चलचित्रले गुरुङ जातिको संस्कार–संस्कृति जोगाउन मात्र नभै भुजुङको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।