साप्ताहिक संवाददाता
चैत्र २३, २०७४
सर्वनाम थिएटरमा ’कलायन’ चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ । यो कार्यक्रमको दोस्रो श्रृंखला हो । सर्वनाम स्थापनाको ३६ औं वार्षिक उत्सवको अवसरमा यो प्रदर्शनीको आयोजना गरिएको हो । कलायानको यो दोस्रो श्रृंखलामा १० जना कलाकारका १९ वटा चित्र प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा कलाकार प्रमिला परियार, रमेश श्रेष्ठ, ज्योति प्रकाश बिके, नरबहादुर बिके, नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, कृष्ण मानन्धर, पुनम कुमारी दास, श्यामसुन्दर यादव तथा दयाराम पाल्पाली सहभागी थिए ।
कलायानको दोस्रो श्रृंखला एक महिनासम्म चल्ने कलाकार एवं कला समीक्षक रमेश खनालले जानकारी दिएका छन् । मिथिला आर्टदेखि आधुनिक कलासम्म समेटिएको यो प्रदर्शनी जीवन, पीडा, संघर्ष, शान्ति आदि थिममा तयार पारिएका चित्रहरूमा केन्द्रित छ ।