
साप्ताहिक संवाददाता

इन्जिनियरिङको अध्ययनलाई बीचमै छाडेर ओस्कार फिल्म कलेजबाट अभिनयमा स्नातक गरेपछि अभिनयमा सक्रिय भएका कलाकार हुन्— कविर खड्का । ६ फिट अग्ला २३ वर्षीय कविरले भरखरै छायांकन सम्पन्न भएको चलचित्र लम्फूबाट रजतपटमा पदार्पण गरेका छन् ।
चलचित्रमा आउनुअघि दर्जनौं फेसन शोमा क्याटवाक गरेका यी अभिनेताले विज्ञापन तथा छोटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।
दमक, झापाका स्थायी बासिन्दा कविरले पहिलो चलचित्रमा अभिनेत्री मरिष्का पोखरेलसंग अनस्क्रिन रोमान्स गरेका छन् । अग्लो कद, गहुँगोरो वर्णका यी हँसिला अभिनेताले लम्फूमा अभिनेताका रूपमा छनौट हुन धेरै पटक अडिसन दिएका थिए ।
कविर वैशाख २८ गते प्रदर्शन मिति घोषणा भैसकेको आफ्नो पहिलो चलचित्रको प्रदर्शनपछि नेपाली चलचित्रमा आफ्नो सक्रियता बढ्ने कुरामा ढुक्क देखिन्छन् ।